लगानीमैत्री नहुदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीको गुनासो

धरान÷ नीजि क्षेत्रलाई सरकारले लगानी मैत्री वातावरण बनाउन नसक्दा व्यवसायीहरु विस्थापित हुदै गएको उद्योगी व्यवसायीहरुले आरोप लगाएका छन् ।
मुलुक संघीय संरचनामा गइसक्दा समेत लगानीका वातावरण नहुदा लघु तथा साना उद्योग धरासायी बन्दै गएका छन् भने करोडौ लगानी गरेर खोलिएका उद्योगहरु समेत जीर्ण र बन्द हुने अवस्थामा पुगेको उनीहरुले बताएका
छन् ।
सुनसरी उद्योग वाणिज्य संघको २३ औं कार्यकारिणी सदस्यको जेष्ठ २७ गते भएको निर्वाचनबाट निर्वाचित
पदाधिकारीहरुलाई सपथग्रहण गर्ने क्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन् ।
पदस्थापना कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले साना तथा लघु उद्योगलाई वैंकहरुले ऋण प्रदान नगर्ने नीति अवलम्बन गरेकाले यस्ता उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । उहाले देश संघीय संरचनामा गए पनि संघीय सरकारले व्यवसायी, उद्योगीका विषयमा नीति तथा कार्ययोजनामा समेटेर लान नसक्दा व्यवसायीहरु दिनप्रतिदिन धरापमा पर्दै व्यवसाय नै छाड्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले विगतमा सरकार र उद्योगीबीच भएका सहमतिलाई समेत सरकारले वेवास्ता गरेको आरोप लगाउनुभयोे ।
यस्तै सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले नीजि क्षेत्रलाई नसमेटेकै कारण आज व्यवसाय धरापमा परेको आरोप लगाउनुभयो । उहाले धरानको प्रसंग कोट्याउदै बर्षौदेखिको बसपार्कका समस्या, खानेपानीको समस्या झेलिरहेका धरानका व्यवसायीहरुका पीर मार्कामा स्थानीय सरकार, प्रदेश सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
व्यवसायीहरुको गुनासोपश्चात प्रदेश सरकारका प्रमुखहरुले भने व्यवसायीको संरक्षण गर्दै लगानीमैत्री वातावरण तयार पार्ने क्रममा प्रदेश सरकार गम्भीर भएको बताएका थिए । प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारीले व्यवसायीले निर्वाध रुपमा आफ्नो व्यवसाय बनाउने वातावरण तयार गर्न सरकारले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रदेश नं. १ का उद्योग तथा पर्यटन मन्त्री जगदिश कुशैयतले प्रदेश सरकारले नीति क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभयो । उहाले यसमा पनि धरानलाई प्रदेश सरकारले पर्यटकीय क्षेत्रकोे रुपमा अगाडि बढाउने योजना सारिएको र यसका लागि एक करोड बजेट नै छुट्याइएको बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष
गिरीधारी सापकोटासहित उद्योग, वाणिज्य, महिला तथा एसोसिएट्स निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले सपथग्रहण गराउनुभएको थियो ।
सपथग्रहण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रति, प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सवित्री श्रेष्ठ, संघका पूर्व अध्यक्षहरु तथा व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया