धरान १४ मा बाल सक्रियता बढाउदै

धरान÷ धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर बालमैत्री घोषणा भएसंगै बालबालिकाको वृत्ति विकासमा वडाले विशेष जोड दिन थालेको छ ।
गत असार ३० गते बालमैत्री घोषणा भएको वडाले पछिल्लो समय वडामा भएका १२ वटा बाल सञ्जालका बालबालिकालाई विभिन्न कार्यक्रममा सहभागी गराउन थालेको हो ।
बालमैत्री घोषणा हुनुपूर्व ३९ वटा सूचक पार गरी धरानको दोस्रो बालमैत्री वडा घाषित भएको यस वडाले सञ्जालमा आवद्ध बालबालिकालाई नाटक, खेलकुद हाजिरी जवाफ, खेलकुदका गतिविधिमा समावेश गर्दै आएको छ ।
पछिल्लो समय वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा १२ वटा बालक्लबमध्ये ११ वटा क्लबका ९५ जना बालबालिकालाई कन्काई नगरपालिका वडा नं. २ मा पर्ने सामुदायिक वन क्षेत्र जामुन खाडीको अवलोकन भ्रमण
गराएको छ । कन्याई नगरपालिका वडा नंं १ का वडाअध्यक्ष पर्शुराम गिरीको समेत सहभागिता रहेको अवलोकन भ्रमणले बालमैत्री घोषणा गर्न के कस्ता कुराहरु आवश्यक छ र बालमैत्री घोषणा भएपश्चात के के फायदाहरु हुन्छन् भन्ने विषयमा कन्काइ नपा वडा नं. २ का वडा अध्यक्षलाई जानकारी गराएका थिए ।
अवलोकन भ्रमणमा सुनसरी जिल्ला समन्वय समितिकी सदस्य सीता पौडेल, वडा सचिव मेनुका लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बालबालिकालाई वन क्षेत्रको वस्तुस्थिति, मिनी चिडिया घरमा रहेका जिवजन्तु लगायतका कुराको अवलोकन गराइएको वडा अध्यक्ष कृष्णप्रसाद भट्राईले बताए । यसले बालबालिकालाई नया ठाउको बारेमा जानकारी हुने उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया