एउटै गीतले हल्लाइदियो कम्युनिस्टको सरकार

चर्चित लोकगायक पशुपति शर्माको एउटै गीतले नेपालको दुई तिहाई कम्युनिस्ट सरकारलाई जगैदेखि हल्लाइ दिएको छ । शर्माले गत विहीबार बजारम ल्याउनु भएको ‘लुटन सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै हो छुट’ बोलको गीतले नेपालको वर्तमान सरकारलाई छताछुल्ल हुने गरी नंग्याइदिएको छ ।
शर्माको गीतले दुई तिहाईको दम्भले फुलेर टसमस नगरी बसेको सरकारबाटै भएको भ्रष्टाचार, भ्रष्टाचारीको संरक्षण, हैसियत भन्दा माथिको ऐøयासी जीवन सबैतिर प्रहार गरेको छ । राणाहरुले बनाएका दरबारमा बसेर राजाहरुले बनाएका सडकमा अरबौ भ्रष्टाचार
गरेर चिल्ला कारमा दौडेर गणतन्त्रका मुखियाहरुलाई गीतले नाक मुख छोपेर हिड्ने बनाइदिएकोे छ । गीत सार्वजनिक भएपछि गायक शर्मालाई सत्तापक्षका भातृ संगठनका कार्यकर्ताहरुको अनेकौ धम्कीका कारण गायक शर्माले सामाजिक सञ्जाल, युटुवबाट गीत हटाएँ तर भाइरल बनेर लाखौ युवा युवतीको मनमा बसेको गीत झन झन सडक, सार्वजनिक स्थानहरुमा घन्किदै गयो । वास्तविकता र यथार्थतालाई पचाउन नसकेर लोकतन्त्रकै धज्जी उडाउने काममा सरकार लागेको आभाष यतिबेला नेपालीहरुले गरेका छन् । गायन पनि अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो हो । गायकले कसैको नाम नलिइकनैै व्यंग्य गरेका छन् गीत मार्फत करोडौ नेपालीको धुकधुकी बनेको लुटन् सके लुट कान्छा भन्ने गीतका सन्दर्भमा
सरकारले अपाच्य शैली अपाउनुको सट्टामा वास्वतविकताको मनन गरेर सुधार गर्नुपर्नेमा त्यसोसम्म गर्न सकेको देखिएन ।
गायक पशुपति शर्माले पुनः बजारमा यस्तै खालको अर्को गीत ल्याएका छन् । त्यसलाई सरकारका
चौतरियाहरुले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी छ । बजारमा आउदै गरेको शर्माको गीतको बोल छ ‘ए हैजा, नर्कतिर लैजा ।’

तपाईको प्रतिक्रिया