एक बर्षे हावा
नेपालमा भर्खरै एकबर्षे हावाका दिन वित्या छन् । यो एक बर्षे हावाका दिन कम्ता रोचक थिएनन् । एक बर्षे हावाका महान नायक माने पर्धानमन्तरी खप्रओले नेप्लिज जन्तालाई बर्षेभरि हँसाई रहे । नेपाली जन्ताले कहिल्यै रुनु परेन । नेप्लिज लाँग्रेसका भकभके काजीले भनेजस्तो कम्निष्टको सरकार आयो भने नेपाली जन्ताले रुनुपर्छ भन्थे तर त्यस्तो हुँदै भएन । एक बर्षको अवधिमा जन्ताका घर घरमा लुतुतु ग्याँसका पाइप पुग्या छन् । पूर्व पश्चिम रेल कम्ता मजाले दौडन थाल्य छैनन्, हावाबाट विजुली निकालेर सहरमात्र हैन गाउँघर वन पाखा झलमल भा’छन् । सहरमा मनोरेले खुइँखुई चल्या छ् । अब कुनै नेपालीले रोजगारका लागि विदेश जानै नपर्ने भा’छ । सबैलाई यही रोजगारी मिल्ने वाला छ, रोजगारी नमिलेकालाई बेरोजगारी भत्ता दिने व्यवस्था भा’छ । खप्रओबाले विदेश गएकाहरुलाई फर्किन आवहान गरी सक्या छन् । यो एक बर्षमा नेपाल कहाँबाट कहाँ पुगिसक्यो । नेपालले गरेको विकास देखेर विदेशीहरु आश्चर्यचकित भइसके । लास्टाँ उही हो हात्ती आयो हात्ती आयो फुस्सा ।
क्या बात योगेश
पूर्व झालेमालेका जुवा नेता योगेश बाजेले बल्ल राजनीति बुझेछन् । ढिलै भए पनि राजनीति बुझेछन् । ढिलै भए नि उन्ले हरिद्वार पत्ता लगाएछन् । पहिल्यै हरिद्वारा छिर्ने बाटो परिवर्तन ग¥या भए उनले मत्री र पड्काउने निश्चित थियो । तर उन्ले पहिल्याउनै सकेनन् । पर्धानमन्तरी खप्रओ बाले त पटक पटक भन्या थे । चुनावी प्रचारमा जाँदा समेत योगेशलाई जिताउनुस् मन्त्री म बनाउँछु भन्या नै हुन् । विचराले माकुन्याउको मलद्वारलाई मात्र हरिद्वार देखेर गोविन्द केसी अनसन बस्दा मात्र तिनले सक्कली हरिद्वार देखे । खप्रओकै लाइन अनुसार तिनले केसीको भरमार विरोध गरे । ओलीको बोलीमा लोली मिलाएपछि मोभेम्बो खुस नहुने कुरै भएन । त्यसपछि श्रीमतिलाई नसिङ्ग परिषदको गतिलै जागिरे बनाइदिए । त्यसैगरी लोलली मिलाउँदै जाँदा कसो मन्त्रि पद नपड्किएला ? क्या वात योगेश अबचाहिँ सही ट्रयाकमा हिडेछौं । त्यसैपनि माकुन्याउ पाँच बर्ष सम्म सुख्खै रहन्छन् । अनि त्यस्ता सुखाको पछि लागेर नि राजनीतिमा सफल भइन्छ त ?
पानी जहाजको कार्यालयमा ताला
पर्धानमन्तरी खप्रओले त्यत्रो मेहनत गरेर राजधानीको एकान्त कुनामा पानी जहाज कार्यालयको उद्घाटन गरेको एक साता भा’छैन कर्मचराीहरुले ताला मारेर पो हिडेछन् । पानी जहाजको कार्यालय उद्घाटन गर्दा खप्रओबा कम्ता खुशी भा’थेनन् । नानाभाँति आरोप लगाउँदै आएका विपक्षीहरुको मुख टालिएको थियो । १६ जना कर्मचारी रहने पानी जहाज कार्यालयमात्रमा असतीहरुले ताला लगाएछन पानी जहाज कार्यालयको बोर्ड पनि उत्तानो पारेर कुनातिर छोपछाप पार्दैछन् । हुन त तिन्लाइनी कार्यालयमा बस्न विरक्त लाग्यो होला । न पानी छ न जहाज छ । कार्यालयमा के अँठ्याएर बस्नु ? त्यसैले तालासाला मारेर चल्देछन् । सुख्खा कार्यालयमा के बसुन त विचराहरु ?
फेसबुक ट्विटर बन्द
मुलुकाँ एउटा गतिलै काम हुन लाग्या रै’छ । नेपाली जन्तालाई चौवीसै घण्टा हसाइरहने, संसारलाई नै आश्चर्यमा पारेको, दुई तिहाइको त्यत्रो जमले सरकारका विरुद्धमा फेसबुके र ट्विरेहरुले खेदो खनेपछि अब सरकारले फेसबुक र ट्विटर मात्र होइन सामाजिक सञ्जालहरु पनि बन्द गर्ने भा’छ । लेख्दा पनि ए बाबा अलिकति मान मनितो राखेर पो लेख्नुपर्छ छ । कन्दनी चुँडाएर लगौटी खुस्काउने गरी लेख्दा कस्लाई
रामायण पढ्न मन लाग्छ त ? सरकारले अब महाभारत नै शुरु गर्न लागेछ । त्यसैपनि फेसबुके टिव्टरे र समाजिक सञ्जाल चलाउनेहरुले घर परिवार, नातागोता मात्र नभएर देशै भाँड्न लाग्या छन् । हुँदा हुँदा पर्धानमन्तरी, राष्ट्रपति, मन्त्रीहरुलाई समेत जथाभावि भन्न बाँकी राख्या छैनन् । त्यत्रा जन्ताले ड्याम्म ड.्याम्म भोट लिएर पठाएकाहरुका
बारेमा जथाभावि गर्नु हुन्थेन गाँठे । सर्कारले ट्विटर र फेसबुक बन्द गर्ने योजना ल्याएसी अब फेसबुके र टिवटरेहरुको कन्तविजोग हुने भा’छ । गर्न नि अतिचारै ग¥या थे । अब खुच्चिङ्ग प¥यो नि ।
पचेन छ
लोकगायक पशुपति शर्माले अस्तिका दिन गज्जबै गीत बजारमा ल्याए । गीत बजारमा आएसी शितल निवासकी मुखिनी, वाल्वाटारका मुखिया लगायतका अरु थुप्रै आउरे भाउरेको मुटुको धड्कन ह्वात्तै बढ्या थ्यो । मुखलाई मोही छैन पिँधलाई घ्यु भनेझै हात पसारेर दाताहरुबाट ल्याएको सहयोग हेलिकोप्टर, महँगा गाडी खरिद गरेर लंगडो शान देखाउँदै हिड्न थालेसी जन्ताहरु
मुर्मरिएका थे । जन्ता मुर्मुरिएको पशुपति शर्मले भेउ पाइहालेछन् । भगवान पशुपतिनाथ नबोलेनी गायक पशुपति शर्मा बोली हाले । लुट्न सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै छ छुट भनेर बोलेसी मुखिया, मुखिनी अनि लाउरे भाउरेको मुटुमा ढ्यांग्रो नबज्ने कुरै भएन । हावादारी गफ दिएर सत्ताको छाली चाट्दै आएकाहरु मुख थुन्दै हिड्नुपर्ने भयो । विचरा पशुपतिलाई हायल कायल बनाएछ । मर्ता क्या नही करता विचरा पशुपतिले दबाब थेग्न सकेनछन् । अब मुखिया मुखिनीतिर सोझ्याएको शब्द फिर्ता लिने भा’छ । निर्मला हत्या काण्ड,सुुन काण्ड, वाइवडी काण्ड, कमिशन काण्ड, मेलाम्ची काण्ड लगायत काण्डै काण्ड पचाउन सक्नेले जाबो केही शब्द पचाउन नसक्नुचाहिँ घण्टाघरलाई नि उदेक लाग्या छ । हैन हौ यो सरकार दुई तिहाइको होइन र ?
मिले रे
विरासतको राजनीति गर्ने तीन कोइराला मिले रे । पहिला नि मिलेकै थिए । कहिल्यै कसैले लाप्पा खेलेको कसैले देख्या थे न । अस्तिका दिन गिर्जाउको नाममा फाउन्डेशन खोलेकी सुजु जोष्टको जीपी फाउन्डेशनको एउटा कार्जेक्रममा ससंकाउ, शेखराउ, पनि पुगेछन् । दाजुभाईका छोराछोरी त्यसै पनि मिलेकै हुन्छन् । एकै ठाउँमा उभिँदा मिलेउ भनेर किन दुनियाँलाई हँसाउने गरी चिच्याएका होलान् ? काँग्रेसलाई देउवाले सिध्याए रे, गुटको राजनीति गरे रे । बोल्दा नि यसो दाँयाबायाँ गरेर बोल्द्या भे’ हुन्थ्यो । अरुको आङ्गको जुम्रा देख्नेले आफ्नो आङको भैसी देख्नुपदैन ? यिन्ले नि गुटै चलाउन खोज्या त हुन नि । आफ्नो नेता, कायर्जेकर्ताको आलोचना गरेर यिन्ले कस्तो काँग्रेस बनाउन खोज्या होलान् ? बरु सिधै भन्द्या भे हुन्थ्यो गिर्जाउको उहलोक प्रस्तान पछि हाम्ले नेतृत्व पाइनम । हाम्लाई नेतृत्व दिनुुस् । त्यसो भन्या भे वातै खलास । कि कसो हौ ?
फेरि गफ हान्देछन्
हाम्रा पर्धानमन्तरी खप्रओलाई गफ हान्न त विरलै कसैले भेट्ला । हुन त विचराले त्यही गफले नै पर्धानमन्तरी पड्काएका छन् । त्यति खुवी नि नहुने भए विचाराले कसरी पर्धानमन्तरी चलाउनु ? आखिरी भगवानले सबैलाई एउटा एउटा खुवी द्या हुन्छन् । खप्रओलाई नि भगवानले गफ हाक्ने खुवी दया छन् । अस्तिका दिन उन्ले एउटा चोटीलै गफ हान्देछन् । कणाली प्रदेशलाई सुगम बनाइदिने
रे । पर्धानमन्तीको गफ सुनेसी कर्णाली प्रदेशका बासिन्दा गदगद भा’ होलान् । त्यस्तो विकट ठाम पनि अब सुगम हुने भएसी कोचाहिँ गदगद हँदैन ? मन्तरीहरु कर्णालीतिर जाँदा होलिकोप्टर चढेर जान्छन् त्यसै सुगम । जन्ताचाहिँ तुईनमा झुण्डिएर वारपार गर्छन् । जे होस् गपगफ हान्दिन नै अहिलेको लागि सबै भन्दा ठूलो उपलब्धी हो अहिलेसम्म कुनैपनि पर्धानमन्तरीले कर्णालीलाई सुगम बनाइदिन्छु भनेकै थिएनन् । कसमेक खप्रओलेवाले त भन्दिए । कि कसो हौ ?
अन्तेमा
भ्रष्ट्राचारी, माफियाहरु,बलत्कारी, हत्याराहरुका लागि नेपाल अकिले स्वर्ण युग भा’छ । यो सबै अवसर
जुराइदिया भने कम्निष्टको सरकारले हो । यस्तो स्वर्ण युग आउँछ भन्ने थाहा भा’भे नेपालाँ उहिल्यै कम्निष्ट दुईतिहाइको सरकार नेपाली जन्ताले बनाइदिन्थे । नेपाली जनजन्ता साह«ै असल छन् । भ्रष्टाचारको विरुद्धमा लाग्ने भन्या अख्तियारका आयुक्त जोर लात्तीले उफ्रेर बोरामा खाद्दा रै’छन् । उन्लाई कसले कारबाही गर्ने ? कोही माइकालाल छ र उनलाई कारबाही गर्ने ? नेपालँ गनतन्त्र आएसी
लिखुरे, लाखुरे, चप्पले, टकनटाँक सबै सुन्निएर ढंसढंस हुन्छ भन्थे हो रै’छ । बडो काइदाको व्यवस्था रै’छ गनतन्त्र अनि त्यसमाथि आप्नै खप्रओको दुई तिहाइको सरकार भएसपी सिद्धि गो नि ।
