धरान÷ सधै जनताको सुरक्षामा खटिने प्रहरी र चौविसै घण्टा विरामीको सेवामा तल्लिन हुने चिकित्सकले विदाको सदुपयोग गर्दै शनिवार धरानमा रचनात्मक कार्यमा जुटे ।
जनताको सेवामा समर्पित नेपाल प्रहरी स्वस्थ रहन आवश्यक ठान्दै बीपी कोइराला तथा नीजि अस्पतालका चिकित्सकहरुको संगठन हातेमालो फाउन्डेशनले इलाका प्रहरी कार्यालय धरानको हाताभित्रै निःशुल्क स्वास्थ्य शिविरसंगै औषधि वितरण समेत गरेको छ ।
सबै पेशा समान भएको र एक अर्काको पेशामा सम्मान भाव प्रकट गर्दै सहयोग पु¥याउने अभिप्रायले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको फाउन्डेशनका प्रवक्ता भुपेन्द्र साहले बताउनुभयो ।
इलाका प्रहर कार्यालय, जिल्ला टूाफिक प्रहरी कार्यालय र संघीय इकाई प्रहरी कार्यालय धरानमा कार्यरत २ सय भन्दा बढी सुरक्षाकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको फाउन्डेशनका सदस्य डा. विपेश आचार्यले जानकारी दिनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले कार्यरत प्रहरी र तिनका परिवारलाई आखा, छाला, प्रजनन तथा यौन रोग, दात लगायत धरानमा फैलिएको डेंगुको समेत परीक्षण गरेका थिए ।
समुदाय(प्रहरी साझेदारी अन्तर्गत राखिएको शिविरको प्रमुख उद्देश्य नै चिकित्सक र प्रहरीबीचका सुमधुर सम्बन्ध रहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले समाजको सुरक्षाको जिम्मा लिएको प्रहरी आफू स्वस्थ हुनुपर्छ भन्ने अभिप्रायले हातेमालो फाउन्डेशनसंग अनुरोध गरेर शिविरको आयोजना गरिएको बताउनुभयो ।
परीक्षणका क्रममा प्रहरी र तिनका परिरवारलाई निःशुल्क औषधि समेत प्रदान गरिएको फाउन्डेशनका सदस्य डा. विपेश आचार्यल जानकारी दिनुभयो । पाच महिना अगाडि चिकित्सहरुले समाजसंग घुलमिल गर्न नै फाउन्डेशनको गठन गरेको चिकित्सकहरु बताउछन् । यो संगै अन्य सामाजिक कार्यमा समेत संलग्न हुने गरेको उनीहरु बताउछन् ।
