धरान/ सोमबारबाट बोलबम मेलाको शुरुवात भएको छ ।
यसै अवसरमा धरानमा समेत चतराको कोशीबाट खाली खुट्टा हिडेर जल ल्याई धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर धाममा जल चढाउनकै लागि नेपाल लगायत
भारतका विभिन्न स्थानबाट आउने क्रम शुरु भएको हो ।
पहिलो सोमबार भएकै कारण भक्तजनहरुको उल्लेख्य उपस्थिति नभएपनि पिण्डेश्वर धामममा धरानका सर्वसाधारण महिलाहरु जल चढाउनकै लागि लाइनमा बसेका थिए ।
विगतको बर्षहरु भन्दा अझ व्यवस्थित बनाइएको दाबी गर्दै आएको पिण्डेश्वर बाबाधाम समितिले समेत पहिलो सोमबार भएकै कारण भक्तजनहरुको उल्लेख्य उपस्थिति नभएको बताएको छ । साउनको पहिलो सोमबार प्रत्येक बर्ष भक्तजनहरुको न्यून उपस्थिति रहने समितिका अध्यक्ष
गौरीशंकर अगं्वालले जानकारी दिनुभयो । उहाले भत्तजनहरु ीहडेर भन्दा पनि सवारी साधनमा जल ल्याएर चढाएर जाने भएकोले पनि भीड कम देखिएको बताउनुभयो ।
उहाले २०४२ सालमा ५ जनाबाट शुरु गरेको यो जल चढाउने कार्य अहिले लाखौलाख भक्तजनहरुको प्रिय धार्मिक स्थल बन्न सफल हुनु नै धरानको लागि गौरवमय भएको बताउनुभयो ।
यता भक्तजनहरु भने बाटो,
सुरक्षा लगायतका विषयलाई लिएर पैदलयात्रा भन्दा पनि सवारी साधनमा बोलबम जाने गरेको बताएका छन् । उनीहरुले तीनदिन लाग्ने समय एकैदिनमा सकिने र भगवानको दर्शनसमेत हुने भएकोले सवारी साधन प्रयोग गरिएको बताएका छन् ।
उनीहरुले सप्तकोशीबाट जल ल्याएर धरानको पिण्डेश्वर बाबाधममा जल चढाउदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकै कारण आफूहरु जल चढाउन यहा आएको बताएका छन् । देशकै शिवालयमध्ये प्रमुख मानिएको यस शिवालयमा प्रत्येक बर्ष
भक्तजनहरुको संख्या वृद्धि भएको बताउदै आएको समितिले यस बर्ष ७ लाख भन्दा बढी भक्तजनहरु बोलबममा आउने अपेक्षा समेत गरेको छ
