धरानका अधिकांश मासु पसल प्रक्रिया विना सञ्चालन ः मासुमा हरियो झिंगा समेत भेटियो

धरान÷ दशै नजिकिदै जादा धरान उपमहानगरपालिकाका अनुगमन समितिले अनुगमनलाई तिब्रता दिएको छ । केही समय अगाडि धरानका होटल, किराना पसल तथा विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गरको समितिले पछिल्ला पटक धरानमा रहेका मासु पसलमा अनुगमन शुरु गरेको छ । नेपालीहरुका महान चाड दशैमा उपभोक्ताले मासु बढी प्रयोग गर्ने भएकोल पनि मासुको अनुगमन गरिएको हो । समितिले आइतबार गरेको अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत तथा खानयोग्य नभएको पाइएको छ ।
आइतबार धरान १७ रेल्वेमा सञ्चालनमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिकांशले मासु पसल खाटमा राखेर विक्री गर्ने गरेको, मासुमा हरियो झिंगा भन्किएको, फ्रिजको प्रयोग नगरिएको, व्यवसायिक प्रमाणपत्र नभएको र मापदण्ड अनुसारको बद्शाला नभएको पाइएको थियो ।
यतिमात्र हैन मासु पसल चटपटे विक्री गर्ने ठेलामा झुण्ड्याएर राखिएको र त्यसमा हरियो झिंगा वरिपरि घुमिरहेको दृश्यले मासुको स्वच्छन्दतामाथि प्रश्नचिन्ह त छदैथियो अनुगमनकर्ताहरुलाई समेत गिज्याइरहेको भान हुन्थ्यो । अरु बेला अनुगमन नगर्ने अनि चाडपर्वका समयमा मात्र अनुगमन गर्ने प्रवृत्तिका कारण यस्तो भएको जान्दा जान्दा पनि अनुगमनकर्ताहरु यस्ता मासु पसल बन्द गर्नुबाहेक अरु केही उपाय नभएको भन्दै आक्रोसित समेत बने । अनुगमनकै क्रममा उपभोक्ता हित संरक्षण मञ्च धरानका अध्यक्ष कृष्ण ताम्राकार अनुगमनकै मासु व्यवसायी संघका कमजारी देखाउदै यसरी झोक्किएका थिए ।
हुन त मासु व्यवसायी संघले दुई बर्ष अगाडि धरानमा पत्रकार सम्मेलन नै गरेर धरानमा सञ्चालनमा रहेका मासु पसललाई प्रक्रियागत रुपमा मापदण्डमा ल्याउन पहल गरिने बताएका थिए । उनीहरुले त्यसबेला मासु व्यवसायीहरुलाई एकै ठाउमा राखेर सचेतना कार्यक्रम समेत गरे । तर दुई बर्ष पछि अवस्था ज्यूका त्यू नै देखिएको छ ।
रेल्वेमा रहेको १० वटा सुंगुरको मासु पसल र तीन वटा कुखुराको पसलमा गरेको अनुगमनबाट मासु पसल व्यवसायी संघ समेत मौन देखियो । धरानमा मासु व्यवसायलाई शुद्धता दिने उद्देश्यले मासु सम्बन्धी दुई वटा संघ छन् तिनले समेत अनुगमन समयमा नभएको भन्दै पन्छिने काम गरेका छन् । दुई संस्थामध्ये धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले मौसमी अनुगमनका कारण सुधार नभएको बताउनुभयो ।
अनुगमनका क्रममा सुधार्न अनुरोध गर्दा मासु पसल सञ्चालकहरुले भने आर्थिक अभावका कारण सुधार्न नसकिएको बताएका थिए । सरकारले व्यवस्थित मासु पसल सञ्चालनका लागि अनुदान नदिएको परिवार समेत वेरोजगारी भएका कारण व्यवस्थित पसल सञ्चालन गर्न नसकिएको बताए ।
खासगरी पशु बद गर्ने वित्तिकै फ्रिजिङ्ग नगरी प्रयोग गरिएको मासु प्रयोग गर्नु स्वाथ्यका लाग हानिकारक भएको पशु चिकित्सकहरु बताउछन् । त्यसमाथि पनि विना सीसा खुल्ला स्थानमा त्यसमा पनि फ्रिजिङ्ग नगरी विक्री वितरण गरिएको मासु खान योग्य नहुने धरान उपमहानगरपालिकाका पशु विकास अधिकृत डा.महेन्द्रकुमार तैतराले बताउनुभयो । उहाले अनुगमन गरिएका मासु पसलमा खुल्ला स्थान, झिंगा भन्किरहेको, विक्री गर्नेले एप्रोन, माक्स, पञ्जा नलगाएको पाइएका बताउनुभयो ।
दशै समयमा उपभोक्ताहरुले मासु बढी प्रयोग गर्ने भएकोले यसलाई ध्यानमा राखी गरिएको अनुगमन गरिएको थियो । धरान १७ रेल्वेमा गरिएको अनुगमनमा अधिकांश मासु खान योग्य नभएको पाइएको थियो । बर्षेनी अनुगमन गर्दा समेत सुधारको पाटो शून्य देखिएको
छ । सुधारका लागि अब स्थानीय सरकार धरान उपमहानगपालिकाले अनुगमन भन्दा पनि सञ्चालनमा आएका यस्ता मासु पसललाई व्यवस्थित गर्न आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया