नेपाली काँग्रेसको दोस्रो नगरसभाका निर्णयहरु मंसिर १४ गतेको उप निर्वाचनको घोषणापत्र हुने दलाल, कमिशनको प्रभावमा परेको धरानलाई कम्युनिस्टको पञ्जाबाट मुक्त गर्न का“ग्रेसको आवहान

धरान÷धरानको मनोविज्ञानलाई घेराबन्दी गरी निश्चित कार्यकर्ताको आडमा कम्युनिस्टहरुले धरानलाई खुल्ला समाज र परिवर्तनको पक्षमा अघि बढ्न रोकी आफू सफल हुन खोजेकोले दलाल र कमिशनखोरको पञ्जाबाट मुक्त गर्न अपरिहार्य रहेको नेपाली काँग्रेस धरान उपमहा नगर समितिले जनाएको छ ।
भाद्र २५, २६ र २७ गते सम्पन्न दोस्रो नगर सभाको आइतबार घोषणापत्र जारी गर्दै त्यस्तो बताएको हो । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले घोषणापत्र सार्वजनिक गर्देै भन्नुभयो कम्युनिस्टहरुसँग धरानलाई बनाउने र धरानको विकास गर्ने एजेन्डै छैन । उहाँले भन्नुभयो धरानको मनोविज्ञानलाई नेपाली काँग्रेसले स्थानीय एजेन्डा, विकास र सम्बृद्धिको लक्ष्यलाई पूरा गर्न नगर स्तरीय योजना, क्षेत्रगत रुपमा देखिएका आवश्यकता, वार्ड वार्डको समस्या, सामाजिक, आर्थिक,साँस्कृतिक मनोविज्ञानलाई एकीकृत गरी एउटा सिँगो धरानको विकासको वस्तुगत आधार तयार पार्नुपर्ने आवश्यकता छ ।
दोस्रो नगर सभाबाट पारित एजेन्डाहरुलाई नै नेपाली काँग्रेस धरान उपमहानगर समितिले आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको प्रमुखको उप निर्वाचनमा घोषणापत्रको रुपमा अगाडि बढाउने भएको छ । २४ बुँदे घोषणापत्रमा प्राथमिकतामा रहेका नगर स्तरीय मुद्दाहरुलाई अगाडि बढाइएको छ ।
प्राथमिकतामा रहेका नगर स्तरीय मुद्धाहरु ः
१) खानेपानी समस्या ः धरानको पहिलो आवश्यकताको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि सर्वदलीय सर्वपक्षीय सहकार्य हुनुपर्ने त्यसको पक्षमा पार्टी शुरुवाती दिनदेखि नै रहँदै आएकोमा तत्कालीन एमाले स्थानीय सरकारमा गएपछि एकलौटी ढंगलबाट आयोजनाबाट फाइदा लिने गरी नगरबासीको समस्या समाधानमा ध्यान नदिँदा आयोजना विफल तर्फ उन्मुख भएको दखिन्छ । यस विषयमा पार्टीको निरन्तर ध्यानकर्षण सम्बन्धित पक्षलाई गराउँदै आएको अवस्था छ ।
२) बसपार्क ः समृद्ध धरानको लागि वहुउद्देश्यी प्रयाग हुने गरी बसपार्क निर्माणमा लाग्नु जरुरी छ । विगत दशकौदेखि तत्कालीन एमालेको बसपार्कका विषयमा ्नेतृत्व लिन नसकेको प्रमाणि भएको छ । प्रस्तावित बसपार्क क्षेत्रका बासिन्दाहरुको मनोभावना विरीत नपाको पदाधिकारी कर्मचारीहरुले नीतिगत भ्रष्टाचार गरेको तथ्य सबैको सामु छ, बस पार्कको निर्माणको लागि गरिनुपर्ने सही व्यवस्थापन र लविङ्गको अभावले पटक पटक शिलान्यासमा सीमित गरिएको देखिन्छ ।
३) एयरपोर्ट ः समृद्ध धरानको लागि एयरपोर्ट अत्यन्त महत्वपूर्ण पक्ष हो यो विषयमा स्थानीय वडाबासी जग्गादाताहरुले ज्यादै न्यून मुल्यांकन नगरको विकासको लागि एयरपोर्ट निर्माण गर्न जग्गा उपलब्ध गराएको हो । दुई दशक हुन लागेको यो अवस्थामा हालसम्म नपाले आफनो स्पष्ट धारणा बनाउन सकेको छैन । एउटा अमुक कम्पनीको नाममा जग्गा
रहेको अवस्था एयरपार्ट निमाण हुन्छ, हुँदैन, अबको अवस्था के हुने जग्गाको प्रयोजनलाई कसरी अगाडि बढाउने यो पक्षमा नपा गैर जिम्मेवार देखिन्छ । नगरबासी विशेष गरी जग्गादताहरुको मनोभावनाको कदर हुने गरी एयरपोर्ट विषयमा निर्णय तत्काल लिन जरुरी छ । अन्त्यमा कम्पनीबाट जग्गा फिर्ता गरी जग्गा दाताहरुसँग समन्वय गरी कुनै ठूलो आयोजना जसले त्यस क्षेत्रको विकास र समृद्धिमा फाइदा पु¥याउन सकोस् त्यसतर्फ छलफल जरुरी देखिन्छ ।
४) सुकुम्बासी (अव्यवस्थित बसोबास) ः बर्षौदेखि बसिआएका ऐलानी, सरकारी जग्गालाई व्यवस्थापन गरी सम्बन्धित सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनु पहिलो आवश्यकता हो । अन्य विषयहरुको एकीकृत बस्ती विका आयोजना निर्माण गरी व्यवस्थापन गर्न छलफल चलाउन सकिन्छ ।
५) सतहको पानी जलाधारको संरक्षण ः धरानको आकर्षण जलाधार क्षेत्रलाई सम्बनिधत पक्षले सही निर्णय गर्नु जरुरी देखिन्छ । सरकारले जनता जनताबीच लडाउने काम यसमा गरेको देखिन्छ । सरकारले सही छानविन गरी यसलाई तुरुन्त निर्णय लिनु जरुरी छ । स्थानीय सरकार र केन्द्रय सरकारको ढुलमुले नीतिले गर्दा धेरै नागरिकहरुको पैसा फसिरहेको अवस्थाबाट यो समस्या जटिल बन्दै गएको देखिन्छ । सतहको पानीको स्रोतको रुपमा रहेको जलाधारको सरक्षण गर्नु जरुरी छ ।
६) राजमार्ग, सहायक राजमार्ग ः संघीय सरकार र स्थानीय सरकारले जनता, नगरबासीको आवश्यकता अनुसार सघन रुपमा बसिसकेको क्षेत्र जहाबाट राजमार्ग, सहायक राजमार्ग निर्माण गर्दा ठूलो क्षति नागरिकले व्यहोर्नु पर्छ, त्यसको बारेमा सरोकारवाला
नागरिकसँग निरन्तर छलफल गरेर मात्र निर्णय लिनु जरुरी छ । सर्दु र सेउती खोलाको नियन्त्रणसँगै त्यस क्षेत्रको बासिन्दाहलाई हित हुने गरी रिङरोडको अवधारणा बाइपास बारे निर्णय लिन सकिन्छ ।
७) पार्टी कार्यालय निर्माण ः १३ औं महाधिवेशनमा पार्टीले लिएको नीति अनुसार पार्टी कार्यालय निर्माणको लागि जग्गा व्यवस्थापन चुनौति रुपमा देखिएको स्थितिमा पार्टीका क्रियाशिल सदस्य वडा न. १८ का जनप्रतिनिधि सदस्य श्री दिलकुमारी राई ज्यूले आफ्नो आप्पा (सनक) गणेशबहादुर राई र आमा बहनसरा राई, छोरा सुदिप राईको स्मृतिमा धरान–१७ मा कि.नं. १४५२ को ०–१–५ एक कट्टा पाँच धुर जग्ग दान गर्नुभएको यो अवस्थामा उहाँ लगायत उहाँको सिंगो परिवार जनको सु–स्वास्थ्य दीर्घायुको कामना गर्दछु । उक्त जग्गा हालका मुल्यांकनमा रु ५०,००,०००।– पचास लाख भन्दा मािथ हुने देखिन्छ । यो अवस्थाका निकट भविष्यमा नै पार्टीले आफ्नो स्थायी कार्यालय निर्माण गर्ने प्रतिबद्धता पूरा गर्ने लक्ष्यतर्पm देखिन्छ ।
८) पर्यटन प्रवद्र्धन ः धरान क्षेत्र वहुलजाति, वहुर्भािषक, वहुसँस्कृतिक भएको नगर हो । यहाँ विविध जात जातिको आ–आफ्नो संस्कार संस्कृति एउटा पर्यटन प्रवद्र्धको मुल पक्ष हुनसक्छ । न त नगरपालिकासँग यहाँका बहुल संस्कार संस्कृति जो बार्षिक परम्पराको रुपमा सबै जातजातिले प्रदर्शन गर्ने, त्यसको रेकर्ड, त्यसको तथ्यांक समेत छैन । यहाँका धार्मिक धरोहर मन्दिर, गुम्बा, चर्च र थानहरुको संरक्षण र प्रवद्र्धन गरिएको पाइदैन । जसका कारण धरानमा हामीसँग यो पक्ष छ । जो बजारिकरण गर्न सकिन्छ भनेर आगन्तुकलाई चाहेको बेला देखाउने डकुमेन्ट्री वा प्रदर्शनी केहीको व्यवस्थापन गरेको देखिदैन । यस्तो स्थितिमा पर्यटन प्रवद्र्धन कसरी हुन्छ । विनियोजित बजेट दुरुपयोग भएको प्रमाण पत्रपत्रिकामा समेत पढन पाइएको छ । यसले समेत नगरबासीको शीर निहुँराएको छ ।
९) बीपीको स्वास्थ्य विज्ञान प्रतिष्ठान ः धरान मृत सहरको रुपमा स्खलित भइरहँदा तत्कालीन नेपाली काँग्रेसको सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ज्यूले शिलान्यास गर्नु भई उपहार दिनु भएको हो । यद्यपि तत्कालीन एमाले पार्टी र त्यसका नेता कार्यकर्ताहरुले शिलान्यासलाई विथोल्दै,डुंगा, मुढा गरी कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको तथ्य धरानेहरुसँग छँदैछ । प्रतिष्ठानको स्थापना र सञ्चालनबाट धरानले जीवनदान पाएको अवस्था हो । धरानको स्वास्थ्य क्षेत्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भने आर्थिक मेरुदण्डको रुपमा समेत उभिएको छ । हाम्रा जेहेन्दार विद्यार्थीहरुले आफनै घर आँगनमा विशेषज्ञ डाक्टरसम्मको अध्ययन अध्यापन गर्न गराउन पाएका छन् । तर हालसम्मको यहाँको निर्वाचत प्रतिनिधिले प्रतिष्ठानको श्रीवृद्धिमा कुनै किसिमको सहयोगी भूमिका निर्वाह गर्न सकको छैन । प्रतिष्ठानलाई आवश्यक सहयोग त गरेको छैन, कम्युनिस्ट सरकार भएको समयहरुमा प्रतिष्ठानलाई बजेटको व्यवस्थापनमा अत्यन्त सहिष्णुता देखाइ ज्यादै न्यून बजेट उपलब्ध गराएको नजिर प्रसस्त छन । तत्कालीन एमाले यस प्रतिष्ठानलाई अस्थिरता तर्फ ढकेल्ने उद्यत देखिन्छ, यसको केही नेताहरु भित्री रुपमा नै आफनो स्वार्थ सिद्धिको लागि सत्ता र शक्तिको दुरुपयोग
गरी प्रतिष्ठानका व्यवस्थापनलाई प्रभाव पार्न चाहन्छ । प्रतिष्ठानको स्तर उन्नति र अध्ययन, अध्यापन पहिलो शर्त हो । यसका लागि नेपाली काँग्रेस कसैसँग सम्झौता गर्न चाहँदैन । हालको प्रतिकिूल अवस्थामा प्रतिष्ठानभित्रको भष्टाचारलाई तल्लो तहसम्म गएर निर्मुल पार्न सम्बन्धित निकायलाई नेपाली काँगे्रस माग गर्दछ । प्रतिष्ठानको स्थापनाको मर्म र भावना अनुरुपको व्यवस्थापन आवश्यक छ ।
१०) महंगी नियन्त्रण ः धरान क्षेत्रको संगठित, असंगठित सबै क्षेत्रको महंगीले धरानको आर्थिक सम्बृद्धिलाई नकारात्मक असर गरिरहेको छ । उत्पादन पक्षले सही मूल्य नपाएको अवस्थामा उपभोक्ताले भने कैयौ गुणा बढी मूल्य तिुर्न परिरहेको अवस्था छ । सागसब्जी अन्य तरकारी, खाद्यान्नमा होस, चाहे दैनिक उपभोग्य वस्तुहरुमा, निर्माण सामाग्रीमा होस या लत्ता कपडामा तुलनात्मक रुपमा
धरानको बजार धेरै महँगो भइरहेको छ । उपभोक्ताहरु शोषित भइरहेको छ । लोड, अनलोड मजदुरको समस्या, अस्वस्थ्य बजारको प्रतिष्पर्धा, विचौलियाको चर्को मुनाफा महँगीको कारणहरु हुन् । त्यसतर्फ निर्वाचित प्रतिनिधि सत्तारुढ पार्टीको ध्यानाकर्षण भएको पाइदैन ।
११) धरानको बजार व्यवस्थापन खुद्रा, थोक, मल डिपार्टमेन्ट स्टोरहरु ः बजारहरुको सही व्यवस्थापनको नगरपालिका, निर्वाचित जनप्रतिनिधि सत्तारुढ पार्टीले खाका अहिलेसम्म ल्याउन सकेको छैन । खुद्रा बजार र थोक बजारको फरक वा अनुभूति नहुँदा स्वयं व्यापारीहरुले मृत समस्या व्यहोर्नु परेको छ । बजारको र बजारको सही व्यवस्थापन नहुँदा व्यापारी र उपभोक्ता दुवै समस्यामा परेको अवस्था छ । धरानमा मल र डिपार्टमेन्ट स्टोरको सेवा केही बर्षदेखि शुरु भएपनि त्यसको बजार र स्थायित्व स्थानीय निकाय जनप्रतिनिधि सत्तारुढ दलले ध्यानाकर्षण भएको पाइदैन । केही डिर्पामेन्ट स्टोरहरु स्थापनाको केही समयमा नै बन्द हुने स्थितिमा देखिन्छ । यस्तो अवस्था हुने हो भने धरानमा थप लगानीको आशा गर्न सकिदैन । व्यापार प्रवद्र्धन र व्यवस्थापनमा गम्भीर चासो स्थानीय तह र जनप्रतनिधिले राख्न सक्नुपर्छ । निजी क्षेत्रसँगको सम्बन्ध र सहकार्यलाई प्र्राथमिकतामा राखेर समस्या समाधानमा लाग्नु जरुरी छ । मूल्य एकरुपतामा सेवाको विशिष्टीकरण अनुसारको मूल्य समायोजन उपभोक्ताले महसुस हुने गरी व्यवस्थापन गर्नु जरुरी देखिन्छ । निश्चित क्षेत्रमा सेवाको विशिशष्टीकरण, गरी एकै प्रकृतिको बजार व्यवस्थापन, सहरको प्राथमिकता अनुसार सेवा क्षेत्रको बर्गीकरण गर्नु गराउनु आजको धरानको प्राथमिकता बन्नु पर्दछ । त्यसले बजारको आकर्षण र उपभोक्ताको रोजाई र समयको सदुपयोग हुन सक्दछ ।
१२) सामुदायिक परियोजना ः धरान क्षेत्रमा निजी क्षेत्र अनुदान, ऋण वा सहयोगमा निर्माण हुने वा हुने सम्भावना भएका कुनै पनि आयोजना या सेवाहरुमा सत्तारुढ दल, धरान उपमहानगरालिका वा त्यसको नेतृत्वले नगरमा क्रियाशील राजनैतिक दल तथा समाजलाई
सरोकार नराखी एकलौटी गर्ने पेलाहा प्रवृत्तिका कारण जनस्तर र सहकर्मी दलहरुको सहयोग, सद्भाव विश्वास नपाउँदा परियोजना असफल र धरासायी हुने गरेको छ । डेंगु नियन्त्रण त्यसैको पछिल्लो उदाहरण हो । उपमहानगर कार्यपालिकाले समयमै नै आवश्यक जनपरिचालन र विश्वास जित्न नसक्दा धरान नगर क्षेत्रले त क्षति व्यहोर्नु प¥यो नै आज सिगो मुलुकमा डेंगु महामारीको रुपमा फैलिरहकेो छ । आज हरेक समाचार र प्रसारणहरुमा धरानको नाम बद्नाम हुने गरी धरानबाट फैलिएको डेंगु रोग गलत उदाहरण बनिरहेको छ । धरान नगरको विकास र समृद्धिसँग जोडिएको सबै विषयहरु नेपाली काँग्रेस सहकार्य र सकारात्मक सहयोग गर्न चाहन्छ तर उपमहानगर कार्यपालिका नेतृत्व र सत्तारुढ दल निषेधको राजनीति गरिरहेको छ । लाग्छ कि धरानमा निर्माणाधीन र सम्भाव्य आयोजनाहरु उनीहरुको व्यक्तिगत वा पार्टीको मात्र हो । यो भ्रमबाट तत्कालीन एमाले माथि उठ्नु जरुरी छ ।
१३) संस्थागत ठगी ः धरान नगरबासीहरुको धेरै जसो आर्थिक आम्दानीको सोत रेमिट्यान्स नै भएको तथ्य हामी सामु छ । स–सानो नगरबासीहरुले अफैसँग राख्ने र सुरक्षित बैकिङ्ग कारोबारको अभ्यासमा खासै ध्यान नदिँदा धेरै व्याजमा लोभिने मनोविज्ञान बुझेका जाली, फटाहा, ठगहरु विभिन्न कारोवारमार्फत सोझासाझा जनताको धेरै पैसा व्याज दिने दिलाउने वहानामा करोडौ रुपैया अपलचन गरी कमजोर कानुनको दुरुपयोग ठगहरुले गरिरहेको छ । यो क्रम बढ्दो अवस्थमा छ , फेरि ठगिएको पीडितहरुको पैसा राज्यपक्षबाट छिटो छरितो ढंगाबाट राज्य आफैले पहल गरेर क्षतिपूर्ति भराइदिनु पर्ने अवस्थामा उल्टै राज्य पक्षको निकायहरुबाट पीडितलाई झन पीडा दिएर मानसिक तनाव बढाउने काम भइरहेको छ । नगरबासीसँग स–ानो बचतदेखि लगानीसम्मको पूजी रहेको हुँदा स्थानीय सरकारले नगरको विकास र सम्बृद्धिसँग जोडिएको व्यवसायिक आयोजनाहरु जनता र स्थानीय सरकारको साझेदारीमा सञ्चालन गर्ने योजना ल्याउन जरुरी छ । जनतालाई भरपर्दो आयोजनाका माध्यमबाट व्यवसायिकरणतर्पm उन्मुख गरी स्थानीय स्तरमा नै लगानी र रोजगारी सिर्जना गर्नु अपरिहार्य छ । हाल धरानमा सञ्चालित खानेपानी आयोजनालाई समेत नगरबासीको प्रत्यक्ष साझेदारी हुने गरी लगानी लगाउने वातावरण गर्न गराउन जरुरी छ जसबाट आयोजनामा नगरबासीको अपनत्व रहोस् ।
१४) डम्पिङ्ग साइट ः हालसम्म धरान उपमहानगरपालिकाले अव्यवहारिक, असुरक्षित, अवैज्ञानिक ढंगठबाट नगरबासीहरुको घर दैलोबाट फोहोर उठाउने र चारकोशे जंगलमा व्यवस्थापन हैन, फाल्ने काम गरिरहेको छ । नगरबासीहरुले
सरसफाई कर दोहोरो रुपमा तिरे पनि नियमित फोहोर उठाउने काम नगरपालिकाले गर्न सकेको छैन । उपमहानगरपालिकाले प्रयोगको रुपमा फोहोर व्यवस्थापन गर्ने भन्ने नाममा काठमाण्डौको भेन्चर वेष्ट टु इनर्जी भन्ने कम्म्पनीसँग सम्झौता गरी अगाडि बढेको भन्ने बुझिन्छ । तर कति सफल र कति दीर्घकालीन आयोजना हुने र त्यसको हालसम्मको प्रगति, लगानी, कति पारदर्शी छ हालसम्म नगरबासीहलाई जानकारी गराएको स्थिति छैन ।
१५) रात्रीकालीन बजार ः बढ्दो
सहरीकरण र व्यस्त दैनिकीलाई समयको व्यवस्थापन गरी आर्थिक उन्नति र प्रगतिलाई अगाडि बढाउन निश्चित स्थान र समयको रात्रीकालीन बजारको व्यवस्थापन गर्नु जुरुरी छ । यसलाई पर्यटक प्रवद्र्धनसँग समेत जोडरे लान सकिन्छ । तर यो अवस्थाको लागि सरोकारवाला पक्षहरुको तयारी र शान्ति सुरक्षाको व्यवस्थापन र प्रत्याभूति जरुरी रहन्छ ।
१६) गोर्खा भि.सी. पार्क वडा नं. २० ः वास्तवमै धरान गोर्खा भूपूहरुको सहरको रुपमा विकास भएको हो । गोर्खा भर्ती डिपो केन्दै रहेसँगै धरानमा बसोबास बाक्लिएको इतिहास रहेको पाइन्छ । आफ्नो इतिहास र वीरतालाई आफनै भूमिकमा आफेनै स्रोत साधनले सृजित गरी पर्यटन प्रवद्र्धनको लागि समेत निर्माणाधीन गोर्खा भिसीपार्क धरानको गौरव र सानको रुपमा रहने छ । तर त्यो क्रियाशिलतालाई न केन्द्र सरकार न त स्थानीय सरकार कतैबाट सहयोग र अपनत्व देखाएको पाइदैन ।
१७) महेन्द्र क्याम्पस जग्गा प्रकरण ः महेन्द्र वहुमुखी क्याम्पस धरानको शैक्षिक क्षेत्रको अग्रणी संस्था जसमा अध्ययन
गरेर मुलुकको विशिष्ट क्षेत्रमा योगदान दिने ठूलो शैक्षिक जमात उत्पादन गर्न सफल धरानको परिचयसँग गाँसिएको थुप्रै हस्तीहरुको पहिचान महेन्द्र वहुमुखी क्याम्पस जो ४० बर्ष अगाडि नामसारी भै आएको अवस्था र हालसम्म सबैको आस्थाको धरोहरको रुपमा स्थापित छ । तथाकथित मोहीले आफ्नो त्यही आस्थाका कारण मानवीय धर्ममा आफनो कुनै व्यवहारिक हकभोग यति लामो समयसम्म दाबी नगरी रहँदा फेरि त्यही छद्मभेसी सिण्डिकेटधारी, कमिशनखोर दलालहरुको पहुँचका कारण सिंगो नगरबासीहरुको भावनाका विरुद्धमा सत्ताधारी दल र निर्वाचित जनप्रतिहिरुले क्याम्सको जग्गा (सम्पत्ति) माथि धावा बोली क्याम्पसको विरुद्ध अंस्थिर स्थापति हुने गरी सिफारिस गर्नका लागि नगरपालिकाको नेतृत्वको ठाडो आदेश वडाध्यक्षमा आउनु र वडाध्यक्षले त्यसलाई पालना गर्नु सरमलाग्दो स्थिति धरानेहरुको हुन गएको छ । त्यो जग्गा सिंगो धरानबाीहरुको हो, त्यसैले तत्कालीन अवस्थामा नेपाली काँग्रेसले असक्षम नेतृत्व र दलाल कमिशन खोरहरुको भण्डाफोर गर्दै विरोधसभा गरेको जानकारी गराउँदछौं ।
१८) थाउजेन्ड बिग बुद्ध (सूर्योदय बद्ध विहार) ः धरानलाई आर्थिक सम्बृद्धि तर्फ उन्मुख गर्न, पर्यटन, प्रवद्र्धन सबै भन्दा शसक्त पाटो हो भन्ने पक्षबाट तत्कालीन अवस्थामा प्रस्तावकर्ताहरुको तर्फबाट आएको प्रंस्तावलाई सम्पूर्ण
राजनीतिक दल, नागरिक समाज, सरोकारवालाहरुले सहमति र सबै पक्षले स्वीकार गरी हालसम्म त्यही सहमतिको पालना साथ थाउजेन्ड विग बुद्ध चाँडो निर्माण गरिनुपर्छ भन्नेमा नेपाली काँग्रेस पार्टीको जोडदार माग रहेको छ । त्यही जग्गामा सूर्योदय बुद्ध विहार र धरान उपमहानगरपालिकाको सम्झौता समेत भएको हुँदा कुनै किसिमको भ्रम र ढिलासुस्ती गर्नु धरानबासीलाई धोका दिनु सरह हुनेछ । यसतर्फ धरान उपमहानगर पालिकाको गम्भीर ध्यानाकषणसमेत नेपाली काँग्रेस गर्दछ ।
१९) गणेशमान सिंह श्रेष्ठ छात्रवृत्ति तथा राहत कोष ः जेहेन्दार विद्यार्थीहरु जसलाई थप अध्ययन गर्नका लागि गरिब परिवारको आर्थिक कारणबाट समस्या नहोस र त्यस्तो अवस्थाका सहयोग पुग्न सकोस् भन्ने उद्देश्यबाट र अशक्त, अहसहायहरुलाई राहत पु¥याउन सकियोस भने लौह पुरुषकान्ति योद्धा वीर गणेशमान सिंह श्रेष्ठको स्मृतिमा एक छात्रवृद्ध तथा राहत कोष स्थापना गर्न निर्णय गरिएको छ । जसको कार्य क्षेत्र उपमहानगरपालिका क्षेत्ररहने छ र यसको नियव्मावली निर्माण गरी कार्यान्वयन गरिने छ ।
२०) बहुजाति संग्राहालय ः धरान वहुजाति, वहुल सँस्कृति भएको नगर भएको हुनाले निर्माण शुरु भइ सम्पन्न हुन नसकको यो अवस्थामा आदिवासी जनजाति, महासंघसँग समन्वय गरी तुरुन्त निर्माण सम्पन्न गर्न धरान उपमहानगर कार्यपालिकालाई जोडदार माग गर्दछौं । संग्रालयको लागि विनियोजित बजेट यस अघि रकामान्तर गरिएकोप्रति कार्यपालिका नेतृत्वको भत्र्सना गर्दछौं ।
२१) डेंगु रोग सम्बन्धमा ः सम्भावित समस्याको आंकलन र नगर क्षेत्रभित्रका आन्तरिक मनोविज्ञानलाई आकषर््ािँत र प्राभावित गर्न नसक्दा डेंगुरोग नियन्त्रणमा धरान उपमहानगरपालिका नेतृत्व असफल भएको प्रमाणित भएको छ । खानेपानी पाइप लाइनका पाइपहरु जब उपमहानगर कार्यपालिका नेतृत्वले सम्भावित समस्या, प्राविधिक तयारी विना जथाभावि खन्ने, काटने र जोड्ने काम अव्यवस्थित रुपमा ग¥यो, त्यो पानी जताततै बगेर जमिएको अवस्थामा तिनै क्षेत्र र स्थानहरुबाट डेंगु रोग शुरु भएको तथ्यांकहरुले देखाएको छ । वडाबासी, टोल कमिटीहरु र सामजिक संघ संस्थाहरु धरानको गौरवको रुपमा जो क्रियाशील छन् ती सामाजिक संघ संस्थाप्रति उपपमहानगर कार्यपालिकाको नजर अन्दाज र अपरिपक्कताका कारण जन परिचालन नहुँदा र गर्न नसक्दा डेंगु रोग महामारी रुपमा फैलिएको अवस्था देखिन्छ । यस विषयमा उपमहानगर कार्यपालिका नेतृत्व र सत्तारुढ दलको आडम्बरका कारण धरानको छवि मुुलुकभर विग्रन गयो । यो रोग नियन्त्रणमा पूर्ण असपललता दखियो, न्यूनिकरणको अभाव भगवान भरोसा देखिएको हालसम्म भरपर्दा विश्वासिलो कदम योजना उपमहानगर कार्यपालिकाले ल्याउन गर्न सकेको छैन ।
२२) तत्कालीन २०७४ सालको लोकतान्त्रिक गठबन्धनका संघीय सांसदका उमेदवार श्री अशोक कुमार राईज्यूले आफ्नो निर्वाचनन क्षेत्रको लागि सहरी विकास मन्त्रालयबाट वहुउद्देश्यीय सिटी हल निर्माणको योजना ल्याउँदा समेत धरान उपमहानगर पाकार्यपालिका नेतृत्वले समन्वय गर्न नसकेको यसबाट स्थानीय नेतृत्व नगरबासीप्रति कत्तिको जवाफदेही देखिन्छ ।
२३) हरेक निर्वाचन आपैmमा नयाँ नेतृत्व सहित अपार सम्भावनाको सम्भाव्यता बोकेर आउने हुनाले नेतृत्व चयन पारदर्शी, विश्वाससिलो साथै सही व्यवस्थापनका साथ हुनुपर्दछ । सुनसरी जिल्लामा हुन लागेको यो उपनिर्वाचन धरान उपमहानगर कार्यपालिका प्रमुख (मेयर) र वडा नं. ७ को वडाध्यक्षको लागि मात्र हुने भएको हुनाले स्वतन्त्र, निष्प्पक्ष, आग्रह पूर्वाग्रह विना निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग सुनसरी र नेपाल सरकारसँग माग गर्दछौ । निर्वाचन संवेदनशील विषय भएको हुनाले हुन गइरहेको उपनिर्वाचनमा निर्वाचन कर्मचारीको रुपमा हाल धरान उपमहानगर कार्यपालिकाका कुनै पनि कर्मचरीहरुलाई निर्वाचत संवेदनशीलताका कारण जिम्मेवारी वा प्रयोग नगरियोस् । तत्कालीन एमाले हाल नेकपाको कार्यसमिितभत्र हाल उपमहानगर कार्यपालिका जिम्मेवार कर्मचारीहरु नेतृत्वमा रहेको तथ्य निर्वाचन आयोग समक्ष राख्न चाहन्छौं । अघिल्ला निर्वाचनमा समेत केही कर्मचारीहरुको पूर्वाग्रहका कारण निर्वाचत पक्रिया र मतगणनामा द्वन्द्व भएको नजिर प्रष्ट छ ।
२४)कोशी कििरोर हाइेन्सन प्रसारणलाइन ः नगर विकासको दीर्घकालीन योजना र चिन्तन नहुँदाको पीडा आज धरानबासीहरुले व्यहोर्न पररि रहेको छ । अझ विशेष गरी तत्कालीन विष्णुपादुका गाविस हाल वडा नं. २० का वडाबासीहरुले त्यसको मूल्य चुकाउनुपरेको छ । राष्ट्रिय गौरवको आयोजना हाइटेन्सन प्रसारण लाइन जनप्रतिनिधिहरु आउनु अगावै शुरु भए तापनि स्थानीय तहको निर्वाचन पश्चात आयोजनाको तर्फबाट तत्कालीन एमालेबाट निर्वाचित मेयर, उपमेयरलाई भेटी जानकारी गरार्ई सच्याउनुपर्ने भए सुझाव समेत मागेको अवस्था हो । सुझाव माग पछि मेयर उपममेयरको तर्फबाट कोशी करिडोर हाइटेन्सन प्रसारण लाइनको केही टावरहरु मात्र सार्नको लागि सुझाव दिई हालको प्रसारण लाइन निर्माणको चरण अगाडि बढेको तथ्य काशेी करिडोर हाइटेन्सन प्रसार आयोजना पक्षको रहेको छ । यो अवस्थामा सत्तारुढ पार्टी एमालेका अन्य राजनैतिक दलहरुको सुझाव सल्लाह आवश्यक ठोको देखिर्दैन, हाल आएर चुनावी अंक गणितमा फेल हुने डरको कारण प्रसारणलाइनमा
रोक्का राख्ने काम भएको छ । यसतर्फ वडाबासीलाई एउटा कसरी राज्य पक्षलाई अर्के कुरा गरिरहको छ । उपमहानगर कार्यपालिका प्रमुख नकाम गर्ने वातावरण बनाइदिएको छ । र जनताको माग पूरा गराउनतर्फ अगाडि बढेको छ । दुवै तर्फ धोकाको राजनीति सत्तारुढ दल कार्यपालिका प्रमुखबाट भइरहको छ , इष्ट टुरिजम मार्टलगायतको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङको प्रचार गर्ने, प्याग्लाइडिङ्ग उड्ने क्षेत्रमा हाइटेन्सन प्रसार लाइनब नाउने जस्तो दोहोरो मापदण्डमा नगरपालिका नेतृत्व देखिएको छ । यसको हिसाब नगरबासीलाई छ ।

तपाईको प्रतिक्रिया