नेपालको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा

खेम अधिकारी
कोटेश्वर (काठमाण्डौ)÷नेपाली सेनाको प्रधान सेनापतिमा महारथी पूर्णचन्द्र थापा नियुक्त हुनु भएको छ । भाद्र २४ गते नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा नव नियुक्त प्रधानसेनापति थापालाई महारथि दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको हो ।
नेपाली सेना जंगी अड्डाले आइतबार एक विज्ञप्ती प्रकाशित गरी गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४३ औं प्रधान सेनापति बन्न सफल हुनु भएका प्रधानसेनापति महारथी थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ समेत गराउनु भएको जनाएको छ ।
भाद्र ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कायममुकायम प्रधानसेनापति रथि पूर्णचन्द्र थापालाई महारथीमा बढुवा गरी प्रधानसेनापतिमा नियुक्ति गर्न
गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा (५) बमोजिम आइतबार थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ति गर्र्नु भएको हो । विज्ञप्तीमा भनिएको छ सैनिक परम्परा अनुसार नव नियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारथ अर्पण गरे पश्चात उहाँले आफनो कार्यकक्षमा कार्यालय वहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ ।
कार्यालय बहाली पश्चात प्रधानसेनापति थापाले पि.एस. ओज बैठक कक्षमा रथिवृन्दहरुसँग भेटघाट गर्नुभएको थियो । आइबारै प्रधानसेनापति महारथी थापाले सैनिक मञ्च टुडिखेल पुगेर र बीर स्मारक छाउनीमा माल्यार्पण (रिद लेइङ्ग) गरी सकल दर्जाहरुलाई सभामण्डपमा सम्बोधन समेत गर्नुभएको थियो । वि.सं. २०१७ साल भाद्र २५ गते लम्जुङ्ग जिल्लामा जन्मनु भएका प्रधान सेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । शान्ति स्थापना कार्यमा सिरियास्थित संयुक्त राष्ट्रसंघको अनडफ (ग्लमया) मिसन प्रमुख तथा फोर्स कमाण्डर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाली सक्नु भएका प्रधानसेनापति थापाले स्वदेशमा पनि गुल्म, गण,बाहिनी, पृतनाजस्ता नेपाली सेनाका महत्वपूर्ण जिम्मेवारीहरुको सफलतापूर्वक कमाण्ड गरिसक्नु भएको छ । आइतबार शितल निवासमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीवृन्द्धहरुको उपस्थितिरहेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया