धरान÷ कृषकले बारीमा अत्याधिक फूल फुलाएकै कारण यसबर्ष भारतबाट आयातित फूलहरुको विक्रीमा कमी आएको छ ।
विगतमा बर्षहरुमा भन्दा यस बर्ष त्यस्ता फूलहरुको विक्रीमा ५० प्रतिशतभन्दा बढी कमी आएको विगतदेखि नै भारतबाट फूल ल्याएर वेच्दै आएका व्यवसायीहरुल बताएका छन् ।
गत बर्ष १ लाख भारतीय फूल बेच्दा ५० हजार आम्दानी गरेको बताउने धरान २ देशिलाइनमा फूल व्यवसायी गर्दै आएका अमन चौधरीले यसपटकको तिहारमा फूल विक्री नभएको दुखेसो पोखे । उनले भने ‘गत बर्ष यही समयमा १ लाख भन्दा बढीको हाइव्रेट सयपत्री फूल ल्याएर विक्री गर्दा ५० हजार नाफा कमाए यस बर्ष साउ उठाउन पनि गाह«ो भयो ।’
यी दुई व्यापारीको मात्र यस्तो अवस्था छैन, भारतको सिक्किम, दार्जिलिङ्ग, कलकत्ता लगायतबाट फूल ल्याई विक्री गर्ने व्यापारीहरुको अवस्था अहिले नाजुक छ । उनीहरुले ल्याएको फूलको लागत उठाउन नै धौ धौ परेको उनीहरुले बताउने गरेका छन् ।
गत बर्ष यही समयमा २० लाख बराबरका फूल धरानमा भित्रिएको
थियो । तिहार छिटो भएकै कारण व्यापारीले ल्याएको फूलका मूल्य अत्याधिक हुदा समेत उपभोक्ताहरुले किनेर लाने बाध्यता थियो । ‘बजारमा नेपालमा उत्पादन भएका फूल पाउनै गाह्रो र पाइए पनि मूल्य अत्याधिक भएकै कारण भारतीय फूल प्रयोग गरेका थियौ’ धरान १५ का सुमन न्यौपानले सुनाए । तिहारका समयमा अन्य फूल भन्दा सयपत्री र मखमली फूल अत्याधिक विक्री हुने गरेको छ । यसपटक तिहार ढिलो भएका कारण कृषकहरुले पनि प्रसस्त फूल फुलाए जसले उपभोक्तालाई सहज बनाएका पुष्प व्यवसायी संघका पदाधिकारीहरु बताएका छन् । नेपालमै उत्पादित फूल बजारमा प्रर्याप्त भएका कारण यसपटक भारतीय फूलले बजार नलिएको
फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सदस्य प्रेमप्रसाद पराजुलील बताए । उनले भने, मौसम मिलाएर फूल उत्पादन गर्न सके चाडवाडका समयमा फूलका लागि भारतीय फूलको मुख ताक्न नपर्ने गतिलो उदाहण यो बर्ष भएको छ, उनले भने –फूलको व्यवसायिक खेति गर्न सके नेपालीले भारतीय आयातित फूलमा भर पर्नु पर्दैन । नेपालमा उत्पादन भएको फूल नेपालमा प्रयोग गरेर भारतीय
बजारमा समेत निर्यात गर्न सकिन्छ । यसका लागि सरकारी सहयोग आवश्यक रहेको भन्दै ’व्यवसायिक रुपमा फूल उत्पादन गर्न सरकारले सहयोग गरे नेपालमा उत्पादन भएको फूल विदेश आयात गर्न सकिने र करोडौ रुपैयाका विदेशी फूल आयात गर्नुपर्ने अवस्था नआउने बताए ।
उनले भने ‘मुलुक संघीयतामा संगै संघीय संरचनामा गइसकेको अवस्थामा स्थानीय सरकारले कृषकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ, कृषकलाई आत्मानिर्भर बनाउन नया योजना ल्याएर अगाडि बढ्नुपर्छ ।’ फूल चाडपर्वका समयमा मात्र प्रयोग नहुने भएकोले जुनसुकै समयमापनि फूलको प्रयोग बढेकाले यसलाई व्यवसायिक
करण गर्न सम्बन्धित निकाय जस्तै धरान उपमहानगरपालिका, फ्लोरीकल्चर एसोसिएन, व्यवसायी, कृषक लाग्नुपर्नेमा पराजुलीको जोड थियो ।
