श्रीलंकाको विस्फोटले के सन्देश दिन्छ ?

झण्डै २६ बर्षको द्वन्द्वबाट मुक्ति पाएको दक्षिण एसियाकै  सानो र सम्पन्न मुलुक श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध विस्फोटनका घट्नाले श्रीलंकाका नागरिकलाई द्वन्द्वकालको स्मरण गराएको छ ।
विस्फोट कस्ले र कुन उद्देश्यका लागि गराएको हो भन्ने कुरा अहिलेसम्म खुलेको छैन भने कसैले विस्फोटको जिम्मा पनि लिएका छैनन् । राज्यका आठवटा स्थानमा भएको विस्फोटबाट दुई सय सात जनाले ज्यान गुमाएका छन भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।
श्रीलंकामा २६ बर्षसम्म लिट्टेले राज्यसँग युद्ध गरेको थियो । श्रीलंकाको उत्तरी जाÏना प्रान्त नै त्यसबेला लिट्टेको कब्जामा रहेको थियो । २६ बर्षको अवधिमा राज्यका उच्च पदस्थ, सर्वसाधाण नागरिक, सुरुक्षाकर्मी गरेर झण्डै ५० हजारले ज्यान गुमाएमा थिए । लिट्टेले छुट्टै राज्यको माग गर्दै त्यसबेला गरेको छापामार युद्धमा भौतिक संरचना ध्वस्त भएका थिएनन् मठ मन्दिर, गुम्बा, चर्च, होटलहरु सुरक्षित रहेका थिए । युद्ध राज्यसँग हो भौतिक सरचनासँग होइन भन्ने द्वन्द्वरत पक्षको धारणा थियो । जसका कारण भौतिक संचना जोगिएका थिए ।
तर आइतबार भएको एकै दिनको श्रृंखलाबद्ध विस्फोटमा भौतिक संरचनाहरु मुख्य निशानामा पेको छ । ठूला ठूला क्रिश्चियतहरका चर्च, होटल मुख्य निशनामा पर्नुलाई धार्मिक असिष्णुतालाई विज्ञहरुले औँल्याएका छन् । आइतबार आठ ठाउँमा भएको विस्फोटनले सेन्ट एन्थोनी चर्च, पूर्ण रुपमा ध्वस्त भएको छ । यसको अलावा बाट्टीकोला चर्च, किड्सवरी होटल, सांग्रिला होटल, सिनामन ग्राण्ड होटल, देही बाबाको होटल देमाता गोडामा समेत विस्फोट गराएको छ । चर्चको विस्फोट र होटलको विस्फोटलाई हेर्दा धार्मिक असहिष्णुतालाई नै लिन सकिन्छ । जे जति होटलहरुमा विस्फोटन भएका छन ती प्राय क्रिश्चियनहरुले नै सञ्चालन गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । पश्चिमाहरुले आफ्नो प्रभाव विस्तार गर्न दक्षिण एसियाका प्रायः हरेक देशमा धर्म परवर्तन गराउने, क्रिश्चियनहरुका चर्च निर्माण गर्ने लगायतका कामलाई तिब्रताका साथ अगाडि बढाएका छन् । हिन्दु वाहुल्य रहेको अर्थात बुद्धिष्टहरुको वर्चश्व रहेको श्रीलंकामा क्रिश्चियनहरुको बढ्दो दबदबालाई स्थानीयहरुले पहिलादेखि नै विरोध गर्दै आएका थिए । विस्फोट असन्तुष्टिको एउटा पाटो हुन सक्छ ।
श्रीलंकाको पश्चिमी तटीय सहर नेगोवाको प्रख्यात सेन्ट सेवास्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जिओन चर्च, कोलम्बियाको कोच्चिकाँडे जिल्ला स्थित सेन्ट एन्थोनी चर्च लगायत कोलम्बोको ठूला होटल र घरमा भएको विस्फोटले दक्षिण एसियाका राष्ट्रहरुलाई मात्र झस्काएको छैन धर्म परिवर्तन गराउँदै आफ्नो वर्चश्व गर्ने मिसनमा लागेका पश्चिमाहरुलाई समेत नराम्रोसँग झस्काइ दिएको छ । विस्फोटको घटना पश्चात श्रीलंकाको रक्षा मन्त्रालयले आइतबार साँझ देखि सोमबार विहान ६ बजेसम्म कÏर्यु लगाएको छ भने श्रीलंकाका सामाजिक सञ्जाल, समाचार पत्रहरुमा अस्थायी रुपमा प्रतिन्ध लगाएको छ । कÏर्यु लगाउनुको प्रमुख कारणमा राजधानी कोलेम्बो तथा बाहिरी सहरमा थप विस्फोटनका घट्ना हुन नपाओस्े र सामाजिक सञ्जाल तथा समाचार पत्रहरुमा अस्थायी प्रतिबन्ध लगाउनुको प्रमुख कारण घट्नालाई बढाई चढाइ गरेर जनमानसमा भय र आतंक सिर्जना नहोस् भनेर नै हो भन्ने श्रीलंकाको रक्षा मन्त्रालयको दाबी छ ।
विस्फोटका घट्नामा संलग्न भएको आशंकामा श्रीलंकाली सुरक्षाकर्मीले आइतबार अबेरसम्म सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ । विस्फोटनका घट्नाहरु पनि बडो सुनियोजित रुपमा गराएको पाइएको छ  चर्चहरुमा इस्टरका कार्यक्रमहरु भइहेको अवस्थामा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट गराइएको थियो । त्यसको केही समय पश्चात नेगोम्बोको सेन्ट सेवास्टियन चर्चा, बाटिकालोआको नियोन चर्चमा विस्फोट भएको थियो । श्रीलंकाको विस्फोटनको घटनाप्रति संसारका सबै देशले दुःख व्यक्त गरेका छन् । उक्त घटनालाई पुन श्रीलंकामा आतंकवादले शिर उठाउने प्रयास गरेको  स्थानमा केही देशले अर्थाएका छन् । पछिल्लो पटक जुनसुकै रुपमा भएपनि आतंकवादलाई दक्षिण एसियाका केही राष्ट्रहरुले
संरक्षण, सम्द्र्धन र सहयोग पु¥याउदै आएका छन्  तिनै संरक्षित, सम्बर्धित र सहयोगी राष्ट्रहरुको इशारामा श्रीलांकामा गराएको विस्फोटनमा हात त छैन ? आतंकवादको विरोध गर्दैै आएका र आतंकवादले सताइएका
राष्ट्रहरुले सोच्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया