सुनसरी टेक्निकल कलेजद्वारा रक्तदान कार्यक्रम

धरान÷ सुनसरी टेक्निकल कलेज धरान १ ले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कलेजक प्रांगरणमा गरेको कार्यक्रममा १ सय २१ पिन्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा सोही कलेजमा अध्ययनरत सबै फ्याकल्टीका विद्यार्थीहरुले स्वस्फूत रुपमा रक्तदान कार्यक्रममा सहभागी भएको कार्यक्रमका संयोजक एवम् क्याम्पसका प्राध्यापक अमित गुप्ताले बताउनुभयो ।
प्राविधिक क्षेत्रमा पूर्वाञ्चलमै महत्वपूर्ण योगदान पु¥याउदै आएको यस कलेजमा अहिले अनमी, सिमए, ल्याब एसिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, सर्टिफेकट लेवल मेडिकलm, डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा कम्प्युटर इन्जिनियरिङ्ग, हेल्थ एसिस्टेन्ट र रेडियोलोजी विषयमा अध्यापन गर्ने गरिएको छ ।
विगत ६ बर्षदेखि लगातार रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत गत बर्ष ८० पिन्ट रगत संकलन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया