रमेश प्रसाई पब्लिक स्पिकरकोे विजेता बने

धरान, धरानका रमेश प्रसाई एपी वानबाट प्रसारित पब्लिक स्पीकरका विजेता बन्न सफल भएका छन् ।
रमेशले फाइनलमा देशका अन्य ५ प्रतिष्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।
विजेता प्रसाईले नगद तीन लाख, ट्रफीका साथै विदेश सयर गर्न पाउनु हुनेछ ।


यस्तै फस्ट रनर अफ काठमाण्डौका प्रणव काफ्ले र सेकेन्ड रनरअफ मानसी ठाकुर भएकी छन् । विजेता बनेका रमेशल तीन लाख , सेकेन्ड रनरअप बनेका काठमाण्डौका प्रणव काफलेले दुई लाख र सेकेन्ड रनरअफ बनेकी काठमाण्डाकी मानसी ठाकुरले एक लाख नगद, प्रमाणपत्र प्राप्त गरेका छन्
एक्रिटिभ मिडियाद्वारा आयोजना भएको प्रतियोगताको माघ १० र ११ गते भएको फाइनलमा अन्य पाच जनालाई पछि पार्र्दै रमेश विजता बनेका हुन् । रमेशल पब्लिक स्पीकरको विजेतासंगै पब्लिक च्वाई अवार्डको उपाधि समेत जित्न सफल भएका छन् । उनलाई पब्लिकले गरेको भोडका आधारमा सबै भन्दा बढी भोट ल्याएकोमा पब्लिक ज्वाई अवार्डको उपाधि प्राप्त गरेका हुन् ।
विजेता रमेश वहुप्रतिभाशाली युवा मानिन्छन् । धरान १५ ज्ञान चक्षु विद्यालयमा अध्ययन गरेका उनी रेडियाकर्मी समेत हुन् । उनी पहिलो पटक मोडल भ्वाइसमार्फत दन्तकालीमा प्रस्तोताका रुपमा काम गरेका थिए । अहिले उनी उनका साथी जीवन विष्ट र रमेश उप्रति गणतन्त्र एफ धरानमा रेडियोमा कार्यक्रम चलाउछन् । प्रतियोगितामा देशभरका १२ स्थानबाट ११ सय प्रतिष्पर्धीलाई पछि पार्दै फाइनल पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया