बीपीमा शुरु गरेको अक्सिजन प्लान्ट बन्द

धरान÷ सात महिना अगाडि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा सञ्चालनमा ल्याएको अक्सिन प्लान्ट विग्रिएर थन्किएपछि अहिले प्रतिष्ठानमा उपचारमा आउनेहरु विरामीहरु समस्यामा पर्न थालेका छन् ।
प्रतिष्ठानले आफै अक्सिन उत्पादन थालेसँगै प्रतिषठानमा अक्सिनको अभाव हुन नदिन प्रतिष्ठानले दुई बर्ष अगाडि अ्िक्सन प्लान्टका उपकरण भारतबाट ल्याएको भए पनि प्राविधिक कठिनाइका कारण सात महिना अगाडिबाट मात्र शुरु गरिएको थियो ।
२०७५ माघ महिनामा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार र हालका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहले उद्घाटन गर्नुभएको थियो । प्लान्ट शुरु भएपछि प्रतिष्ठानमा उपचारमा आउनेहरु अ्िक्सजन ग्यासको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नआउला भने पनि सञ्चालन भएको सात महिनामै ग्यास प्लान्ट बिग्रएर थन्किएपछि भने अहिले पुन समस्या निम्तिएको छ । त्यसबेला ३ करोड २४ लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
प्रतिष्ठानमा ओपिडी, आकस्मिक कक्ष लगायतमा गरी दैनिक ५ हजार विरामी उपचारमा आउने गरेका छन् । उपचारमा आएका विरामीहरुमध्ये २५ प्रतिशत विरामीलाई अक्सिनको आवश्यकता पर्ने गरेको अस्तापल स्रोतले जनाएको छ ।
प्रतिष्ठानमा अहिले दैनिक ८ सय लिटर प्रतिमिनेट अक्सिनको आवश्यकता रहेको बताइएको छ तर यो प्लान्ट बिग्रिएर थन्किएपछि र समयमा अक्सिजन आयात गर्न नसक्दा अहिले विरामीरु मरमा परेका हुन् ।
सो बेला प्लान्टमा जडान गरिएका एयर कम्प्रेसर, एयर टेङक, एयर डूाइयर, एयर जेनेरेटर प्लान्टलगायतका उपकरणहरु इटालियन, जर्मनी कम्पनीका रहेको बताइएको थियो । प्रतिष्ठानको स्थापना कालदेखि सञ्चालनमा ल्याइएको २ सय ८० लिटर प्रतिमिनेट क्षमताको पूरानो अक्सिजन प्लान्ट विग्रिएर बन्द हुँदा प्रतिष्ठान पूरै अक्सिजनमा अरुसंग आत्मनिर्भर बन्नु परेको थियो । त्यसबेला प्रतिष्ठानले दैनिक ६० देखि ७० हजार रुपैयाँसम्म अक्सिजन खरिद गदै आएको भएपनि अब त्यसको अन्त्य भएको सञ्चालन अघि उद्घाटनका समयमा प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी संकर साहले बताउन भएका थियो ।

तपाईको प्रतिक्रिया