हितैषी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

धरान÷धरान १६ स्थित हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ धारणसभा गत शनिवार सम्पन्न भएको छ । साधाणसभाले आगामी सञ्चालक समितिको अध्यक्षमा पुन बाबुराम घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ ।
सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सीताराम आचार्य, सचिवमा तिलक बस्नेत, कोषाध्यक्षमा रमा कार्की बुढाथोकी र सदस्यहरुमा दुर्गा बस्नेत, मुना अधिकारी, सिसाम्बर झा, विष्णु सिंह, निर्मला सापकोटा, कुमार कार्कीलाईसमेत निर्विरोध चयन गरेको छ । जनार्जन ओस्तीको संयोजकत्वमा अमर बस्नेत, गणेश वास्तोला रहेको दुई सदस्य लेखा समिति र केदारबहादुर थापाको संयोजकत्वमा राजकुमार थापा, शिव घिमिरे रहेको ऋण उपसमिति समेत निर्विरोध चयन गरेको छ ।


सो अवसरमा सञ्चालक समितिका अध्यक्ष बाुबराम घिमिरेले विशेष परिस्थितिका बाबजुद पनि संस्थाको नवौ साधारणसभा सम्पन्न भएकोमा सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । उहाँले भन्नुभयो, संस्था दर्ता भए पश्चात अत्यन्तै व्यवथित रुपमा, व्यवसायिक रुपमा कारोबार सञ्चालन गर्दैै आएको जानकारी समेत गराउनु भएको थियो । समाजमा स–साना अंशमा छरिएर
रहेका, निस्कृय रहेका पूँजीलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गरी आफ्नो परिवारको भविष्य सुरक्षित गर्न प्रोत्साहित गरी संकलित रकम आफू लगायत सदस्यहरुलाई उत्पादनशील, आयमुलक, सीपमुलक, व्यवसायमा लगानी अभिवृद्धि गरी संस्थामा आवद्ध शेयर सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर बृद्धि गरी समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनु संस्थाको उद्देश्य रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
उहाँले आगामी दिनमा संस्थाले आÏनो लगनीमा जग्गा खरिद गरी आÏनै भवन बनाउने, संस्थाको नाममा एम्बुलेन्स सञ्चालन गरी आयमा बृद्धि गर्दै लैजाने, सामाजिक कामहरुमा सरिक रहने, सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति कोष खडा गर्ने, शेयर सदस्यहरुको मृत्यु संस्कारमा हाल उपलब्ध गराउँदै आएको पाँच हजारलाई बढाएर १० हजार पु¥याउने समेत प्रष्ट पार्नुभयो ।
संस्थाले आव ०७४÷०७५ को आषाढ मसान्तसम्ममा ऋण व्याज आम्दानीबाट ३४२६९४७ बैंक ब्याजबाट २०४७३, अन्य आम्दानीबाट २६३३४१ मुनाफा गरेको छ । जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभामा संस्थाका उपाध्यक्ष सीताराम आचार्य, अर्जुन बस्नेत लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया