धरान÷उपप्रधान, स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले एक बर्ष अगाडिको सिनेटको प्रस्ताव अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्व विद्यालयको रुपमा विकास गर्न सरकारले पक्रिया अगाडि बढाइसकेको खुलासा गर्नुभएको छ ।
नेपाल भारतको सयूक्त लगानीमा स्थापित महान राजनीतिज्ञ एवम् साहित्यकार बीपी कोइरालाको १०५ औंै जन्म जयन्ति तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औं स्थापना दिवसका अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुराको खुलासा गर्नुभएको हो ।
प्रतिष्ठानको सह कुलपति समेत रहनु भएका मन्त्री यादवले प्रतिष्ठान आज पूर्वको मात्र नभएर मुलुककै चिकित्सा क्षेत्रमा गौरव गर्ने संस्थाको रुपमा स्थापित भएकोे र स्थापनाको २६ बर्षको अवधिमा हजारौ विरामीहरुलाई सेवा दिएको, मुलुकलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरेको र यहाँबाट अध्ययन गरेका चिकित्सक, नर्सहरु नेपालमा मात्र नभएर विदेशमा समेत सम्मानित रहेको बताउनुभयो । उहाँले प्रतिष्ठान केही समय यता राजनीति तथा आर्थिक अनुशासनहीनतर्फ गएको संकेत गर्दै भन्नुभयो देश र विदेशमा समेत सम्मानित हुने दक्ष चिकित्सक उत्पादन गर्दै आएको प्रतिष्ठानमा समस्याहरु देखा परको छ । ती सबै समस्या निराकरण भइसकेको अवस्था छैन तर समस्याको समाधानको बाटो खुलिसकेको छ ।
उहाँले भन्नुभयो अहिलेको परिस्थिति विशेष खालको छ, आजै मात्र मसँग केही चिकित्सकले समस्या लिएर आउनु भयो । यहँ वेटर अन्न्डरस्यान्डिङ्ग, वेटरको अपरेशनको आवश्यक छ । विगतमा देखा परेका समस्याहरु फेरि भविष्यमा देखा नपर्ने गरी समाधान खोज्नु पर्छ । सरकार समाधान चाहन्छ, त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ र यहाँका तमाम समस्याको हल हुदै जान्छ । उहाँको कथन थियो राजनैतिक रुपमा हामीले धेरै परिवर्तन ल्यायौ । आफू राजनीतिमा प्रवेश गर्दा मुलुकमा निरंकुश राजतन्त्रात्मक प्रणाली थियो । वाक स्वतन्त्रता र नागरिक स्वतन्त्रता थिएन । आज संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौैं । यो परिर्वनलाई जोगाएर आर्थिक समृद्धि र सामाजिक रुपान्तरणतिर मुुलुकलाई लैजान आवश्यक छ । आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुन सकेन भने परिवर्तनहरु लामो समयसम्म नटिक्न पनि सक्छ ।
मन्त्री यादवले भन्नुभयो बीपी कोइराला लोकतान्त्रिक समाजवादका नेपालका महान व्यक्तित्व हुनुहुन्थ्यो । सम्पन्नता र समानता नभई समाजवाद आउँदैन । त्यसैले मुलुकलाई सम्पन्नतातर्फ अगाडि बढाउन आवश्यक छ । समृद्धिको मूल इन्डिकेटर नागरिकको शिक्षा र स्वाास्थ्य नै हो । संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको छ । यसलाई प्राप्त गर्न सोही अनुरुपको हस्पिटल, चिकित्सक हुनुपर्छ । यसका लागि प्रत्येक गाउँ पालिकामा अस्पताल, वडामा स्वास्थ्यचौकी, प्रदशेमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठन र विशिष्ट सेवा प्रदान गर्ने एउटा टर्सरी हस्पिटल स्थापना गर्नुपर्छ । उहाँको कथन थियो टर्सरीको रुपमा कोशी अञ्चल अस्पताललाई अगाडि बढाउने निर्णय भइसकेको छ ।
यसैगरी प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले भन्नुभयो प्रतिष्ठान स्थापनाका प्रमुख तीन उद्देश्यहरु हुन गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गरी दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्ने, जनतालाई गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य अनुसन्धान गर्ने । यही उद्देश्य अनुरुप आज प्रतिष्ठानमा विएएलटी, विएस्ीि नर्सिङ्ग, एमडी, एमपिएच, बिडिएस, प्रमाणपत्र तह नर्सिङ्ग, एमविविएस, डिएम कार्डियोलोजी, डिएम न्योनाटोलोजी, एमसिएच युरोलोजी, एमसिएच जिआइ सर्जरी लगायत रहेका छन् । वि.सं. २०५० साल साउन १ गते देखि तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पताललाई प्रतिष्ठान मातहत ल्याएपछि यसले नेपालका मात्र नभएर छिमेकी मुलुक भारतको विहार, बंगाल उत्तर प्रदेशका जनतालाई समेत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।
उहाँले भन्नुभयो मानव स्वास्थ्यसँग सम्बन्धित विभिन्न अनुसन्धानका कार्यहरुमा प्रतिष्ठानले विशेष ध्यान दिएको छ । जसका कारण प्रतिष्ठान राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा परिचित भएको छ । प्रतिष्ठान आवासीय विश्व विद्यालय भएकोले यहाँका चिकित्सक, शिक्षक, कर्मचारी चौविसै घण्टा प्रतिष्ठानकै ड्युटीमा खटिने गर्छन । प्रारम्भमा १५० सैøयाबाट शुरु भएको पतिष्ठानमा आज ८३० शैøया रहेको भन्दै निमित्त उपकुलपति खनालले आज प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथ ल्याब, सल्य चिकित्सक सेवा समेत उपलब्ध रहेको जानकारी दिनुभयो । मातृ शिशु विशेषज्ञ उपचार सेवा प्रदान गर्नका लागि चार सय शैøयाको मातृ शिशु उपचार केन्द,्र क्यान्सर रोगको उपचारका लागि २ सय शैøयाको अंकोलोजी सेन्टर र २ सय शैøयाको कार्डियोलोजी सेन्टरको निमाण कार्य हाल प्राविधिक कारणले स्थगित रहेको छ । यो केन्द्रको निर्माण सम्पन्न भएमा सर्वसाधारणले व्यापक रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने र यस क्षेत्रका नागरिकको स्वास्थ्य स्थितिमा सुधार आउने बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सरकारको राष्ट्रिय स्वास्थ नीति अनुरुप प्रतिष्ठानले सरकारको नीति, निर्देशन र निर्णयको अक्षरस पालना गर्दे विभिन्न खोप कार्यक्रम, स्वास्थ्य वीमा कार्यक्रम अनुसार स्वास्थ्य सेवा गाउँ गाउँमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराई समुदायमा आधारित स्वास्थ्य नीतिको अवलम्बन गरेको छ ।
उहाँले भन्नुभो प्रदेश नं. १ का सबै जिल्लामा विद्यार्थी, शिक्षक, चिकित्सक पठाएर प्रतिष्ठानले सेवा प्रदान गर्दे आएको छ । प्रतिष्ठननको विकासका लागि विभिन्न परियोजनाको कार्यान्वयनका लागि सरकारसँग आग्रह समेत गर्दे उपकुलपति खनालले भन्नुभयो विगत केही बर्षयता भएका उतार चढाव, आन्तरिक विवाद र विमति तथा नेपाल सरकारबाट समेत अपेक्षाकृत साधनस्रोत व्यवस्थापनमा निराशा पैदा गरिँदा प्रतिष्ठान विवादित र साधन स्रोत विहीन बन्न पुगेको छ । उहाँले भन्नुभयो आफू शिक्षाध्यक्ष रहँदा प्रतिष्ठानको भित्र र बाहिर सदैव समन्वयकारी भूमिका निर्वाह गरेको र प्रतिष्ठानलाई एक ढिक्का बनाई अगाडि बढाउन हदैसम्मको प्रत्यन्त गरेको, यसैबीच नेपाल सरकारले निमित्त उपकुलपतिको जिम्मेवारी दिएपश्चात प्रतिष्ठान परिवारलाई एक ढिक्का बनाई प्रतिष्ठानको विकास क्रममा समाहित
गराउने र नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रही प्रतिषठानका स्थगित आयोजनाहरुलाई सुचारु गनेै र आवश्यक स्रोत साधन यवस्थापन गर्न अहोरात्र काम गदैै आएको पनि उहँले बताउनुभयो । सो अवसरमा प्रदेश नं. १ का प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, सभामुख प्रतिप
भण्डारीले लगायतले पनि प्रतिष्ठानले पु¥याएको सेवाको प्रशंसा गर्नुभएको थियो ।

