निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निकायको रिक्त ५० स्थानका लागि मंसिर १४ गतेको मिति तोक्यो एक बर्षदेखि रिक्त रहेको धरान उपमहानगरको प्रमुखका लागि मुख्य राजनैतिक दलका दर्जन बढी आकांक्षी

धरान÷निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उप निर्वाचनको मिति घोषणा गरेसँगै धरान उपमहानगर
पालिकामा रिक्त प्रमुखका लागि
धरानमा राजनैतिक दलहरुको सक्रियता बढेको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको अघिल्लो बर्ष साउन १ गते असामयिक निधन भएपछि कावाको भरमा धरान उपमहानगरपालिका सञ्चालन हुँदा व्यापक वेथिति र भ्रष्टाचार बढेको भन्दै चाँडो निर्वाचन गराउन यहाँका सत्ता पक्षीय दलहरुमात्र नभएर अन्य दलहरुले समेत माग गर्दैै आएका
थिए ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेपनि पार्टीको केन्द्रीय स्तरबाट कुनैपनि राजनैतिक पार्टीले उमेद्वारी छनौट प्रक्रिया सम्बन्धमा जिल्ला, क्षेत्र, नगरलाइ पत्राचार गरेको
छैन । उमेदवार छनौट प्रक्रियामै अलमलमा परेका नेपाली काँग्रेस, एमाले जस्ता मुख्य पार्टीहरुमा प्रमुखका लागि दर्जन भन्दा बढी आकांक्षीहरु देखिएका छन । अन्य साना दलहरु भने उमेदेवारी दिने या मुख्य राजनैतिक पार्टीँसगै मुद्दा समानताका आधारमा सहयोगी बन्ने भन्ने दोधारमै रहेका छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले एमालेसँग थोरै मत अन्तरले प्रमुखमा पराजय भोग्नु परेको थियो भने तत्कालीन माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको थियो । हाल तत्त्कालीन माओवादी केन्द र एमाले बीचमा एकता भएर नेकपा बनिसकेको अवस्थामा आगामी मंसिर १४ गते हुने निर्वाचनमा दुवै तर्फका आकांक्षीहरुले लविङ्गलाई तिब्र बनाएका छन् । नेकपाबाट पूर्व एमाले तथा प्रभावशाली युवा नेता प्रकाश राई सर्वाधिक चर्चामा रहनु भएको छ । यसैगरी तत्कालीन एमालेका जिल्ला अध्यक्ष हालका सचिव रमेश बस्नेत, पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्गबो, धरान नगर अध्यक्ष नारायण सुवेदी, माओवादीका तत्कालीन नगर प्रमुखका प्रत्यासी अइन्द्र विक्रम वेघा, अशोक राईको नाम समेत चर्चामा
रहेको छ ।
यता नेपाली काँग्रेसबाट धरान उपमहानगर समितिका सभापति तिलक राई, जिल्ला सचिव सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, पूर्व क्षेत्रीय उपसभापति एवम् पुरना कार्यकर्ता विश्वराज शर्मा, अशोक राई लगायतको नाम चर्चामा रहेको छ । यसै सम्बन्धमा सभापति तिलक राईसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो नगर प्रमुखको पत्यासीका लागि विगतमा जस्तो आफू दौडधुपमा नरहे पनि पार्टीले निर्णय गरेर पठाएको खण्डमा नाइ पनि नभन्ने मुढमा छु । चुनाउ जित्नैका लागि सगठनमा अहोरात्र खटिएको समेत उहाँले प्रष्ट पार्नुभयो । नेपाली काँग्रेसको जिल्ला सचिव समेत रहनु भएका सुजेन्द्र गोले यस पटक आफूलाई पार्टीले प्रत्यासी बनाउनेमा ढुक्क देखिएका छन् । निर्वाचनलाई लक्षित गरेर आफूले सगठन निर्माणमा सबैभन्दा बढी समय दिएको उनको तर्क छ । उता क्षेत्रीय सभापति
सुरेशमान श्रेष्ठलाई कार्यकर्ताहरुले निस्कलंक, नगन्हाएको र इमान्दार नेतृत्वका रुपमा लिँदै श्रेष्ठलाइ नै प्रत्यासी बनाउनुपर्नेमा एकथरिले जोड दिँदै आएका छन् । विश्वराज शर्मा कार्यकर्ता माझमा पाको भएपनि उत्तिकै सक्रियतापूर्वक पार्टी गतिविधिमा लागेकाले शर्माले अवसर पाउनुपर्नेमा एक थरिको जोड छ ।
अन्य साना दलहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुने मनस्थितिमा देखिएका छैनन् । तर २०१५ साल पश्चात धरानमा स्थानीय निकायदेखि प्रतिनिधिसभामा समेत वामपन्थीहरुको हालीमुहाली भएकोलृ उनीहरुको वर्चस्व तोडिनुपर्नेमा एकमत देखिएका छन् । उनीहरुको एउटै राय छ सुकुम्बासीहरुलाई उछालेर मत लिने तर तिनलाई व्यवस्थित गर्न नसक्ने, एमालले बर्षाेखि हलीमुहाली गर्दा हिजो घोषणा गरिएका नगरपालिका भन्दा पनि २०१७ सालमा घोषणा गरिएको धरान उपमहानगरपालिकालाई गए गुज्रिएको अवस्थामा पु¥याएको, मुलुककै भ्रष्ट नगरपालकाको रुपमा परिणत गरेको, स्थानीय जनतासँग वहुमतको दम्भमा मनलाग्दी निर्णय गरेर नेपालका अन्य नगरपालिकाको तुलनामा सबैभन्दा बढी कर असुलेको, बस टेन्ड व्यवस्थित बनाउन नसकको, एडिवीको खानेपानी परियोजना भ्रष्टाचारकै कारण असफल बनाएको, सडकको दुरावस्था सुधार्न हालसम्म कुनै पहल नगरेको भन्दै रोष प्रकट गर्ने गरेका छन् । यसका निम्ति यहाँका साना दलहरुले यसपटक नेपाली काँग्रसलाई साथ दिने मनस्थिति बनाएको देखिएको छ ।

तपाईको प्रतिक्रिया