पढाई सके पनि वेरोजगार बस्नुपर्ने बाध्यता

धरान÷ विगतमा पोषण विज्ञानमा दक्ष जनशक्ति उत्पादन गर्न सरकारले ल्याएको पोषण विज्ञान संकायका विद्यार्थीहरु वेरोजगार भएर बस्नु पर्ने अवस्था आएको छ ।
यसको प्रमुख कारण षोषण विज्ञानमा राज्यले ल्याएको नीति कार्यान्वयनमा ल्याउन नसक्नु नै हो । २०६१ सालदेखि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पढाइ शुरु भएको यो संकायमा अहिलेसम्म ४ वटा व्याज विएसस्सी न्युट्रेसन सिध्याई घरमै वेराजगार भएर बस्नुपरेको अवस्था छ ।
शनिवार यसमा अध्ययन विद्यार्थीहरुले यस विषयमा खुलैर छलफल गरे । पोषण विज्ञानलाई कुन काउन्सिलमा राख्ने भन्ने राज्यको स्पष्ट नीति नभएकै कारण उत्पादन भएका विद्यार्थीहरुको आवश्यकता महसुस नगरेकै कारण यस्तो अवस्था आएको गुनासो सरोकारवालाहरुसँगको छलफलमा गरेका थिए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययनरत पोषण विज्ञानमा अध्ययनरत विद्यार्थीहरुको संस्था नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले आयोजना गरेको सरोकारवालाहरुको छलफलमा यस्तो बताएका हुन् ।
छलफल कार्यक्रममा बोल्दै स्ववियु सभापति गौरव सञ्जेलले जुन उद्देश्यका साथ सरकारले पोषण विज्ञान विषय ल्याएको हो त्यो उद्देश्य पूरा गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।
यस्तै हात्तीसारका पूर्व विद्यार्थी केपी लम्सालले न्युटे«सन विद्यार्थीहरुको भविष्यका लागि धेरै ढोकाहरु खुल्ला हुदा हुदै पनि त्यो अवसर विद्यार्थीहरुले सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाले नेपालमा धेरै काउन्सिल भएपनि यसलाई कुन काउन्सिलमा राख्ने भन्ने विषयमा सरकार अझै दुविधा भएको बताउदै विगतमा क्याम्पस प्रमुख र आफूहरु गएर सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको बताउदै भविष्यमा यसको भविष्य राम्रो हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै पोषण विज्ञानका प्राध्यापक एवम् क्याम्पसका उप्राध्यापक डम्बरबहादुर खड्काले पोषण विज्ञानको महत्व राज्यले नबुझ्नु दुर्भाग्य भएको बताउदै यस विषयमा जनमानसमा समेत बुझाउन आवश्यक भएको बताउनुभयो ।
त्यसैगरी क्याम्पस प्रमुख प्रा.डा. धनबहादुर कार्कीले विद्यार्थीहरुले गरेको यो कार्यक्रम अत्यन्तै सह्रानीय भएको बताउदै विद्यार्थीहरुको भविष्यप्रति क्याम्पस प्रशासन पनि चिन्तित भएको भन्दै आगामी दिनमा आफूले यस्ता कार्यक्रमलाइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजका अध्यक्ष विनोद
निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांश विद्यार्थीहरुले नेपालमा पोषण विज्ञानको महत्व नबुझेकै कारण यस्तो अवस्था आएको बताएका थिए । उनीहरुले भारतमा समेत यसको अन्यौलता छाएको अवस्थामा धेरै दबाबपछि छुट्टै काउन्सिल नै दर्ता गरेको स्मरण गराउदै अब नेपालमा पनि छुट्टै काउन्सिल बनाउन सरकारलाई दबाब दिनुपर्ने सुझाव दिएका थिए । हात्तीसारमा २०६१ सालदेखि पोषण विज्ञानकक्षा सञ्चालन भएको हो । हालसम्म चार व्याजका सैयौ विद्यार्थी क्याम्पसले उत्पादन गरिसकेको छ ।
कार्यक्रममा गाउगाउमा पोषण विज्ञानको विषयमा सचेतना फैल्याएको भन्दै समाजका सदस्य बसन्त राई, अनुज कार्की र पत्रकारिताको क्षेत्रबाट समाजमा पोषण विज्ञानको विषयमा सहयोग गर्ने पत्रकार गोविन्द बस्नेतलाई सम्मान
गरिएको थियो ।

तपाईको प्रतिक्रिया