नगरपालिका नेतृत्व भ्रष्ट भएको आरोप

धरान÷नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकाका भ्रष्ट नेतृत्वले धरान र धराने जनताको भविष्य अन्यौल, अन्धकारतर्फ धकेलिँदै गएको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ ।
उसले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो आग्रह गरेको हो । नगर सचिव स्याम पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, तत्कालीन एमालेबाट विगतदेखिकै निर्वाचित जनप्रतिनिधिले धरानको विकास निर्माण, सकुम्बासी समस्या समाधान, बसपार्क  निर्माण, खानेपानी समस्याको समाधान, पर्यटन क्षेत्र, व्यापारिक क्षेत्रलाई प्रोत्साहन, धराने जनताहरुको वृत्ति विकासको सट्टा पाँच बर्षमा आफू मोटो हुने, पार्र्टीका कार्यकर्ताहरुलाई स्थानीय निकायमा जागिर खुवाउने, यहाँका सबै कार्यालयहरु एमालेको पार्टी कार्यालय जस्तो बनाउने, हरेक बर्ष कर बृद्धि गरी धराने जनताको ढाड सेक्ने, आवश्यकता विहीन
सवारी साधन खरिद गर्ने, विभिन्न शीर्षक खडा गरी लाखौ रुपैया अपचलन गर्ने जस्ता खराब गतिविधिले धरान उपमहानगरपालिकाको साख गिर्दै गएको र धराने जनताले सास्ती खेप्नु परेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ धरान उपमहानगरपालिका वडा नं १६ का अध्यक्षको चरित्र र प्रवृत्तिले आज धरान भ्रष्टहरुको शहर, नक्कली र किर्ते गर्नेहरुको सहरको रुपमा स्वयम् जनप्रतिनिधिले परिणत गर्दै लगेको भन्दै यस क्षेत्रका स्वाभिमान जनतालाई ठूलो आघात र पीडा महसुस भएको छ । उपमहानगरपालिकाको नेतृत्व कहिले मेलाको विषयमा, कहिले महेन्द्र क्याम्पसको जग्गा सिफारिसको विषयमा, कहिले खानेपानी मुहानको विषयमा, कहिले जनतालाई धम्क्याउने र हप्काउने जस्ता प्रवृत्तिप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाइटेन्सन लाइन, कोशी करिडोरको दीर्घकालीन महत्व र असरको पूर्व अनुमान नगरी आयोजना ल्याउँदा नगरबासी र प्रभावित क्षेत्रका बासीहरुलाई नेतृत्वको अकर्मन्यताले धोका दिएको समेत जनाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ बसपार्कको विवाद समाधान नगरी सबै पक्षलाई नसमेटी कालो झण्डा र नाराबाजीका बीचमा पद र शक्तिको दुरुपयोग गरेर लागत तर्जुमा विना (डिपिआर) क्षमता र सम्पन्नताको कुनै लेखाजोखा नगरी शिलान्यास गर्नुको पछाडिको रहस्य के हो भन्दै प्रश्न गरिएको छ । यसैगरी आइयुडिपीको खानेपानी परियोजना कहिले शुरु गरेर कहिले देखि धराने जनतालाई पानी खुवाउने , धरान नगरपालिकाले धराने जनतासँग प्रतिबद्धता जजाहेर गरेर सँगै पैसा उठाउन थालेको थियो । त्यसका लागि धराने जनताले कति धैर्यता गर्नुपर्ने हो ? नगरपालिकाले कहिलेसम्म धराने जनतालाई ढाँट्ने ? आयोजनाहरुलाई सर्वपक्षीय नबनाउने, आयोजनाहरुको प्रभावकारी मुल्यांकन र पारदर्शितालाई गौण बनाउने, सबै आयोजनाहरुलाई विवादित बनाएर धरानलाई विवादित नगरको रुपमा स्थापित गराउने नजिर स्थापित गराउन नगर नेतृत्व उद्धत रहेको देखिन्छ ।
विज्ञप्तीको अन्त्यमा भनिएको छ, जीर्ण सभागृह मर्मत गर्न नसक्ने, धरान नगर नेतृत्वले आफ्नो घरमा कार्यकर्ता
राखेर नगरको पैसा अनियमितता गर्ने, विना कारण विदेश गएर लाखै रुपैया खर्च गर्ने, नगरपालिकाभित्र कुनै काम नगराई कार्यकर्तालाई मासिक हजारौ रुपैया तलब दिने गरेको अख्तियारको छानविनले प्रष्ट पारिसकेको छ ।
धरानको शीर निहु¥याउने गरी मोटो रकमको प्रलोभनमा परेर वडा नं. १६ का वडा अध्यक्ष दिलकुमार गिरीले आफ्नै पार्टीका नगर सदस्य सोमबहादुर परियारलाई बुबा बनाई किर्ते नागरिकता बनाउने कार्यले धरान उपमहानरपालिकाभित्रको नेतृत्व कतिसम्म भ्रष्ट र निर्लज्ज रहेछ भन्नेमा कुनै शंका नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया