मोरङ (याङशिला)÷नेपाली सेनाका शैक्षिक तथा डक्ट्रिङ महानिर्देशनालयका महानिर्देशक उपरथी गौरव तन्डुलले आजका युवाहरुलाई अनुशासित, नेतृत्वदायी, बफादार, राष्ट्रप्रति समर्पित, राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उपरथी तन्डुलले राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला मोरङ्गद्वारा दिक्षान्त कवाजी सि.नं. ४५ जुनियर डिभिजन तालिमका दीक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै सो कुरामा जोड दिनुभएको हो ।

प्रदेश नं. १, २, र ५ का १५ वटा विद्यालयहरुबाट ५ सय २३ विद्यार्थीले ७९ दिनको दोस्रो् चरणको जुनियर डिभिजन तालिम आइतबार सम्पन्न गरेका थिए । तालिममा पाँचथरको नया नमूना माविबाट ६२, विद्या वरदान इंगलिस बोर्डिङ्ग स्कुलबाट ३४, इलामको प्रज्ञासदन एजुकेशनल अंग्रेजी माविबाट ३६, भगवती माविबाट ३६, खोटाङ्गको सरस्वती माविबाट ३२, पञ्चमाविबाट ३०, अर्घाखाँचीको ज्योति माविबाट ३४, भगवती माविबाट ३६, झापाको वीरेन्द्र माविबाट ३२, सहीद धर्मभक्त माविबाट ३६, लिटिल Ïलावर इंगलिस स्कलबाट ३२, काँकडभिट्टा उच्च माविबाट ३६, जनता मावि सप्तरीबाट ३४, महावीर माविबाट ३४, कालिका मावि तेह्रथुमबाट ३२ जना विद्यार्थी दीक्षान्त समारोहमा उपस्थिति रहेका थिए । उनीहरुलाई राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला मोरङका शिक्षाधिकृत प्रमुख सेनानी दीर्घ बहादुर चन्द, प्रमुख शिक्षक सेनानी गंगा बराल, सह–सेनानी शशिकला भट्टराई, सह सेनानी अनिशा केसी र सह सेनानी रविनकुमार बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो ।
दिक्षान्त समारोहमा दिक्षित विद्यार्थीहरुले कवाज, उत्कृष्ट क्याडेटहरुलाई उपरथी गौरव तण्डुल र सुनसरीका प्रमुख जिल्ला अधिकारी पे्रम प्रकाश उपे्रतिले दज्र्यानी चिन्ह प्रदान, उत्कृष्ट क्याडेटलाई पुरस्कार प्रदान, सहभागी विद्यालय तथा समन्वय शिक्षकहरुलाइ प्रशांसा तथा प्रमाणपत्र वितरण, खुकुरी ड्रिल र तेक्वान्दो पिटी, एरोविक्स प्रस्तुति, नृत्य प्रस्तुति आदि प्रर्दशन गरिएको थियो ।
सो अवसरमा बोल्दै उपरथी तन्डुलले भन्नुभयो यस प्रकारको तालिममा सहभागी भई छोटो समयमा तपाईहरुले देखाउनु भएको अनुशासन, लगनशीलता, इच्छा शक्ति, तालिमप्रतिको अभिरुची तथा कडा परिश्रमको प्रतिविम्व तपाईहरुले प्रस्तुत गर्नु भएको उच्च स्तरको कवाजले प्रमाणित गरेको छ । उहाँले भन्नुभयो मुलुकका लागि असल नागरिक बनाउनुका साथै विपत्तिहरुको समयमा परिचालित हुन सक्ने तालिम प्रदान गरिएको छ । भौगोलिक विविधता, जात जाति, धर्म सबैमा समभाव दर्शाउनु अपरिहार्य रहेको
छ । यो मुलुकको आवश्यकता पनि हो । तालिमका दौरान तपाईहरुले हासिल गरेका सामान्य सैनिक तालिम, जोखिम न्यूनिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासनका विविध सैद्धान्तिक तथा अन्य ज्ञानले सामाजिक सेवामा समर्पित रहन र लक्ष्यहरुमा परिपूर्ति गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो तपाईहरुले प्राप्त गर्नुभएको तालिमले व्यक्तित्व विकासमात्र नभएर भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा समाधान गर्न सहयोगी हुने विश्वास मैले लिएको छु । तालिम पश्चात तपाईहरुले निःस्वार्थ भावनाले समर्पित भएर राष्ट्रलाई आवश्यक परेको बेलामा एक देशभक्त नागरिकका रुपमा नेतृत्व दायी भूमिका निर्वाह गर्नुहुने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो । यस प्रकारको तालिममा सैनिक पोसाकमा विभिन्न कवाज खेल्दा विभिन्न जातजाति, परम्परा, संस्कृत, संस्कार भएका व्यक्तिहरुाई पनि राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतालाई जोगाइ राख्न आÏनो जिम्मेवारी अनुसार अग्रसर भई राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउनु हुने छ भन्ने कुरामा समेत उहाको विश्वास थियो । वि.सं. २०२२ साल कार्तिक २२ गते गठन भएको राष्ट्रिय सेवा दलले शिक्षा मन्त्रालयको संयोजनमा जुनियर र सिनियर तालिमको आयोजना गर्दै आएको स्मरण गर्दै उपरथी तण्डुलले तालिम प्राप्त विद्यार्थीहरु युवा आदान प्रदान कार्यक्रम अन्तर्गत विदेशका विभिन्न देशमा जान पाउने भएकोले यो आफैमा एउटा गौरवको कुरा भएको प्रष्ट पार्नुभयो ।
