एजेन्सी÷मुलुकलाई सम्बृद्धितर्फ डोहो¥याउने कामसँगै नागरिकको स्वास्थ्यलाई समेत महत्वका साथ अगाडि बढाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारबाट विश्वकै ठूलो स्वास्थ्य योजना कार्यान्वयनमा ल्याएका छन् ।
प्रधानमन्त्री जन आरोग्य योजना (आयुस्मान भारत) नाम दिइएको उक्त योजना विश्वकै सबैभनदा ठूलो योजना हो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टिवट गर्दै भनेकी छन Launch of worlds lagrest helthcare initiative praduon mantri जनआरोग्य Yojan by pm Narendra Modi is historic moment for the country. Schneme providing quality and affordable nealthcare to 10 crore families will give fillip to the cause of heaty India
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका करिब १० करोड विपन्न परिवारलाई लक्षित गरेर ल्याएको जन आरोग्य योजनाको आइबार एक भव्य
समारोहका बीच झारखण्डमा औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्य
राख्दै भारतीय प्रधानमन्त्री मोदीले जन आरोग्य योजना गरिबहरुको जीवनस्तर सुधार्न योजनाले गेम चेन्जरको काम गर्ने बताउनुभयो । तर प्रधानमन्त्री मोदीको योजनालाइ विपक्षी राजनैतिक पार्टीहरुले आगामी हुने लोकसभाको निर्वाचनलाई प्रभावित बनाउन त्यस प्रकारको योजना ल्याएको भन्दै आलोचना गरेका छन् । स्वतन्त्र राजनैतिक विश्लेषकहरु भने योजना ऐतिहासिक भएकोले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।
योजनाले पहिलो चरणमा भारतका एक हजार २ सय ८० अस्पतालहरुमा परीक्षणका रुपमा काम गर्ने कुरा समेत विदशेमन्त्री स्वराजले आफ्नो ट्विटमा उल्लेख गर्नुभएको छ । हाल परीक्षणको रुपमा यसलाई कार्यान्यनमा लगिए तापनि आगामी २५ सेप्टेम्बरदेखि यो योजना पूण रुपले लागू हुने भएको छ । पहिलो चरणमा भारतका २९ राज्यका ४ सय ४५ जिल्लामा आयुस्मान भारत योजना लागू
गरिने भएको छ ।अन्य विपक्षी दलको प्रभावमा रहेका दिल्ली, उडिसा, पञ्जाव, केरला, तेलंगना, पश्चिम बंगालले यो कार्यक्रम लागू गर्नका लागि अहिलेसम्म समझदारी गरेका छैनन । ती राज्यमा आफ्नो प्रभाव जमाएका र प्रदेश सरकार र समेत सञ्चालन गद आएकाहरु योजना कार्यान्वयनमा ल्याउँदा आगामी निर्वाचनमा आफे पराजय हुने डरबाट ग्रसित रहेको विश्लेषकहरुको मान्यता छ । उनीहरुको तर्क छ गरिब परिवारले पाउने स्वास्थ्य योजनना ती राज्यले समझदारी गरेर सञ्चालनमा उनीहरुलाई आगामी निर्वाचनमा प्रत्यक्ष असर पर्ने छ ।
भारीय वास्थ्य मन्त्रालयको सर्वेक्षण आकाडांले हाल भारतका ८६ प्रतिशत ग्रामीण र ८२ प्रतिशत परिवार अत्यावश्यक स्वास्थ्य सेवा र स्वास्थ्य वीमा योजनाबाट बञ्चित रहेका छन् । योजनाले स्वास्थ्य सेवाबाट बञ्चित १०.७४ करोड परिवारका ५० करोड भारतीयलार्ई समेट्ने देखिएको छ । जसमा ८ करोड ग्रामीण परिवाररहने छन् भने दुई करोड ७४ लाख सहरी परिवार हुनेछन् । योजना अन्तर्गत १० हजार सरकरीर निजी अस्पतालहरुमा दुइ लाख ६५ हजार बेड निःशुल्क उपलब्ध हुनेछन् ।

