धरान÷धरानमा तीनदिनसम्मे मुलुकभरिकामात्र हैन विदेशका पर्यटन व्यवसायीहरुको जमघट भएको थियो । यो अवसर नेपाल पर्यटन बोर्डका आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजना भएको दोस्रो टुरिजम मार्टले जुराई दिएको थियोे ।
पहिलो इस्ट टुरिजम मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो भने यसपटक भने भुटानका पर्यटन व्यवसायीहरुले समेत मार्टमा सहभागिता जनाएका थिए । यसले एक अर्काको पर्यटनका विषयमा बुझ्न सजिलोमात्र हैन पर्यटन प्रवद्र्धृनमा थप टेवा पुग्ने अपेक्षा राखिएको छ । नेपालले पर्यटन बर्ष २०२० मनाउन लागेको बेला यो मार्ट पर्यटन प्रवद्र्धनमा कोशे ढुंगा सावित हुने स्थानीय सरकार तथा प्रदेश सरकारले समेत बताएको थियो ।
नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो इस्ट टुरिजम मार्टको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । तीन दिनसम्म चलेको मार्टले नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने मुख्यमन्त्री राईले बताउनुभएको थियो ।
उहाले प्रदेश नं १ पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको बताउदै प्रदेश सकारले नेपालकै होचो क्षेत्र केचनादेखि विश्वकै सबैभन्दा उचाइ भएको सगरमाथासम्मको फास्ट टूयाक निर्माणमा प्रदेश सरकार लाग्ने सो अवसरमा बताउनुभएको थियोे ।
प्रत्येक बर्ष देश विदेशका पर्यटन व्यवसायीहरु इस्ट टुरिजम मार्टमा अभिरुची राखि आउन थालेको प्रति नेपाल पर्यटन बोर्डले समेत मार्टले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएकोे भन्दै यसलाई निरन्तता दिने जनाएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले पर्यटन व्यवसायलाई देश विदेशसम्म व्यवसायिककरण गरेर लान सके नेपालको पर्यटन व्यवसाय दीगो हुने बताउनुभएको थियो ।
यता पर्यटनको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले भने प्रचारप्रसारसंगै पर्यटकीय क्षेत्रको विकासमा सरकार लाग्नुपर्ने बताएका थिए । साहसिक खेल प्रवद्र्धनमा सञ्चालनमा आएका स्ट्रिम धरानका सचिव रामप्रसाद राईले इस्ट टुरिजम मार्टजस्तै प्रचारपं्रसार जस्तै भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिनुपर्ने बताउन भएको थियोे ।
विश्वमे पर्यटकीय गन्तव्यको सम्भावना बोकेको प्रदेश नं. १ लाई छिमेकी मुलुकसंग जाडेर ती देशसंग पनि सहकार्य गरेर अगाडि बढ्नको लागि इस्ट टुरिजम मार्टका आयोजना गत बर्षदेखि शुरु गरिएको हो । यो बर्ष पनि धरान ६ सिद्धि नेवा ः परिषद्को भवन प्रांगरणमा आयोजना गरिएको मार्टमा नेपाल लगायत भारत र भुटानका पर्यटनसम्बन्धी ३४ वटा स्टल रहेका थिए । मार्ट अवधिभर यी तीन देशका पर्यटन व्यवसायीबीच पर्यटन समन्धी छलफल, आ आफ्ना ठाउका पर्यटकीय गन्तव्य स्थलको जानकारी गराउने भएकोेले पनि नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२० लाई अझ सहयोग पुग्ने र वाह्य पर्यटकको नेपाल आगमनमा वृद्धि हुने अपेक्षा राखिएको छ ।
