धरान/वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले अब बन्ने संविधानमा सबै जात जातिको पहिचान खुल्ने मिलन विन्दु आवश्यक रहेको बताउनुभएको छ ।
किराात सामुदायले मनाउने चासोक तङनाम पर्वको अवसरमा मोरङ्गको गछियामा बोल्दै नेपाली कााग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री आचार्यले उक्त कुरा बताउनुभएको हो । उहााले भन्नुभयो, विविध संस्कृति हामी नेपालीको साझा सम्पत्ति हो । मंसिर पूर्णिमाको विशेषता सबै जातिसाग जोडिएको स्पष्ट पार्दै उहााले भन्नुभयो कसैले यमरी पर्व मनाउादैछन्, कसैले गोठ पूजा गर्दैछन, कोही चासोक पर्व मनाइरहेका छन् । नयाा अन्नबाली भित्र्याउने कुरा सागै पुस्तान्तरणको प्रक्रिया अगाडि आउाछ । हामी सबै कुनै न कुनै रुपमा कुलपूजा गर्ने नाममा प्रकृतिसागको हाम्रो सम्बन्धलाई उजागर गरिरहेका छौं ।
प्रधानमन्त्री सुशिल कोइराला आउने भनिएको उक्त वृहत कार्यक्रममा प्रधानमन्त्रीको व्यस्तताका कारण आउनु भएका वन मन्त्री आचार्यले आफू प्रधानमन्त्रीको सन्देश बोकेर शुभकामना दिन आएको प्रष्ट पार्नुभएको थियो । उहााले भन्नुभयो यतिबेला संविधान लेखिरहेको अवस्था छ, म राज्यको प्रतिनिधि भएको नाताले सबै भाषिक, जातीय साास्कृतिक पहिचान माथिको पहुाच सुनिश्चित गर्दा पहिचान प्रकट भएर आउने उहााको कथन थियो । उहााले थप्नुभयो पूर्वमा राई, लिम्बु, थारु, धिमाल, कोचे, मेचे, झगड लगायतको थाातथलोमा हुने आर्थिक विकास र आय आर्जनमा जोड दिए मात्र पहिचान सुनिश्चित हुन्छ । उहााले भन्नुभयो नेपालको राष्ट्रिय एकताको आधार साास्कृतिक विविधतामा एकता खोज्नु नै हो । राजनैतिक अधिकार, आर्थिक अधिकार, सामाजिक एवम् साास्कृतिक अधिकार, धार्मिक अधिकार लोकतन्त्रमा मात्र सुनिश्चिात हुन सक्छ । अब हामी एक आपसमा लाठी मुंग्री गरेर, एक अर्काको गर्दनमा खुकुरी राखेर अगाडि बढ्न सक्ने अवस्थामा छैनौं । आगामी माघ ८ गते संविधान जारी हुन नसकेपछि त्यसको सेरोफेरोमा संविधान जारी हुने मन्त्री आचार्यले प्रष्ट पार्नुभयो ।
सो अवसरमा विभिन्न जातीय संगठनका अगुवाहरुले आगामी संविधानमा जातीय अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । किराात याक्थुङ चुम्लुङ्ग, किराात याख्खा छुम्मा, किराात राई यायोख्खा, सुनुवार सेवा समाज, धिमाल,राजवंशीहरुले समेत आफ्नो परम्परागत भेषभुषामा झााकी एवम् नृत्य प्रस्तुत गरेका थिए । चासोक तङनाम मुल आयोजक समितिका अध्यक्ष ललित सेरेङ्ग लिम्बुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद रामकुमार सुब्बा, किराात याक्थुङ चुम्लुङ्गका केन्द्रीय सचिव योगेन्द्र पालुङ्गवा, किराात राई यायोखाकी केन्द्रीय अध्यक्ष यसोदा राईले समेत चासोक तङनामको शुभकामना मन्तव्य दिनुभएको थियो ।
यता धरानमा समेत प्रकृति पुजक लिम्बु लगायत किराात याख्खा छुम्मा, किरात राई आयोख्खा, सुनुवासर सेवासमाजले चासोक तङनाम (उद्यौली) पूजा मनाएका छन् । लिम्बु समुदायले धरान १५ स्थित रहेको चुम्लुङहिम परिषरमा उद्यौली पूजा शुरु गरेको छ । लिम्बु मुन्धुम (वेद) अनुसार पैयुा फाल्ने, चराहरु औलातिर (गर्मी ठाउा) झर्ने, खेतबारीमा अन्नबाली पाक्नु, खोलाका तीते माछा ओरालो झर्नुसागै चासोक तङनाम शुरु भएको मानिन्छ चुम्लुङ्ग हिम परिषरमा आयोजना गरिएको चासोक तङनामङ आगामी मंसिर २४ गते सम्म सञ्चालन हुने आयोजक किराात याक्थुङ चुम्लुङ्ग नगर समितिका अध्यक्ष सुभाष हुक्पाचोङले जानकारी दिनुभयो ।
