तारै चुडाल्देछन्
संसदका पादरी आच्या सभामुख कृष्णे मोहराले अस्तिका दिन गज्जबै गरेछन् । संसदमा सांसदहरुलाई बोल्न पाँच–पाँच मिनेटको टाइम द्या बेला लाँग्रेस गनगने थापाले बोल्दै गर्दा गोडातिनेक मिनेटमा माइकको तारै चुडाल्देछन् । जाबो एउटा माइकको तरा चुडाल्दा पर्तिपक्षेहरुले हंगामै मच्चाएछन् । मोहरालाई भक्कु गाली गरेछन् । नानाथरिको आरोप लगाएछन् । त्यत्रा विधि आरोप किन लगाएका होलान् ? त्यत्राविधी गाली किन गरेका होलान ? महहराको विगत बिर्सेछन् क्यारे । जाबो माइकको तार त के हो र ? हिजो त्यत्रा मान्छेका गर्दनै चुडालेर आका मान्छेलाई इनेगिने सम्झनु त भएन नि । चुडाले त चुडाले एउटा जाबो माइकको तार त चुँडाले । हिजो उन्ले के के चुडालेका थिए भनेर अलिकति गम्नु पर्दैन ? फेरि गनगने थापा कुनचाहिँ खेतका मुखी हुन् र ? ती पनि उही ट्याउँ ट्याउँ भट्याउने त हुन । एउटाले भट्याउने अर्कोले चुडाल्ने । तरबार बेचुवा र घ्यु बेचुवा जस्तै ।
फेरि नाटक मञ्चन
हाम्रा घरेलु मन्तीले माने रामबहादुर थापाले फेरि अर्को नाटकको मञ्चन
गरेछन् । समयमै काम नगर्ने ठेकेदारलाई अँठ्याउनु भन्ने पत्र पुलिसलाई देछन् । यिन्का बुद्धि बिग्रेको हो कि बेला बेलामा सनक्क सन्किने रोगले गाँज्या हो घण्टाघरलाई त अत्तो पो नै हुन छाड्यो । अब हेरम न अस्तिका दिन तिन्ले समयमै काम नसिध्याउने ठेकेदार १०६ जनाको नाममा प्रक्राउ आदेश देछन् । जाबो निर्मलाका बलात्कारीलाई अँठ्याएर
कारबाही गर्न नसक्ने घरेलु मन्तरीले के फुइँ लगाएको होला ? हुन त तिन्को फुइँ भन्या ३३ केजी सुनका
तस्करहरुलाई कारबाही भए जस्तै, सिण्डिकेटेहरुलाई कारबाही भए जस्तै हो । मुलुकभरिका सिण्डिकेटको सबैं खाता रोक्का राख्न लगाएर ५ अर्ब कमिशन मागेजस्तै त होला ? दुहुने ठाउँ दुहीसकेपछि अरु व्रिफकेश बोकेर ग्वार्रग्वार्ती आइहाल्छन् । जे होस् नाटक मञ्चनको आइडियाचाहिँ मान्नैपर्छ । कार्वाही गर्ने खोज्या भे’ सुुटुक्क अँठ्याएर तुर्लुङ्ग हाल्दा भै’हाल्थ्यो । कोकोहोलो मच्चाएर हल्ला गर्नै पर्ने थिएन । कि कसो हौ ?
निन्द्रै हराम
पूर्व राजा ज्ञानेन्द्र साह घरबाट निस्कियो कि मुनका छाउरा र ओली वाइन घुट्क्याउनेहरुको निन्द्रैं हराम हुन थाल्या छ । यतिबेला पूर्व राजा पोखरा भ्रमनमा छन् । तर काठमण्डौको सदन, सरकार र गनतन्त्र सबै लिरीलिरी हल्लदै छ । पूर्व राजाले गनतन्त्रे नेताहरुले जस्तै राज्येको ढुकुटीबाट खर्च लिएर पोखरा गा’ हन् ? न जन्तालाई यो गर्दिन्छु र त्यो गर्दिन्छु भनेर भन्या छन् । जन्ता त्यसै ओइरिएका छन्, पछि लाग्या छन्, फूल मालाले स्वागत ग¥या छन् । राजा आउ भनेर पुकारेका छन । तर राज्यको ढुकुटीमा ढलीमली गर्नेहरुलाई धारे हात बनाएर सराप्या छन् तथानाम गाली, ग¥या छन् । पूर्व राजा बाटामा हिड्दा नि सदन, सरकार र गनतन्त्र हल्लिने ? क्या कमजोर गनतन्त्र ल्या रै’छन् यिन्ले ? हुन त ढुंगा हानेर ल्याएको गनतन्त्र न प¥यो ढुंगा हानेरै जालाजस्तो छ । राज्ये कोषमा पौडी खेल्न नपाइएला कि भन्ने चिन्ता बोकेका नेताहरुले अहिले रकमका जोहो गर्न नपाइएला कि भन्ने चिन्ताले यतिबेला गनतन्त्रका छाउराहरु भुटभुटिन थाल्या छन् रे ।
बाउरामको बुद्धि आ हो ?
एकसिटे नया शक्ति पार्टीका अध्येक्षे बाउराम बाजेको बुद्धि आ’ हो कि गा’ हो हँ ? अस्तिका दिन तिन्ले बोल्या देख्दा आ’होकि गा’ हो घण्टाघलाई छुट्याउनै हम्मेहम्मे प¥या छ । तिन्ले होसमा बोल्या हुन कि बेहोसमा बोल्या हुन कुन्नि ? कञ्चनपुरकी बालिका निर्मला पत्नले न्याय पाउन राजतन्त्र नै आउनुपर्छ भनेर बाजेले बोल्देछन् । हत्यारा र बलात्कारीलाई लुकाएर सडकमा हिडेका ठिस, गाउँका कुख्रा चोर, गजडीलाई अँठ्याएर रेडिमेट बयानमा रातभरि भकुरेर कवुल गर्न लगाउने नाटक लामै सृंखलासम्म चलेसी बाउरामका तेस्रो नेत्र खुल्या होला ? बाजेले एउटा कुराचाहिँ थप्नै बिर्सेछन् । अब यो देशमा कसैले न्याय पाउनका लागि
राजतन्त्र हुनुपर्छ भन्नुपथ्र्यो । त्योचाहिँ भन्न भुसुक्कै बिर्सेछन् । बुद्धि नपुग्या होला सत्तामा छउन्ज्याल बाउराम बाजे राजाको नामै सुन्न चाहँदैनन थिए । अब अहिले आएर जप्नै पो थालेछन् । यसलाई भन्छन् देर से आया दुरुस्त आया ।
समर्थन फिर्ता लिने रे
हैन है तयो राजापाका नेता राजिन्दर महतो साह«ै लम्पट मान्छे रै’छन् । देख्नेलाइ भन्दा सुन्नेलाई लाज भने जस्तो । खप्रओले सरकारमा लैजान्छु भनेर सरकार गठनका बेला समर्थन लेका थिए । टिकापुर घट्नाका अपराधीलाई छोडिदिन्छु भन्या थे । संसदबाट संविधान संसोधन गर्दिन्छु भन्या थे । तर बाठा खप्रओले सबै कुरामा माछो–माछो भ्यागुतो बनाइदिएसी’ महतो हिजो आज अलि बढी चिच्याउन, बर्बराउन थाल्या छन् । जहिल्यै नि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छम भन्छन् । सदनमा भाषन गर्दा नि त्यही कुरा फलाक्छन्, गामघरतिर गएर बोल्दा नि त्यही कुरा फलाक्छन् कार्जेकर्तासँग बोल्दा नि त्यसै भन्छन् । अब त यिन्का कुरालाई खप्रओले पत्याउनै छाड्या छन् । न
राजिन्दर महतोले सरकारलाई देको समर्थन फिर्ता लिन्छन् न खप्रओले तिन्लाई
सरकारमा हुलेर थप प्रदूषित नै बनाउन चाहन्छन् । माने राजीन्दर भुकिरहन्छन्, खप्रओ वा ठट्टामै उडाइदिन्छन् । माछो माछो भ्यागुतो ।
कोही गरिब हुनुपर्दैन
नेपाली जन्ताहरु कम भाग्यमानी छैनन् । हिजोसम्म जो जो गरिब दिए अब तिनीहरु रातारात धनी हुने भएका छन् । नेताहरुका जस्तै सबै नेपालीहरुका देशका विभिन्न सहराँ आलिशान भवन हुन्छ, छोराछोरी अमेरिका समेरिकातिरै पढ्छन् । जे होस् अब नेपाली कोही गरिब हुँदैनन् । यो सब आइडिया पर्धानमन्तरी खप्रओको हो । अस्तिका दिन उन्ले प्वाक्कै भन्दिए अब नेपालमा कोही गरिब हुँदैनन् । यस भन्दा अगाडि खप्रओले सहराँ मनोरेल, पूर्व पश्चिमर, चीनतिरबाट लुम्बिनीसम्म रेल, हावाबाट विजुली, घरघरमा ठ्याँस पार्नै नपर्ने ग्याँस पाइप, आÏनै पेट्रोल खानी बनाइदिइसक्या छन । यति विघ्नज अहिलेसम्म नेपालका कुनचाहिँ पर्धानमन्रीले गदिया छन् । सबै
कुरा पूरा भएसी अब पर्धानमन्तरी खप्रओको ध्यान गरिबीतिर गा’ हो । हुन त खप्रओले पहिला पनि भनेकै हुन भातै खानका लागि कुनै नेपालीले काम गर्नु पर्दैन । सरकारले ओछ्यानमै खाना पु¥याइदिन्छ । बेकुव त नेपालीहरु नै हुुन भातै खानाका लागि खाडी मुलुक र अन्य मुलुकमा काम गर्न किन मुन्टिनु ?
नेतै मान्दिन रे
लगौटीको ढाँडे जुम्रा कथंकदाचित टाउकोमा पुग्यो भने त्यो बढी रग्रगाउँछ भन्थे हो कि क्या हो ? अब नेप्लिज लाँग्ेसका स्वघोषित नेता कृष्णे सिटौलालाई ेहेरम न । विनासकाले विपरीत बुद्धि भन्या यही हो । अस्तिका दिन तिन्ले भन्या मैले स्यालबहादुर र रामचन्द्रे बाजे दुवैलाई नेता मानेको छैन । सिटौलाले तिन्लाई नेता मान्दा नेता हुने नमान्दा नहुने हो र ? हिजो अस्ति काँग्रेसमा आइटोपल्या सिटौलालाई चाहिँ कस्ले नेता मान्या छन् कुन्नि । कसैले तपाई भनोस कि नभनोस आफै मपाई । तिन्ले नमान नि स्यालबहादुर सभापति नै हुन क्यारे, अर्का बाजे बरिष्ठ नेतै हुन क्यारे । यिन्ले देको उपाधी त पक्कै हैन होला ? युरोपियनहरुको टाँगमुनि छिरेर
डलरमा धर्म बेच्नेले ठूल्ठूला कुरा
गरेको अलि हजम हुदैन कि सिटौला बाजे । हुन कुमाइहरुको गफचाहिँ आकाश पाताल छेड्ने नै हुन्छ । त्यही हेरिडिटीले काम ग¥या होला ?
अन्तेमा
कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो कि क्या हो ? राप्रपाका सांसद राजेन्द्र लिंगदेनले अस्तिका दिन २०४६ पछि हालसम्म सत्तामा बसेका नेताहरुको सम्पत्ति छानविन गर्न माग गरेसी’ नेताहरुको अपानवायु नै बन्द भएको छ । आफूलाई करान्तीकारी हुँ भन्ने सर्वहारका नेताहरु हुँ भन्ने, साम्यवाद अन्तिम लक्ष्य भएको डिङ्ग हाक्नेहरु लिंगदेनले त्यसो भनेसी सुगुरले चन्द्रमाको माने पूर्णिमाको जुन हेरे जस्तै हे¥याहे¥यै भएछन् । भुक्के चप्पल किन्ने पैसो समेत खोजखाज गरेर किनेर लगाउनेहरुसँग रातारात यमानका बंगला, गाडी, बैंक व्यालेन्स कहाँबाट आयो होला ? राजेन्द्र लिंगदेनले सबै नेताको यतिबेला निद हराम गर्दिया छन् । लौन लिंगदेन ज्यू त्यो बोली फिर्ता लिनुप¥यो । नेपालका नेताहरुको नाकमुख सुक्नु त भएन नि । सदैव
रसाइरहेको हुनुप¥यो । कि कसो हौ ?
