धरान/ धरान प्रहरीले विभिन्न स्थानबाट काठ तस्करलाई पक्राउ गरी
कारबाही अगाडि बढाएको छ ।
प्रहरीले आइतबार साझको समयमा काठ ल्याउदै गरेको सूचना सुराकीको आधारमा थाहा पाएपछि गएको गस्तीले को १ ख २३७५ नम्बरको मिनी टूकमा लोडगरी ल्याउदै गरेको अवस्थामा बक्लौरी गाविस र मलाचौरको बीचबाट धरान १५ का सवारी धनी तथा चालक ५६ बर्षीय काजीमान राई र धरान ११ बस्ने तस्कर बर्ष ३५ का रमेश भनिने नगेन्द्र राईलाई ६ वटा सखुवाका काचो गोलिया काठसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
पक्राउ परेका काठ ७ फुट गोलाइ भएको र ४० क्युफिक रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
यस्तै सुराकीकै आधारमा मंगलबार विहान धरान ८ बरगाछीमा रहेको उत्तम फर्निचर उद्योगमा समेत प्रहरीले भारी मात्रामा चोरी गरेर ल्याइएको काठ फेला परेको छ । ५ फुट गोलाई भएको ६ थान र ७ फुट गोलाई भएको ३ वटा सखुवाको गोलाइकाठसहित चिरान गरेका काठहरु बरामद गरेको छ । उत्तम फर्निचर हाउका सञ्चालक चन्द्र श्रेष्ठ र सो हाउस विगतदेखि ठेक्कामा चलाउदै आएका
धरान ८ का रमेश राईलाई समेत
प्रहरीले पक्राउ गरेको प्रमुख डिएसपी सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई वन ऐन अन्तर्गत कारबाही हुने भएकोले सवारी साधनसहित तस्कर र काठ इलाका वन कार्यालय धरानलाई बुझाइने प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो ।
त्र
