नगरिकले राज्यको अनुभूति त्यो बेला गर्छन जब राज्यले नागरिकका लागि सुशासनको अनुभूति गर्छन् । अर्थात् राज्यले नागरिकलाई ुसुशासनसँगै उनीहरुका आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्छ ।
तर प्रजातन्त्र होस् या गणतन्त्रको प्रार्दुभावसँगै यहाँका आम नगरिकले आफूलाई निरीह महसुस गर्नुपरेको छ । राज्य सञ्चालकहरलाई नागरिकका कुनै पनि समयासँग वास्ता रहेन । व्यवसायिक राजनैति गर्दै आएका शासकहरु मौका परास्त हुने नै भए । मौका पाउनासाथ उनीहरु केवल दलाली गर्छन् ।
पछिल्लो पटक एउटी अवोध १३ बर्षीया बालिका निर्मला पन्तको बलातकार पछि भएको पासविक हत्यामा सरकारले चार महिनादेखि दलाली गर्दै आएको छ । नागरिकहरुले निर्मलाका लागि न्याय मागेर सडकमा ओर्लिएको चार महिना भयो तर सरकार एक पछि अर्को नाटक मञ्चन गर्दै ज्ञात बलात्कारी र हत्यारा लुकाउने कसरतमै लागेको छ । निर्मलाका हत्यारा को हुन भन्ने कुरा नागरिकलाई मात्र नभएर राज्यलाई समेत भलिभाँति ज्ञात छ तर उनीहरुकै सरक्षणमा सरकार जुटेपछि मुलुक न्याय हराएको देशमा परिणत भएको छ ।
निर्मला हत्या प्रकरणमा भिआइपीका सन्तानहरु नै संलग्न रहेको स्पष्ट छ । उनीहरुलाई जोगाउन राज्य कहिले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई गिराफ्तार गरेर चरम यातान दिएर अपराध
जबरजस्ती कवुल गराउने प्रयास गर्छ, कहिले सामान्य कुखुरा चोरलाई गिराÏतार गरेर अपराधी करार गर्ने प्रयास गर्छ र वास्तविक हत्यारा बाहिर ल्याउदैन । छोरीका लागि न्याय माग्दा निर्मलाका बाबु मात्र नभएर आफन्तहरु समेत मानसिक रोगी बन्दै गएका छन् । अर्थात न्याय माग्दा यो मुलुकमा पागल हुनुपर्ने अवस्था सिर्जना भएको छ । क्रिश्चियनहरुको दलालीमा उत्रिएको सरकारको नांगो नृत्य त्यसबेला देखियो जुनबेला निर्मला पन्तका लागि न्याय माग्दै स्वस्फूर्त रुपमा पोष्टरहरु टाँस्दा राज्य संयन्त्रको दुरुपयोग गरेर च्यातियो । निर्मला पन्तका पोष्टरहरु किन च्यातियो ?
एउटा बदनामी सस्थाले प्रधानमन्त्री केपी ओलीलाई सुशासन र शान्तिका लागि तक्मा भिराउँदा प्रधानमन्त्रीको कति उपहार भयो ? केपी ओलीको कार्यकालमा मुलुकमा जे जस्तो बलात्कार, हत्या,
अपराध, भ्रष्टाचार भयो त्यसको नालीबेली शायद क्रिश्चियन
मेशिनरीको मुन र तिनको संस्थालाई अवगतै हुनुपर्छ । तर पनि केही ओलीले सुशासन, शान्ति कायम गरेको भनेर जुन तक्मा भिरायो त्यो आफैमा उपहास हो । क्रिश्चियनहरुको समिट चलुन्ज्याल राज्यको ढुकुटीबाट प्रधानमन्त्री ओलीका तस्विरहरु राजधानीका विद्युत पोलहरुमा छ्यापछ्याप्ती झुण्ड्याउने काम भयो । तर तिनै पोलमा न्याय माग्दै टाँसिएका निर्मलाका पोष्टहरु उक्काउने काम भयो ।
राज्यको फटाई यहाँ भन्दा ठूलो के हुन सक्छ ?
भखरैमात्र निर्मलाका हत्यारा पत्ता लागिसके भनेर रक्षामन्त्री समेत रहेका इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ शुक्लाले जुन अभिव्यक्ति दिएका छन् त्यसले आम
नागरिकलाई अझ आक्रोसित बनाएको छ । निर्मलाको हत्या भएको दिन कुखुरा चोरको आरोपमा कञ्चनपुर प्रहरी कष्टडीमा रहेका व्यक्तिलाई यतिबेला निर्मलाका हयारा र बलात्कारी बनाउने घृष्टता राज्यले जुन गर्दैछ त्यो सरासर गलत हो । एउटा अपराधी व्यक्तिलाई डर, धाक, यातना, प्रलोभन दिएर अपराधी बनाउनु राज्य संयन्त्र
अपराधीबाट सञ्चालन भएको स्पष्ट हुन्छ । वर्तमान सरकारका कुनैपनि मन्त्री, प्रहरीहरुमा नैतिकताको चरम अभाव देखियो । उनीहरुमा
थोरै भएपनि नैतिकता भएको भए कि त उनीहरुले आफ्नो जिम्मेवारीबाट पन्छनु पथ्र्यो कि त निर्मलाका असली हत्यारालाई जनसमक्ष सार्वजनिक गर्ने हिम्मत गर्नुपथ्र्यो ।
