धरान÷ सब्जी व्यवसायीहरु राज्य, समाज तथा हरेक क्षेत्रबाट उपेक्षित हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन ।
भानुसब्जी तथा फलफूल व्यवसायी समितिको ३१ को साधारण सभाको अवसरमा बोल्ने अधिकांश व्यवसायीहरुले हरेक क्षेत्रबाट सब्जी तथा फलफूल व्यवसायीहरुलाई हेयको भावना हेर्ने गरेको बताए ।
उनीहरुले सामान्य मजदुरदेखि राष्ट्रपतिको चुल्होसम्म सब्जी व्यवसायले विक्री वितरण गरेको सब्जी चल्ने तर त्यही व्यवसायीलाई हेयको भावनाले हेर्ने प्रवृत्तिप्रति उनीहरुले खुलेरै विरोध गरे ।
भानुसब्जी तथा फलफूल व्यवसायी समितिका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार
धर्मराज तिम्सिनाले बषौदेखि सब्जी व्यवसायी सबै क्षेत्रबाट उपेक्षित भएको बताउदै नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि पनि उही अवस्था रहेको बताउनुभयो ।
सब्जी तथा फलफूल व्यवसायीहरुलाई एक जुट गर्दै २०४२ सालमा स्थापना भएको समितिले देशमा धेरै राजनीतिक
परिवर्तन भएपनि सब्जी तथा फलफूल व्यवसायीहरुको संरक्षणका लागि कुनै नीति बनाइएको गुनासो गरे । अब भने सब्जी तथा फलफूल व्यवसायीहरुको वृत्ति विकाससगै दीर्घकालीन व्यवसाय सञ्चालनका लागि सम्बन्धत पक्षसंग पहल गर्ने समितिका सचिव राजेन्द्र दर्नालले बताउनुभयो ।
समितिका पूर्व अध्यक्ष काजी गिरीले सब्जी तथा फलफूल व्यवसायी अशिक्षित भएकै कारण यस्तो अवस्था आएको भन्दै आफू व्यवसायीहरुलाई प्रौढ शिक्षा लागू गरेका कारण पनि अहिले व्यवसायीहरु अलि चनाखो बन्दै गएको भन्दै व्यवसाय समेत सहज रुपमा सञ्चालन गर्न सहज भएको बताउनुभयो ।
समितिका अध्यक्ष हर्कप्रसाद तुम्रोकको अध्यक्षतामा भएको कार्यक्रममा एक नं. प्रदेशकी सांसद सावित्री श्रेष्ठ, नेकपाका स्थानीय नेता मुरारी सुवेदी लगायतले राज्यले व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

