धरान÷ साउनको पहिलो सोमबार बर्षादको कुनै प्रवाह नै नगरी शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लागेको छ ।
यसैक्रममा प्रदेश नम्बर १ का विभिन्न शिवालयहरुमा साउन पहिलो सोमबार आज श्रद्धालुहरुको घुइचो लागेको हो । प्रदेश १ कै प्रमुख धार्मिक तिर्थ स्थथ धरानको १४ रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर वावाधाम , झापाको अर्जुनधारा, खोटाङको हलेसी , सुनसरीको रामधुनि लगायतका शिवालयहरुको गेरु वस्त्र धारी श्रद्धालुहरुको विहानै देखि भिड लागेको हो ।
धरान ७ की निर्मला श्रेष्ठ पानीको कुनै प्रवाह नगरी हिजो आइतबार सवारी साधन चढेर खाली खुट्टा बराहक्षेत्रको सप्तकोशीमा जल लिन जानुभयो । जल लिएर आउने समय सोमबार विहानैदेखि ठूलो बर्षा भयो तर पनि उहालाई त्यो बर्षाले रोकेन । विहान पिण्डेश्वर बाबाधाममा जल चढाउन भीडमा लाइनमा बस्नु भएकी श्रेष्ठले आफ्नो मनोकांक्षा पूरा हुन भएकोले चतराको कोशीबाट खालीखुट्टा हिडेर पिण्डेश्वर बाबाधमा जल चढाएको बताउनुभयो ।
धरानबाट मात्र हैन पूर्वका विराटनगर, झापा, मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभाबाट समेत जल चढाउन पिण्डेश्वर बाबाधाममा आएका छन् । यस पटक भने पूर्वबाट मात्र हैन पश्चिमबाट समेत पिण्डेश्वर बाबाधाममा जल चढाउनेको भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो । चितवनबाट आउनु भएका धनबहादुर सिम्खडाले समेत लगातारको बर्षाको कुनै प्रवाह नगरी आफ्नो मनोकांक्षा पूरा हुने अभिलाषाका साथ चतराबाट खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताउनुभयो ।
त्यतिमात्र हैन डडेलधुराबाट समेत पिण्डेशवर मन्दिरमा भक्तजनहरु आएका छन् । परिवारका साथ धरानसम्म सवारी साधनमा आएर चतराबाट खालीखुट्टा १४ किमीको पैदल यात्रा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाएका डडेलधुराका किशोर चौधरीको समेत मनोकांक्षा पूरा हुने विश्वास छ ।
विहानैदेखि अत्यन्तै भीड बढेकाले मन्दिर परिवारमा सुरक्षा प्रवन्धमा समेत व्यवस्थित गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयमसेवकले भक्तजनहरुलाई व्यवस्थित रुपमा जल चढाउने वातावरण मिलाएका थिए । साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रही आएको छ । त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधामसमितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो ।
भगवान शिवले समुद्र मन्थन
गरेर निस्किएको अमृतको मुख्य पिण्ड नै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दु धर्मावलम्वीहरुमा ठुलो विश्वास छ । यो वोलवंम धार्मिक मेलाले धरानको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत निक्कै ठुलो महत्व वोकेको छ । साउन महिना मन्दिर परिशरमा महाआरती समेत गर्ने गरिएको छ भने साउन महिनाभर जल चढाउने व्यवस्था समेत गरिएको छ । २०३९ सालमा धरानका केही मानिसहरुले चतराबाट जल ल्याई पिण्डेश्वर मन्दिरमा चढाउन प्रारम्भ गरिएको धरानका अग्रज समाजसेवीहरु बताउछन् ।
