आडम्बरी बाउराम
धर्मलाई अफिम मान्ने, अरुले पूजापाठ गर्दा हातखुट्टा मर्काउने, अंगभंग बनाइदिने, पूजा पाठै नगर्ने, अध्यात्ममा विश्वासै नगर्ने एमाउवादीका नेता बाउराम भट्टराईले आफ्नै घरमा श्रीमद् भागवत एकहा पुराण लगाएर आफू आडम्बरी भएको सावितै गरिदिए । आÏना बाबुको ८४ औ का अवसरमा उन्ले बाबु बसेको घर गोरखामा पुगेर ब्राम्हणहरुलाई भागवत, वेद, रुद्री, चण्डी पाठ गर्न मात्र लगाएनन् जसो जसो बाहुन बाजे उतै उतै स्वाहा गर्दे जम्ल्याहा हात जोडेर आफ्नी पत्नी हिसीका साथ आसनै कसे । हिजो तिनै बाउरामले मन्दिरका पूजारीका टुप्पी काट्या थे, मन्दिर मूर्ति भत्काएका थिए । आज तिनै
बाउराम पूजारीका पाउमा सास्टङ्ग दण्डवत गर्छन, टीका थापेर आर्शीवाद माग्छन् । कम्युनिस्टहरुको आडम्बरको बखान हजार जिब्रा भएका शेष नागले त गर्न सक्दैनन भने जाबो घण्टाघरले के कोट्याउन ? कि कसो हौ ?
बादेगौको थुतुनो बन्द
बादेगौ माने घरेलु मन्तरी बामदेव गौतमको थुुतुनो अस्तिका दिन मुचुक्क भएछ । किन नहोस् त ? वेÏवाकका प्रस्ताव मन्त्री परिषदमा लगेर झ्वाम–झ्वाम बजाउन बानी परेका बादेगौलाई अरथमन्तरी
रामशरन महतले थुतुनै बन्द गर्ने गरी हप्काइदिएछन् । भएछ के भने बादेगौले लाज सरम सबै पचाएर सार्कका बेला खटिएका घरेलु मन्त्रालय अन्तर्गतका कर्मचारीलाई थप भत्ता दिनुपर्छ भन्दै प्रस्ताव राखेछन् । बादेगौको प्रस्ताव सुन्ने वििित्तकै
अरथमन्तरी महतका कानबाट धुावा छुटेछ । उन्ले Ïयाट्ट भन्दिएछन् लत्ता भत्ता अब कसैले पाउादैन । त्यसैबेला जति हसुरे–हसुरे । अब थप दिन सकिदैन । महतको जर्खरिएको बोलीले बादेगौको थुतुनोमा सुपरग्लु लागेछ । त्यसपछि उनी किन चइा गर्थे । मारमुंग्री खाएर लखतरान परेको बिरालो झै लुसुक्क उठेर हिडेछन् ।
खा बाबै केरा
जिउादो हुन्ज्याल छिछी र दुरदुर गर्ने तर मरेपछि तिनै मरेका बाबुको मुखमा पाकेको केरा कोच्याउने अर्थात मरेपछि खा बाबै केरा भन्ने उखान यतिबेला लौह पुरुष गणेशमानको जन्मदिन मनाउन
सरकारले एक करोड दिने निर्णय
गरेको सुन्दा घण्टाघरको कन्ििसरी
रनक्क भएर तातियो । बाचुन्ज्याल बूढा गणेशमानलाई अहिले सत्तामा बसेका नन्दीभृंगीहरुले कम्ता सताएका थिएनन् । कहिले कुर्सीबाट लडाइदिएर अपांग जस्तो बनाइदिए, कहिले आफैले जन्माइ हुर्काएको पार्टीमा बस्नै नसक्ने अवस्था सिर्जना गरिदिए । विचाराले आाशु झार्दै पार्टीबाट अलग हुनुपरेको थियो । आज उन्को शरीर छैन तर जन्म दिन मनाउन एक करोड रुपैया दिएको छ । बााच्दा वास्ता नगर्ने
मरेपछि कात्रो ओढाएर केचाहिा लछारपाटो लाग्छ र ?
न गर पालिका
घण्टाघरलाई हिजोआज जंगबहादुरको एउटा किस्सा खुब याद आउन थाल्या छ । एकदिन जंगबहादुर सिकार खेल्न आफ्ना दुई चार जना आसे–पासेहरुलाई लिएर हिडेछन् । एउटा बाागो रुखलाई देखाएर त्यो रुख कति सोझो भनेछन् । तर उनैसाग गएका एक जनाले खै जंगेको आाखा फुट्या हो कि मेरो गर्धन चिलाएको हो भन्ने जवाफ दिएछन् । यतिबेला यो बेकामे सरकार जंगबहादुरको शैलीमा हिडेको छ । शिकार खेल्न गएको जंग्ेलाई रुखसाग के सरोकार ? के रुखको विकास गर्ने हो र ? संविधान बनाउन गएको सरकार यतिबेला गाउा निमिट्यान्न पारेर नगरपालिका घोषण गर्नमै आफूलाई बहादुरी सम्झैछ । नगरपालिका बन्दा के नाप्पिने हो कुन्नि । अब गाउा नै नभेटिएला जस्तो भइसक्यो यसो दुई चारवटा राम्रा घर बनेको ठाउा देख्यो कि स्थानीय विकास मन्त्री प्रकाशमानसिंहको आाखामा फूलो परिहाल्दो रै’छ । उन्लाई उकुस मुकुस भैहाल्दो रै’छ । नगरपालिका घोषणा गर्दिम–गर्दिम जस्तो लाग्दो रै’छ । स्वााठ मन्त्रीलाई के थाहा नगरपालिका हुन के के चाहिन्छ भनेर ? संविधान बनाउन नसक्ने भएसी’ खुबै काम देखाएका होलान ?
प्रक्रिया नमान्ने रे ?
संसदीय व्यवस्थालाई मान्छु भनेर ल्याप्चे लगाएर आएका प्रचण्डाउ यतिबेला भीरको चिण्डो उाधो न उाभो जस्तो भएका छन् । सहमतिमा पनि संविधान बनाउन नदिने अनि बहुमत ले वा प्रक्रियामा गएर संविधान बनाउन नदिने प्रचण्डाउको अडान कम्ता गजबको छैन । हिजो आज त प्रचण्डाउलाई प्रक्रिया भन्ने बित्तिकै जुकाको मुखमा अमिलो लगाउादा जस्तो बुरुक्क उफ्रन्छन् । प्रक्रियाबाट संविधान बनाउन सकिने प्रावधान अन्तरिम संविधानमै रहेको कुरा प्रचण्डाउलाई थाहै रै’नछ । हुन त प्रचण्डाउलाई थाहा भएपनि बुझ पचाउाछन् । त्यसै उन्लाई नेपालको
राजनीतिमा गफाडी भन्या हैन नि । उनी गफैले मात्र बााच्या छन् । पार्टीका साइज घटेर हात्तीबाट मुसोमा आइसक्दा पनि यिन्को चेत खुल्या
छैन । आखिरी प्रचण्डाउ यसैगरी
राजनीतिबाट हराउने भए । भोलिका दिनमा यो मुलुकमा प्रचण्डाउ भन्ने नेता थिए भनेर आउने पुस्तालाई पढाउनपर्ला जस्तो पो छ । कि कसो हौ ?
जलाउनेको ताँती
छोरो जन्मनु कहिले कहिले कोक्रो बुन्ने पहिले भनेझै मुलुकाा संविधान नै बन्ला जस्तो छैन । त्यसलाई जलाएर काजक्रिया गर्नेहरुको नाम अगाडि अगाडि आउन थाल्या छ । संविधान माघ ८ मै बनाउन विचरा सुशिल दा’ले भरमग्दुर ‘उ’ गर्दै हुनुहुन्छ । बरु ए सुशिल दा’ संविधान बनाउन ‘उ’ गर्दिन छोडैकै राम्रो होला जस्तो छ । संविधान नहुादा त्यति अप्ठेरो पर्ला जस्तो छैन तर हुादाचाहिा वित्याासै होला जस्तो छ । संविधान आएपछि बजागाजा बजाएर त्यसको स्वागत गर्नेहरु भन्दा पनि त्यसलाई रााको लगाएर झोस्नेहरुको तााती यतिबेला लाग्न थाल्या छ । कोही हिन्दु राष्ट्र नभए जलाउछु भन्छन्, कोही पहिचासहितको संघीयता भएन भने जलाउाछु भन्छन्, कोही एक मधेश एक प्रदेश भएन भने जलाउछु भन्छन्, कोही अखण्ड पश्चिम भएन भने जलाउछु भन्छन् । जता हेर्यो उतै जलाउनेहरुको संख्या बढी छ । वित्थाा आगो लाएर ताप्ने भएसी किन संविधान ल्याउने त सुशिल दा’ ? त्यसैले ‘उ’ गर्न छाडेकै वेश ।
पानीमा मदनी घुमाउदै
यतिबेला ड्यास माउवादी पार्टीका अध्येक्षे वैधाउ पानीमा मदानी घुमाएर घ्यु मथ्न थाल्या छन् । बूढो भएपछि बुद्धि पनि विम्ल्याटो हुादो
रै’छ कि क्या हो ? पानीमा मदानी घुमाएर घ्यु निस्कदैन पाखुरामात्र गल्छ भन्ने बूढालाई हेक्कै रै’नछ । प्रचण्डाउबाट फुट्दा क्रान्ति गर्ने भनेर सानो ध्वाास पिटेका थिएनन तर बूढाले क्रान्ति नगरेपछि क्रान्ति गर्नेहरु छटपटाउन थाले । अन्तत: चन्दले क्रान्ति गर्ने छनक देखाए । बुढाको ड्याासलाई फोडिदिए । अहिले प्रचण्डाउ र वैधाउका कार्जेकर्ता सबै चन्दतिर एकोरिएसी बूढा तिम्लिाएर रोक्न हिाड्या छन् । नामर्दकी जोई हुनु भन्दा मर्दको कमारो हुनु वेश भन्ने उखान वैधाउको कन्चटमा घुस्या भे’ अहिले रााडे रुवाइ गरेर चन्दतिर नजाओ भन्नु त पर्ने थिएन । कि कसो हौ वैधाउ ?
अन्तेमा
मधेशवादी दल आ आफैमा गााड कोराकोर गर्न थाल्या छन् । उप्रिन्द्रलाई एक मधेश एक प्रदेश चाहियो, गच्छु बाबुलाई दुई प्रदेश चाइयो, तमलोपा ठाकुर बूढालाई तीन चार प्रदेश चाहियो । अरु एक आद्य सिटे मधेशी दलले अहिले थुतुनो खोलका छैनन. । के खोलुन जनताले भकुण्डो हानेर गोल गरिदिइसकेका छन् । मधेशवादी दलहरु आफै लड्ने भिड्ने तयारीमा भएसी प्रचण्डाउलाई मधेशीसंग बनाएको मोर्चा भने घााडो हुने भएको छ ।
