अर्थोपेडिक्स ओटी उद्घाटन

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स ओटीको उद्घाटन गर्नुभएको छ ।
प्रतिष्ठानका प्रवक्ता तथा अर्थाेपेडिक्सक विभागका प्रमुख प्रा.डा पशुपति चौधरीका अनुसार अब प्रतिष्ठानमा विरामीहरुको चापलाई थेग्न सक्ने अवस्था छैन । प्रतिष्ठानमा ओटीको संख्या कम भएकोले विरामीहरुको वेटिङ्ग बढ्दै गएको छ । तीन महिना, ६ महिना त्यसरी बेटिङ्गमा बस्दा गरिब विरामीहरु मर्कामा परेका छन् । एउटा अप्रेशन गराउन ६ महिना पर्खनु प¥यो भने उनीहरुको
रोग बढ्दै जान्छ । विरामीहरु पनि सन्तुष्ट हुँदैनन् ।
प्रतिष्ठानमा ओटीको संख्या बढाउनु आवश्यक भइसकेको छ भन्दै प्रा.डा. चौधरीले भन्नुभयो, २५ बर्ष अगाडि बनेको पूर्वाधारले अब थेग्न सक्दैन । भएको संरचना भित्रै एउटा अतिरिक्त अर्थोपेडिक्स ओटी बनाउन सफल भएका छौं , यसको प्रमुख उद्देश्य विरामीहरको वेटिङ्ग टाइम घटाउनु, विरामीलाई जति सक्दो चाँडो अप्रेशन गरेर घर पठाउनु नै हो । अर्काे संरचना बनाउँदा धेरै पैसा चाहिन्छ जुन अहिले प्रतिष्ठानले गर्न सक्दैन भएकै पूर्वाधारलाई प्रयोग गरेर एउटा मोर्डन र सुविस्टीकेटेट ओटी बनाउन हामी सफल भएका छौं । अहिले जुन विरामीको वेटिङ्गसमय तीन महिनाको हुन्थ्यो अब ५० प्रतिशतले घट्छ । पहिला ओटीको संख्या एउटा थियो अब दुई वटा भएको छ । प्रतिष्ठानलाई आर्थिक भार कम गरी पुरानै टबुल तथा सामाग्री प्रयोग गरेर सञ्चालनमा ल्याइएको र अब प्रतिष्ठानमा छुट्टै ओटी ब्लकको आवश्यकता रहेको पनि प्रा.डा. चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया