एजेन्सी÷संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी राष्ट्रका राष्ट्र प्रमुख एवम् प्रतिनिधिहरुका बीचमा लोकपिय एवम् चर्चित देखिनु भएको छ ।
शनिवार भारतीय विदेशमन्त्री डा. एस जयशंकर सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नु भएका भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीको अमेरिकामा भव्य स्वागत भएको छ । जम्बु कस्मिरको मुद्दालाई विश्वव्यापीकरण गर्न उद्यत रहेको पाकिस्तानका प्रधानमन्त्रीको भने अमेरिकामा बेइज्जत भएको छ ।
आतंकवादी सगठनलाई प्रश्रय दिएको भन्दै पाकिस्तानको संसारका प्राय ः सबै मुलुकले आलोचना गरिरहेको अवस्थामा राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको विमानबाट अमेरिका पुग्दा उनको स्वागतमा अमेरिकाका कुनैपनि बरिष्ठ पदाधिकारी देखिएनन् । रातो कार्पेट पनि एक फुटको मात्र रहेको थियो । जबकी भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा बरिष्ठ अमेरिकी अधिकारीहरु लामबद्ध भएर उभिएका थिए । जसलाई लिएर पाकिस्तानका रेलमन्त्री शेख रसदिलले तिब्र असन्तुष्ट व्यक्त गरेका थिए । उनले आफना प्रधानमन्त्री माथि त्यस प्रकारको व्यवहार देखेपछि कस्मिरको सवालमा अमेरिकासँग भरोसा नभएको बताएका थिए । रसिदले कस्मिर मामलामा चीन मात्र मित्र भएको बताए ।
वलुच पाकिस्तानबाट स्वतन्त्र हुन चाहन्छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाउडी मोदी कार्यक्रममा संसारभरिका देशका राष्ट्र प्रमुखहरुले मोदीको लोकप्रियता देखेर हैरान भएका थिए । भारतका लागि हाउडी मोदी कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रम सिद्ध भएको छ । उक्त कार्यक्रममा वलुच, सिंधी र पस्तो समुदायका मानिसहरु समेत अमेरिकामा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफूहरु पाकिस्तनबाट स्वतन्त्र हुन चाहेको र आफूहरुलाई स्वतन्त्र गराउन आग्रह गरेका थिए ।
उनीहरुले पाकिस्तान विरुद्ध एनआरजी स्टेडियम बाहिरपदर्शन समेत गरेका थिए । अमेरिकामा बसोबास गर्ने बलुच, ििसंधी र पासेका मानिसहरु शनिवारै ह्युस्टन अएका हुन् जब नरैन्दै मोदी यहाँबाट जानुहन्छ हामी उहाालई एउटा सन्देश दिन्छौं कि हामी स्वतन्त्रता चाहन्छौं । हामीलाई विश्वास छ राष्ट्रपति ट्रम्पले हामीलइ सहयोग गर्नु हुनेछ । उनको भनाई थियो पाकिस्तानले हाम्रो मानव अधिकारको ोर उल्लंघन गरेको छ ।
वचुल नेशनल मोभमेन्टमा संलगन नेता नवी वक्स वलोचले भनेका छन् हामी पाकिस्ताननबाट स्वतन्त्र हुन चाहन्छौं । भारत र अमेरिकाले हामीलाई सहयोग गर्नुर्प । सन १९७१ ममा बंगलादेश स्वतन्त्रबमा भारतले जसरी सहयोग गरेको थिजो त्सैगर हामीीलाई पनि सहयोग गर्नुपर्छ । नविन वक्सको कथन छ हामी पैकधानमन्त्री मोदीर राष्ट्रपति ट्रम्पसँग हामो संघर्षमा सहयोग माग्न यहाँ आएका हौ । पाकसनका सेनाले वलुचमा दमन गरिरहेको छ । यहँ भएका प्रदर्शन, व्यानर पोष्टरले मोदी र ट्रम्पको अवस्य ध्यानाकर्षण गर्नेछ । जिर्य सिन्ध मताहिदा मुहाज नाम गेको संगनमा आवद्ध जफर सहितोले भने योे रैली संसारको सबैभदा पुरानो लोकतन्त्रसाग जोडिएको नेताहरुले समेत देखेकाछन् ।
मोदीको एक हप्ता लामो अमेरिका भ्रमण

राष्ट्रसंघको ७४ आंंंै महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मादको अमेरिकामा भव्य स्वागत भएको छ । मोदीको यो भमण एक हप्ता लामो हुने बताइएको छ । एकातिर मोदीको भव्य स्वागत भएको छ भने अर्कोतर्फ त्यही पाकिस्तानी प्रधानमन्त्रीको मजाक उडाइएको छ । पाकिस्तानका उकजना ट्विटर प्रयोगकर्ताले ट्विट गर्र्र्दै लेखेका छन् पिएम इमरान खानको अमेरिकामा रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरियो । अमेरिकाका बरिष्ठ अधिकारी मलीहा लोधी उनको स्वागतमा तयार थिइन् । खानलाई ओछ्याएको कार्पेट एक फिटको मात्र थियो भने मलाही लोधी संयुक्त राष्ट्रसघमा पाकिस्तानकै राजदूत हुन भनेर उनले व्यंग्य समेत कसेका थिए ।
पाकिस्तानी रेलमन्त्री रदिको मार्ने र मर्ने धम्की
राष्ट्रसंघको ७४ औं महासभामा पुगेर कस्मिर मामलामा संसारका शक्ति सम्पन्न राष्ट्रहरुको ध्यान आफूतिर केन्द्रित गर्ने अभिप्राय बोकेको पाकिस्तानले चौतफी नैरास्यता मात्र हात पारेपछि पाकिस्तानी रेलमन्त्री शेखर रसिदले अनौठो प्रतिक्रिया दिएका छन् ।
उनले दिएको प्रतिक्रियाबाट संसारका राष्ट्र प्रमुखहरु समेत आश्चर्य चकित भएका छन् । रेल मन्त्री रसिदले भनेका छन अब कस्मिर मामलामा अमेरिकाको आड भरोसा छैन । अब चीनसँग मात्र विश्वास छ । उनले कस्मिर मामलामा अत्यत्यै आपत्ति जनक भनाई सार्वजनिक गरेपछि चीन समेत झस्किएको छ , उनले भनेका छन् अब कस्मिरमा लडाइ गछोै । कि मारिन्छौ कि माछौै । केही दिन अगाडि पाकिस्तानको नियत्रणमा रहेको कस्मिरको भित्री भागमा भएको एक
रैलीलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आरोप लगाएका थिए भारतमा कस्मिरी नेतृत्व जेलमा छ । त्यहाँ मावन अधिकार उल्लंघन भइरहेको छ । उनले भारतीय प्रधानमन्त्रीलाई कट्टरपन्थीको संज्ञा दिँदै मोदीको एजेन्डा नै पाकिस्तान साफ गर्ने हो ।
ह्युस्टनको एनआरजी स्टेडियममा मोदी–ट्रम्प
असोज ५ गते अमेरिकाको टेक्सासको ह्युस्टन सहरमा विहान एन आरजी स्टेडियममा अमेरिकामा बसोबास गदै आएका ५० हजार भारतीय
नागरिकहरुले भरिभराउ थियो । हाउडी मोदका लागि प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पसँगै आउने कार्यक्रम तय भएको थियो । त्यो ऐतिहासिक क्षणको पर्खाइमा सबै थिए । मञ्चमा अमेरिकाका सम्पूर्ण राज्यका गभर्नर, सांसदको उपस्थिति थियो । उनीहरु भारत–अमेरिका सम्बन्धका बारेमा छलफल गरिरहेका थिए । संसदका रिपब्लिक र डेमोक्र्याटिकका सांसदहरुको उपस्थितिरहेको थियो । मोदी जब स्टेडियममा पुगे भारतीय समय अनुसार रातको ९ बजेको थियो । मोदी र ट्रम्प एकसाथ पुग्दा उपस्थित सबैले भव्य स्वागत गरेका थिए । प्रधानमत्री मोदीले ट्रम्पको हात उठाएर भीडलाई अभिवादन गरेका थिए ।
विशेष पाहुनााको रुपमा ट्रम्पको परिचय
मोदी र ट्रम्प एक साथ मञ्चमा पुग्दा त्यहाँको माहोल नै अर्कै भएको थियो । प्रधानमन्त्री मोदीले माइक समाएर आफ्ना मित्र ट्रम्पको परिचय यसरी गराएका थिए कि सबै खुशीले गदगद भएका थिए । मोदीले ट्रम्पप्रति संकेत गर्दैे भने जसको परिचयको आवश्यक छैन । जसको नाम दुनियाँका घर घरलार्इ थाहा छ । नजिकै उभिएका ट्रम्प मुसुमुसु हाँस्दै थिए ।त्यसबेला मोदीले संक्षिप्त मन्तव्य दिदै भने
भारत र अमेरिकको सम्बन्ध अत्यन्तै गाढा छ । मोदी ट्रम्पको नारा थियो मेक अमेरिका ग्रेट अगेन ।
इस्लामिक आतंकवादसँग लड्छौं
हाउडी मोदी कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पाकिस्तानको नाम नलिइकन उसलाई कडा चेतावनी दिएका छन् । ट्रम्पले भने हामी कट्टरपन्थी इस्लामिक आतंैकवादबाट निर्दोषहरुको रक्षा गर्न कटिबद्ध छौै । ट्रम्पले त्यसो भन्दा मोदी मञ्चमै
थिए । सबैले उभिएर ताली बजाएर स्वागत गरे । उनले भने हामी दुवै देश मिलेर आतंकवादका विरुद्धमा लड्छौं । ट्रम्पले सीमा सुरक्षामा जोड दिएका थिए । हामी दुवैले आफ्नो देशको सीमा सुरक्षा गर्न जरुरी छ । यसका लाग हामी मिलेर कदम उठाउँछौ । प्रधानमन्त्री मोदीले समेत आफनो मन्तव्यमा भनेका थिए अगलीबार ट्रम्प सरकार । उनले ट्रम्पको शासनकालमा भारत अमेरिकाको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका थिए ।
जन्मदिनको शुभकामना
अमेरिकी राष्ट्रपति ट्रम्पले भने मलाई आज मेरो विश्वासनीय मित्रसँग भेट हुँदा औद्यी खुशी लागेको छ । उहाँसँग एकसाथ हुन पाउनु सौभाग्य हो । केही महिना पहिला संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको प्रधानमन्त्रीमा चुनिएकोमा बधाई र जन्मदिनको शुभकामना दिन्छु । यो ऐतिहासिक कार्यक्रममा आउन पाउँदा खुशी लागेको छ ट्रम्पले भने ।
