भारतीय विदेश सचिवको दुई दिने भ्रमणमा द्विपक्षीय साझेदारीको विषयमा छलफल

राजधानी÷भारतीय विदेश सचिव एवम् कुशल कुटनीतिज्ञ विजय गोखलेले नेपालको दुई दिने अ‍ैपचारिक भ्रमण गरेर फर्किनु भएको छ ।
गत हप्ता अर्र्थात चैत्र १४ र १५ गते नेपाल भ्रमणमा आउनु भएका गाखलेले काठमाण्डौ आए लगत्तै उच्च स्तरीय राजनीतिक भेटघाट गर्नुभएको थियो । सचिव गाखलेले पधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर दास वैरागीसँग छुट्टाछुट्टै भेट गरी नेपाल र भारतको द्विपक्षीय साझेदारीका बारेमा छलफल  गर्नुभएको थियो ।
भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार विदेश सचिवद्वय बीचमा द्विपक्षीय साझेदारीका साथै आपसी हितका क्षेत्रीय मुद्दा र अन्य मुद्दाहरुका बारेमा विचार विमर्श भएको थियो । उहाँहरुले द्विपक्षीय परियोजना तथा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २०७४ चैत्र र २०७५ वैसाखमा भएको पारस्परिक भ्रमणका क्रममा गरिएका पहलमा ठोस प्रगतिबारे सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।  विदेश सचिवले सहकार्यको विविध क्षेत्रमा द्विपक्षीय आदान–प्रदानलाई निरन्तरता दिने तथा दुई देशबीचको निकटता, मैत्री तथा वहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति जनाउनु भएको थियो ।
भारतीय विदेश सचिवको नेपाल भ्रमण दुई देशबीचको नियमित उच्च स्तरीय भ्रमणलाई निरन्ता दिनका लागि भएको दुतावासको विज्ञप्तीमा जनाइएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार विदेश सचिव स्तरमा भएको छलफलको निष्कर्ष प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको थियो । यहाँ स्मरणीय कुरा के छ भने सन् २०१८ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको दुई पटक भ्रमण गर्नुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो कार्यकालमा नेपालको दुई पटक भ्रमण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया