अवैध सामान बरामद

झापा÷झापाको मेचीनगर नगरपालिका–७ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ६६ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ३१ हजार मूल्य बराबरको बिभिन्न किसिमका हार्डवेयरका सामान, कपडा र खैनी–४ बोरा
बरामद गरेको थियो भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३६ हजार मूल्य बराबरको मटर ८ बोरा बरामद गरेको थियो । बरामद गरेको उक्त परिमाणको सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया