धनुटाको मुक्तिनाथ मन्दिर ओझेलमा

धरान÷ नेपालमा यस्ता धार्मिक  पर्यटकीय स्थल छन् तर यस्ता क्षेत्रको प्रचारप्रसारसँगै समुचित विकास हुन नसक्दा आझेलमा पर्ने गरेका छन् ।े हिमाली जिल्ला मुस्ताङमा पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जत्तिकै महत्व बोकेको मुक्तिनाथ मन्दिर धनकुटा र सुनसरीको संगम स्थलमा छ तर यसको धार्मिक महत्वका विषयमा धार्मिक पर्यटकलाई बुझाउन नसक्दा यो ओझेलमा  परेको छ । धनकुटाको
सागुरीगढी गाउँपालिका र धरान उपमहानगरपालकाका २० नंं वडा विष्णुपादुकाको संगमस्थल चाँदी बजारको शिरमा रहेको यो मुक्तिनाथ मन्दिर  प्रचार अभावमा मन्दिरको प्रबद्र्धन हुन नसकेको हो ।
स्थानीयका अनुसार चाँदी बजार डाँडामा २०६९ सालमा अनौठो खालको ढुङगा भेट्टियो । गुप्ती गंगा सामुदायीक बन क्षेत्रभित्र ढुङगा भेटिएको हो । धेरै वटा टाउको भएको अन्दाजी अढाइ फुटको ढुङगा भेटिएपछि स्थानीय अचम्मित बने । मुर्ति जस्तो ढुङगा भेटिएपछि स्थानीयले मुक्तिनाथ मन्दिरको प्रतिच्छायाको रूपमा पूजा गर्न शुरु गरे ।
अहिले दुःख हरणको कामना गर्दै भक्तालुहरु पुजा गर्न आउछन् । फागू पूर्णीमाको दिन मन्दिरमा पूजा गर्ने प्रचलन छ । त्यसदिन चाँदी बजारमा मेला नै लाग्ने गर्दछ । धरान, इटहरी, धनकुटा आसपासका मानिसहरु पुजा गर्न त्यस स्थलमा आइपुग्छन् ।
धरानको मंगलबारेबाट २३ किलोमिटर कच्ची सडक र भेडेटारबाट गोलखाडी–सिङ्कुला–आहाले हुँदै १९ किलोमिटरको कच्ची सडक छिचोलेर यो मन्दिर पुग्न सकिन्छ । भगवान विष्णुले श्राद्ध गरेको ठाउँ विष्णुपादुका मन्दिरदेखि करिब २० किलोमिटरको दुरीमा पर्ने यो मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा
परेको छ । तात्कालीन गाउँविकास समितिको आर्थिक सहयोगमा सानो मन्दिर बनाएर पुजा गरिदै आए पनि २०६९ सालमा बृहत बराहक्षेत्र विकास कोष सुनसरी र स्थानीयको पहलमा करिब ६ लाखको लागतमा मन्दिरको निर्माण गरिएको निर्माण समिति सदस्य समेत रहेका स्थानीय खगेन्द्र राई बताउनुहुन्छ् ।
मन्दिरमात्र हैन चाँदी बजारको समेत छुट्टै किम्वदन्ति छ । चाँदी बजार आदीम कालमा मानिसहरुको जुवा खेल्ने मुख्य अखडा थियो । चाँदीको सिक्का अर्थात पैसा राखेर जुवा खेल्ने भएकाले यस ठाउँको नाम चाँदी बजार रहन गएको स्थानीय जानकारहरु बताउछन् । धार्मिक, सांस्कृतिक रुपले पनि धरानसँग नजिक भएको धरान–२०का  वडाध्यक्ष मणीराम राई बताउँनुहुन्छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले एक नं. प्रदेशका धार्मिक पर्यटकीय क्षेत्रको पहिचान गरी यस्ता र्धािक क्षेत्रको प्रवद्र्धनमा जोड दिने भने पनि यसतर्फ खास ध्यान पुग्न सकेको छैन । समृद्ध नेपाल सुखी नेपालीको नारालाई साथर्कता बनाउने हो भने यस्ता महत्व बोकेका स्थान तथा क्षेत्रहरुको विकासमा अब सरकारले ढिला नगरी लाग्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया