जन्ताले लखेट्ने चिन्ता
हिजो आज प्रचण्डाउलाई एउटा कुराले साह«ै पिरोल्न थाल्या छ । त्यही चिन्ताले विचरा राति निन्द्रामा पनि बर्बराउँछन् । दिनमा पनि बर्बराउँछन् । पहिला पहिला अलि कम बर्बराउँथे तर हिजो आजचाहिँ अलि ज्यादै बर्बराउन थाल्या छन् रे । किन नबर्बराउन त विचारालाई भित्रैदेखि भत्तभत्ती पोलेर आ’ होला ? जन्ताले अब हाम्लाई खेद्ने दिन आइसक्यो भन्न थाल्या छन् । जन्ताले खेद्ने आभाष प्रचण्डाउले कसरी पाए कुन्नि ? पाए पनि होलान् । जन्ताहरु दिनैपिच्छे सडडकाँ ओर्र्लेर राजा ल्याउने कुरा गर्दैछन्, हिन्दु धर्म कायम गराउन जन्ताहरु सडकमा ओर्लेर नारा लगाउन थालिसक्या छन् । जन्ताले दिनैपिच्छे भक्कु गाली गर्छन् । यस्तै ताल हो भने कम्निष्टलाई जन्ताले नलर्घालान् भनेर कसरी पत्याउने ? हुन त जैसी करनी वैसी भरनी भन्छन् । हिजो आफ्ना पक्षेमा जन्तालाई आश्वासनका पुलिन्दा खिलाएर गनतन्त्र ल्या थे । गोडाचौधेक बर्ष मोज पनि गरे, अब भने पार लाग्दा जस्तो छैन । विचराको मनले हरेस खाइसकेछ । कुन दिन लखेट्नु पर्ने हो भनेर विचरा भुत्भुतेका छन् ।
राजतन्त्रका विरुद्ध अपशब्द बोल्न हिजो प्रचण्डाउले नै सिकएका थिए । आज तिनै जन्ता प्रचण्डाउका विरुद्धमा नारा लगाउँदै छन् । वाह †
उत्तानै पर्न लागेछमुलुकाँ प्रजातन्त्र, लोकतन्त्र आएसी सबै समय माने लामो समय नेप्लिज लाँग्रेस नै सत्ता चलायो । कम्निष्टहरुले चलाउनै पाएनन भनेर एकथरीलाई कम्ता चिन्ता लाग्याथेन । दुई बर्ष अगाडि भाको निर्वाचनमा लौन तीमीहरु पनि चलाउ भनेर जन्ताले मन्जुरी दिए । तर कम्निष्टहरुले अलि बढी नै चलाएछन् कि क्या हो । देश र जनता नै उत्तानो पर्न पुग्या छ । कम्निटहरुले सत्ता अलि ज्यादै गिजोलेछन् । चारैतिर ह्वास्सै गन्हाउँछ । वाल्वाटार त्यस्तै गन्हाएको छ । वाइडवडी त्यस्तै गन्हाएको छ । रातारात मठ मन्दिरका जग्गा आफ्ना नाममा पास गरेर झनै गन्धपुरी भा’छ । कर खानेहरु नैै भैसँी जस्ता भएर डम्म मोटएका छन् कर तिर्नेहरु सुकेर किङ्गरिङ्ग प¥या छन् । जन्ताहरु थला परेर सुतेका छन्, पर्धानमन्तरी सिंगापुर उड्या छन् । जे होस चलाउनचाहिँ सबै कुरा बढी नै चलाएछन् ।
कम्निष्ट सिध्याउने रे
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुरले अस्तिका दिन पश्चिमतिर गएर अलि कडै भाषन गरेछन् । अब कम्निष्ट सिध्याउने चलखेलमा लाग्नुपर्छ रे स्यालबहादुरले भन्या । आफू सप्रिने खेलमा लाग्नुपर्छ भन्नुचाहिँ छैन कम्निष्ट सिध्याउने खेलमा लाग्ने रे । देउवाको भाषन सुनेसी घण्टाघरलाई एउटा लघु कथाको याद आयो । एउटा भैसी जंगलमा आत्तिएर दौडिराख्या थियो । जंगलमा
रहेको मुसाले भैसीलाई सोधेछ किन आत्तिएर दौडिएको भाई ? भैसीले भनेछ जंगलमा हात्ती समात्न पुलिस आएको छ । मुसाले भनेछ अनि तिमी किन भागेको त ? तिमी त हात्ती होइनौं । भैसीले भनेछ यो नेपाल हो, प्रक्राउ परे भने म हात्ती होइन भनेर प्रमाणित गर्न २० बर्ष लाग्छ । भैसीको कुरा सुनेपछि मुसा पनि अन्डरग्राउण्ड भएछ । दुई तिहाई लिएर कम्निष्ट सत्तामा बस्या कुरा स्यालबहादुरेले भुसक्कै बिर्सेछन् । बाहिरचाहिँ कम्निष्ट सिध्याउने कुरा ग¥यो अनि भित्रचाहिँ थुतुनो जोडेर बस्यो ।
लोग्ने स्वास्नीको जस्तो
स्वास्थ्योपचार गर्न सिंगापुर जानु अघिल्लो दिन माकुन्याउलाई पर्धानमन्तरी खप्रओले राम्रैसंग झाटेछन् । खप्रओले झाटेपछि विचरा अक्क न बक्क भएछन् । तेस्रोे वरियताबाट हँटाएर चौथोमा ल्याउनु अनि झँझाई पनि खानु माकुन्याउलाई कम्ता पीडा भएन । झाँट झुँट पारेर खप्रओ त सुइøयै सिंगापुर हान्निए । यता माकुन्याउ के गर्ने र कसो गर्ने इन्तु त चिन्तु भए । उनले प्रचण्डाउसँग गएर दुई घण्टा गफ गरेर बसे, आफ्ना पीडाहरु बिसाए । प्रचण्डाउले यसो खप्रओलाई ललाई फाकाई गर्दैलान् र सम्बन्ध सुधे्रला भनेर औडाहा भएसी अस्तिका दिन विचराले आफै भने मेरो सम्बन्ध केपी ओलीको सम्बन्ध भन्या लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै हो । अब फेरि माकुन्याउलाई वित्यास पर्ने भयो । खप्रओ सिंगापुरबाट आएसपी’ म लोग्ने तिमीचाहिँ…भन्दे भने माकुन्याउ के गर्लान् ? खप्रओको थुतुनो कहिले कता बटारिन्छ कहिले कता बटारिन्छ ।
नाम परिवर्तत गर्दिम्
नेपालमा हरेक कुरा परिवर्तन भैरा’छ । सबै परिवर्तन मात्र गर्न खोज्छन् । परिवर्तन गर्नुु पनि राम्रो हो । संघीयता धान्न सकिदैन, प्रदेश, केन्द्र र स्थानीय तहका मन्त्रीहरुलाई पाल्न सकिदैन भनेर वित्थाँमा चिच्याउँछन् । तिन्लाई पाल्न अर्थमन्त्री खतिवडा कतिवटा नाटक गर्छन । टकनटाँकहरुलाई पाल्नकै लागि संघीयता, धर्म निपेक्षा मात्र बना हैन । यो त
परिवर्तन हो । जन्ता आफै सडकाँ परिवर्तन चाहियो भनेर उफ्रेका हैनन् । अब अहिले मन्त्रीहरु, स्थानीय तहका लाउकेहरुलाई पाल्न सक्दिन भनेर त भएन नि † जन्तालाई अझै कति परिवर्तन चाहिएको छ । कोही नेपालको राष्ट्रिय झण्डै फेर्नुपर्छ भन्दैछन्, कोही राष्ट्रिय जनवार नै फेर्नुपर्छ भन्दैछन्, कोही के भन्दै छ त कोही के भन्दै छन् । बरु अब नेपालको नामै फेर्दिम । नरहे बाँस न बजे बाँसुरी । नेपालको सट्टामा नेतापाल बनाइदिम । यसो गरे कसो होला ?
सरकार चलाउने अनुभव छैन
ओखलढुंगा तिरका रामहरि खतौडाले अस्तिका दिन गज्जबकै गफ गरे । अनुभव नै नभएकाहरुलाई स्वाई स्वाई सरकार चलाएकै कारण हाम्रो नेतापाल देश बर्बाद भा’ रे । भन्न पनि कस्तो भन्न सक्या
हँ । पर्धानमन्तरी खप्रओ १२ बर्ष जेल बस्या र प्रचण्डाउ १२ बर्षसम्म जंगली भएकोले तिन्लाई सरकार चलाउने अनुभवै छैन रे । बात त ठीकै हो । जेल बस्ने र जंगलमा डुल्नेलाई सत्ता चलाउने अनुभव हुँदैन । त्यही नभएर त हाम्रा खप्रओ थुतुनामा जे आयो त्यही बोल्छन् । रेल चलाएर भुर्कुट बनाइदिएका छन् , पानी जहाज र्दाैडिएका दौडियै छन्, हावाबाट बत्ती निकालेर झिलीमिली पार्दिया छन्, धरघरमा ग्याँस पाइप छेलोखेलो पारेर जोडिदिएका छन् । यतिविघ्न काम गर्नेसँग अनुभव नभएरै हो त ? कहिलेकाही त खतौडा पनि बांगा टिंगा गफ गर्छन । फेरि १२ बर्ष जंगलतिर डुलेका प्रचण्डाउले आफ्ना सन्तानलाई मात्र नभएर दायाँबायाँका गोरु बेचेका साइनो पर्नेलाई समेत ठाम ठाममा पु¥याइद्यिा छन् । यो चानुचुने कुरा हो ? अनुभवले दुवै खारिएका कारण यो सब ग¥या कुरा खतौडा बाजेलाई के थाहा ?
ग्रेटवाल भन्दा ठूलो भुडी
चन्द्रमामा पुग्ने वैज्ञानिकहरु यतिबेला आश्चर्य चकित हुन थाल्या छन् रे । चन्द्रमाबाट पृथ्वीतिर हेर्दा चाइनाको ग्रटवाल सबैभन्दा ठूलो देखिन्यो र पहिला । अबचाहिँ गे्रटवाल देखिनै छाड्या छ रे । ग्रेटवाल भन्दा नेपालका मन्त्री, सांसद अनि उच्च ओहादामा बसेकाहरुको भुडी पो ठूलो देखिन थाल्या छ रे । अझ गनतन्त्र आएसी’ नेपालका मन्त्री र सांसदको भुडी हुसुसु बढेर आएको छ रे । होला पनि यो नेतापाल देशमा नहुने के छ र ? गनतन्त्र आएसी आफ्नो हात जगन्नाथ भनेझै जन्तालाईै दुहेर गितार बनाइ जम्मा गरेको राजस्व यिन्कै भुडीमा लुतुलुतु परेसी चाइनाको ग्रेटवाल भन्दा यहाँका नेताहरुको पेट ठूलो हुने नै भयो । यसमा हामी नेतापाल देशका जनताले गर्वचाहिँँ गर्नैपर्छ कमसेकम चन्द्रमाबाट नेपालमा नेता, मन्त्री, सांसदको भुडी त ठूलो देखियो ।
स्वीकार्ने निर्णय भयो
घण्टाघरलाई हिजो आज उदेक लगेर आउन थाल्या छ । विदेशीहरुसँग कचौरा थापी थापी सरकार पैसा माग्छ । तर पैसा दिएसी’ फलानो देशले नेपाललाई दिएको यति आर्थिक सहयोग सरकारले स्वीकार्ने निर्णय ग¥यो भनेर समाचार आउँछ । क्या लाजमर्दाे स्वीकार्ने निर्णय रे । हैन हौ आजसम्म विदेशीले दिएको पैसा कहिलेचाहिँ अस्वीकार ग¥या छ र ? के चाहिँ कुरा अस्विकार ग¥या छन् र ? अक्टोपस जस्तै चारैतिरबाट सोहोर्नेले स्वीकार ग¥यौ भनेर किन स्वाभिमान देखाएको होला ? सिङ नभएपनि नामचाहिँ तीखे भनेझै । कि कसो हौ ?
