धरान÷ अहिले जन्म दिन मनाउने तौरतरिका फेर बदल भएको छ । विगतमा जन्म दिन मनाउदा साथीभाइसंग बसेर रमाइलो गर्ने, पार्टी खाने काम हुन्थ्यो । अहिले भने सामाजिक काम गर्दै जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ ।
धरान–१९का समाजसेवी सन्त तेम्बेले जन्मदिन धरान–४ स्थित अपाङ्ग पुनस्थापना केन्द्र र धरान–३ स्थित सरस्वती बाल आश्रमका बालबालिकालाई खाना खुवाउदै जन्म दिन मनाएका छन् ।
३६ औं जन्मदिनको अवसरमा उनले त्यहा रहेका अनाथ तथा अपांग बालबालिकालाई बिहान बेलुकाका खाना खुवाएका हुन् । सधै घरमै केक काटेर जन्म दिन मनाउने तेम्बेले यो बर्ष भने यी दुई संस्थामा परिवारका साथ केक काटेर सबैलाई खुवाउदै जन्म दिन मनाएको उहाको भनाई छ । उहाको जन्म दिनमा प्रदेशसभा सांसद उमिता बराइलीका समत उपस्थिति थियो ।
समाजसेवी तेम्बेले जन्मदिन फजुल गरेर मनाउनुभन्दा सामाजिक कार्य गर्दै मनाउन अरुलाई पनि अभिप्रेरित गरोस् भन्ने उद्दे्श्यले आफ्नो जन्म दिन अपांग र अनाथ बालबालिकाहरुसग मनाएकोबताउनुभयो ।
अपांग तथा पुनस्थाृपना केन्द्र धरानका अध्यक्ष भीम राईले समाजसेवी मनले नै आत्मसन्तुष्टि मिल्ने बताउनुभयो । सरस्वती बाल आश्रमकी शान्ता
अधिकारीले बालबालिकाहरूको अवस्थाप्रति सोचेर आइपुगेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा नेकपाका नेताहरू अइन्द्रविक्रम बेघा, चोत्लुङ, उद्धव लिम्बूलगायतका नेता कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
