धरान÷संविधान कार्यान्यवनको पहिलो चरण स्थानीय तह बाटै शुरु हुने भएकाले जनताको अपेक्षालाई संविधानको भावना अनुसार जनप्रतिनिधीहरुले काम गर्नुपर्ने पहिलो दायित्व भएको
संविधान विद टिकाराम भट्टराईले जोड दिनुभयो ।
धरान उमपहानगरपालिकाले संविधान दिवशको अवसरमा आयोजना गरेको ३ दिने कार्यक्रम अन्र्तगत भएको संविधानको अधिकार र स्थानीय निकायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा संविधानविद भट्टराईले संविधानको अध्यास शुरु भएको ३ वर्षमा देशको समृदि, विकाश र जनताको अधिकारलाई स्थापित गरेको बताउनुभयो ।
संविधानको ३ वर्षे अध्यासको समिक्षा गर्दै भट्टराईले प्रदेश सरकारले राजधानी, प्रदेशको नामाकरण, कर्मचारीहरुको समायोजन जस्ता कार्यहरु गर्न नसक्नु त्रुटि पुर्ण रहेको औलाउनुभयो । संवैधानिक अधिकारहरु नेपाली जनता सहज ढंगले प्रदान गर्न नसक्नु ठुलो कमजोरी रहेको उहाँले बताउनुभयो ।
संक्रमणकालीन राजनितिक अवश्था अब नदोहोरिने भएकाले देशको विकाश र समृद्धिका लागि निती, कार्यक्रम, बजेट तयार भएकाले जनप्रतिनिधीहरुले कुशल पुर्वक अघि बढ्ने समय आएकाले कर्तव्यनिष्ठ भएर संविधानलाई कार्यान्यवन गर्न उहाँले आग्रह गर्नुभयो ।
