दुर्घटना न्यूनिकरणका लागि चालक र सहचाललाई ड्रेस

धरान÷ सडक दुर्घटना दिनप्रतिदिन भयावह बन्दै गएपछि ट्राफिक प्रहरी, यातायात मजदुर तथा यातायात व्यवसायीले यसको न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालनमा गम्भीर भएर लागेका छन् ।
दुर्घटना न्यूनिकरण गर्ने भन्दै केही समय यातायात मजदुररुले ‘म जिम्मेवारी यातायात मजदुर हुू’ भन्ने अभियान सञ्चालन गरिरहेको समयमा समुदाय र प्रहरीबीच सहकार्य गरेर ालकहरुलाई पहिचानका लागि ड्रेस वितरण अभियान शुरु गरेका छन् ।
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय विराटनगरको आयोजनामा यातायात मजदुरको पहिचानका साथै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुर् यातायात व्यवसायीसंग सहकार्य गरेर यो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियान अन्तर्गत धरानको भानुचौकका धरानमा रहेका ट्याक्सी चालक, टेम्पो चालक, यात्रुवाहक बसका चालक तथा सहचालकहरुलाई पहिचान झल्किने ज्याकेट प्रदान गरिएको छ । दुर्घटनाको अवस्था भयावह हुदै गएको अवस्थामा यसले थोरै भएपनि दुर्घटना न्यूनिकरणमा सहयोग पुग्न अपेक्षा १ नं पदेश ट्राफिक प्रहरी कार्यालयले लिएको छ ।
सडक दुर्घटनाका १ नंं प्रदेशमा भयावह हुदै गएपछि यो अभियान चालिएको १ नंं प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता बेदप्रसाद गौतमले बताउनुभयो । उहाले ८० प्रतिशत दुर्घटना चालककै लापारबाहीका कारण भएको तथ्यांकले देखाएको कारण ड्रेस लगाएर यातायात सञ्चालन गर्दा चालकहरुले आफूलाई जिम्मेवार महसुस गर्ने बताउनुभयो ।
आइतबारबाट शुरु गरिएको यो अभियान १५ दिनसम्म लगातार सञ्चालन गरिने उहाले जानकारी दिनुभयो ।
यो अभियानले सार्थकता पाउने यातायात मजदुरहरुले समेत बताएका छन्  । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम राई ज्वालाले नेपालमा दुर्घटनाको अवस्था भयावह बन्दै गएको अवस्थामा ट्राफिक, सर्वसाधारण, यातायात मजदुर, व्यवसायी मिलेर अभियान सञ्चालन गर्दा यसले सार्थकता पाउन बताउनुभयो ।
एक नं. प्रदेशकै पर्यटकीय क्षेत्र धरान सवारी चापका कारण अस्तव्यस्त बन्दै जादा यात्रुहरु समेत असुरक्षित बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले शुरु गरेको यो अभियानले सार्थकता पाउने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदले बताउनुभयो ।
सो अवसरमा उनीहरुले अहिले विश्वमै सडक दुर्घटना भयावह अवस्थामा रहेको बताएका थिए । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा प्रत्येक २६ सेकेण्डमा एक जनाको सडक दुर्घटनामा मृत्यु हुन गरेको छ । यस्तै सडक दुर्घटनाबाट प्रत्येक दिन ३ हजार ५ सयको मृत्यु, १५ हजार  घाइते हुने गरेका छन् भने प्रत्येक बर्ष ५ करोड घाइते हुने गरेका छन् ५० लाख भन्दा बढी आजीवन अंगभंग हुने गरेका छन् । दुर्घटनाकै कारण प्रत्येक बर्ष विश्वमा १३ लाखले ज्यान गुमाउनु परेको अवस्था छ ।
यस्तै नेपालमा प्रहरीले दिएको तथ्यांक अनुसार प्रत्येक दिन ७ देखि ८ जना सडक दुर्घटनामा मृत्यु हुने, प्रत्येक महिला दुई हजा पाचसय २० जना र बार्षिक २५ हजार २ सय जनाले सडक दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ । सडक दुर्घटनाइ हेर्द माओवादी जनयुुद्ध भन्दा पनि सडक दुर्घटना भयावह तथ्यांकले देखाएका छ । जनयुद्धका क्रममा १७ हजारले ज्यान गुमाएका  थिए तर सडक दुर्घटनामा परी  एक बर्षमै २५ हजार भन्दा बढीले सडक ज्यान गुमाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया