चाडै निकास दिन समाजको माग

धरान÷चरम भष्टाचारले थिलथिलो भएको यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोगाउन आधिकारिक कर्मचारी संगठन कर्मचारी कल्याण समाजले सरकारसँग चाडै निकास दिन माग गरेको छ ।
प्रतिष्ठानको २५ बर्षको इतिहासमा चरम भ्रष्टाचार प्रमाणित उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई सिनेटको ४२ औं बैठकले फागुन १७ गते शुक्रबार सर्वसम्मत निर्णय गरी बर्खास्तका लागि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेको
थियो । तर झण्डै १५ दिन वितिसक्दा समेत सिनेट बैठकको सिफारिसमाथि कारबाही नभएपछि कर्मचारी कल्याण समाजले सोमबार एक विज्ञप्ती प्रकाशित गरी सरकारसँग उक्त आग्रह गरेको हो ।
बर्खास्तका लागि सिनेटले सर्वसम्मत निर्णय गरी सिफारिस गरे पनि चिठ्ठी नपाएको भन्दै उपकुलपति
रौनियारले आर्थिक गतिविधिका कामलाई अगाडि बढाई प्रतिष्ठानलाई थप
धरासायी बनाएको भन्दै समाजले विज्ञप्ती नै प्रकाशित गरी  सिनेटको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ स्वास्थ्य, शिक्षा, सेवा र अनुसान्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठा कमाउन सफल तथा प्रदेश नं. १ को धरोहर प्रतिष्ठन लामो समयदेखि भ्रष्टाचार, अनियमिता, गुणस्तरहीन सेवाका कारण विवादित बन्दै आउनुका साथै व्यवस्थापनबाट भए गरेका अधिकांश कार्यहरुको पटक पटक छानविन हुने गरेबाट र पदाधिकारी एवम् कार्यकारिणी समितिका सदस्यहरुबीच नै आपसी सहकार्य, मेलमिलाप नभएका कारण उत्पन्न प्रशासनिक एवम् व्यवस्थापकीय अन्यौलता र असहज परिस्थितिबाट समेत गुज्रिरहेको छ । व्यक्तिगत स्वार्थ पूर्तिका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा समेत गुटबन्दी सिर्जना गरी प्रतिष्ठानलाई अराजकतातर्फ लैजाने कार्यहरु भइरहेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङ्ग र कावा सचिव जमुनादेखि भुर्तेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ प्रतिष्ठानको सञ्चालक परिषदको निर्णय सार्वजनिक गुर्नका साथै विद्यमान अन्यौलता हँटाउन उचित निर्णय चाडै गर्नुपर्ने, प्रतिष्ठानभित्र निरन्तर भइरहेका बाह्य हस्तक्षेपको अन्त्य गरी शिक्षक, कर्मचारी, विद्यार्थी र
विरामीहरुलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, प्रतिष्ठान व्यवस्थापनकै संरक्षणमा संचालित गुटहरुको अराजक गतिविधि अन्त्य गर्नुपर्ने, समाजले लामो समयदेखि पटक पटक  राख्दै आएका जायज मागहरु तत्काल पूरा गर्नुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया