सिटी सफारी र मोटरसाइकल चोरी गर्नेलाई धरान प्रहरीद्वारा प्रक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा धरान प्रहरीले पाँच जनालाई प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा धरान १९ बस्ने ङिमा ओङजु शेर्पा र धरान १६ बस्ने बर्ष ३३ को बिनोद लिम्बु, चोरीको मोटरसाइकल पार्टपुर्जा खोली बिक्रि गर्ने ग्यारेज संचालक धरान १० बस्ने बर्ष २४ को लडन अन्सारी, धरान १३ बस्ने बर्ष २४ को महेस कुमार बि.क. र ग्यारेजमा काम गर्ने प्रकाश चौधरीलाई प्रक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ ।
प्रक्राउ परेका गर्ने ङिमा ओङजु शेर्पा र बिनोद लिम्बुलाई थुनामा पठाएको र अन्य ३ जनालाई जनही ५ हजारको
धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी सुमन तिम्सिनाले बताए ।
उनीहरुले गत पौष २७ गते दिउसो २ बजेकोे समयमा धरान १७ सर्दु खोलामा कोसी गा.पा. ३ बस्ने बेचन मियाले चलाएको को. २५ प ७६२० नं. को मोटर साईकल र मोबाइल २ थान लुटपाट गरेका थिए ।
यसैगरी सिटी सफारी चोरी गर्ने दुई जनालई समेत प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा धरान १६ बस्ने बर्ष १९का मञ्जिल कटुवाल रहेका छन् ।
कटुवालले साथै मिति पुष १६ गते धरान १८ बाट धरान १८ बस्ने सुरेन बासफोरको को १ ह ८०३२ न. को सिटि सफारी चोरी गरेका थिए । चोरी गरी इटहरी तर्फ लादै गरेको अवस्थामा उनलाई सिटि सफारी सहित उनलाई प्रक्राउ गरिएको हो र्। चोरीमा सहयोग पु¥याउने इटहरी ४ का बर्ष २३ को रमेश श्रेष्ठलाई समेत प्रहरीले प्रक्राउ गरेको थियो । उनीहरुलाई जनकी १ लाखको दरले धरौटीमा छुट्न जिल्ला अदातलले आदेश दिए पनि धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् ।

तपाईको प्रतिक्रिया