व्याट्री चोरी गर्ने गिरोह प्रक्राउ

धरान÷व्याट्री चोरी गर्ने र विक्री गर्ने दुई जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा तेह्रथुम घर भई हाल सुन्दर हरैचा ६ मोरङ बस्ने बर्ष ३० का सोमबहादुर कार्की र र धरान १० बस्ने बर्ष ४३ का निमेष क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
कार्कीले व्याट्री चोरेर सस्तो दाममा ग्यारेज सञ्चालन गरेर बसेका क्षेत्रीलाई बेच्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय
धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।
उनीहरुले पार्किङ्गमा राखेका सवारी साधनको व्याट्रीहरु चोरी गरी सस्तो दाममा विक्री गर्ने गरेको पाइएको उहाले बताउनुभयो । प्रक्राउ परेका उनीहरुको साथबाट चोरी गरेको ४ थान व्याट्री समेत पाइएको छ । उनीहरुलाई चोरी मुद्दामा कारबाही अगाडि बढाइने उहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया