घण्टाघरबाट हेर्दा

उत्कृष्ट कर्मचारी भेटिएन
निजामति कर्मचारी दिवसको बेला पुरस्कार दिन सरकारले इमान्दार, घुस नखाएका, भ्रष्टाचार नगरेका उत्कृष्ट कर्मचारी खोज्दा कति कतै फेला पार्न सकेन । बत्ती बालेर, बाइनाकुलर सोझ्याएर हेर्दा हेर्दा सरकार र्हैरान भएको छ । नेपालाँ अहिले ८८ हजार निजामति कर्मचारी छन् । ८८ हजारमा एक जना पनि उत्कृष्ट फेला नपर्नुचाहिँ आठौ आश्चर्य भा’छ । सय पचास जना बिग्रेको होलान भन्या त सबका सब त्यस्तै रै’छन् । हुन त दुई तिहाइको सरकार छ कुनै न कुनै उत्कृष्ट भष्टाचारीलाई सुन पानी छर्केर उत्कृष्ट मात्र होइन सर्वोत्कृष्ट कर्मचारी घोषित गर्दै भै हाल्यो नि । वित्थामा उत्कृष्ट कर्मचारी भेटिएनन् भनेर किन खुनखुन गर्नु ? किन टाउको दुखाउनु ? आखिरी दुई तिहाइ वहुमतले जे निर्नय गर्दा नि भैहाल्छ । पहिला पहिला त उत्कृष्ट कर्मचारी छ्यास छ्यास भेटिन्थे । अहिले त खडेरी नै परेछ । यो चाँडै नेपाल समृद्धि तर्फ जाने संकेत होला ।
कति खेदो खन्या होला ?
नेप्लीज लाँग्रेसका सभापति डँडेलधुरे काजीलाई केही छिचिमिराहरुले लखेट्नु सम्म लखेट्या छन् । त्यसरी भित्तै पु¥याउने गरी लखेट्नु त भएन नि ? लखेट्नुको पनि एउटा सीमा हुन्छ । अस्तिका दिन चुनाउमा कन्दनी झरेका माने चुनाउ हारेका, टिकट सम्म नपाएका, राजनीति विरासत धान्न दौडिएकाहरु एकै ठाममा भेला भएछन् । भेला हुनु चिया सिया पिउनु सम्म त ठीकै हो तर देउवाले पार्टी नै चलाउन सक्दैनन्, पार्टी संगठन माइनस शून्यमा झरेको छ । देउवाले पार्टी नचालएर गुटमात्र चलाका छन् भनेर उछितो काढ्नु त भएन नि । कसैले केही लोपारे जस्तो छैन । राजनीतिमा डेड एक्सायर भएका अर्जुन नरसिंह केसीको घराँ भेला भैहालेछन् अनि पधेर्नी आइमाइले जस्तो गफ चुटेर फर्किएछन् । डँडेल्धुरे काजीले पार्टी नचलाको भए के चलाका हुन त ? चुनाउमा नि सर्वाङ्ग भएका, पार्टीमा समेत कुनै पदमा नभएकाहरुले अरुमाथि जथाभावि आरोप लगाउनु त भएन नि । पहिला आÏmनो हविगत हेर्ने अनि आरोप लगाउने ? कि कसो हौ ?
नौ हजार मेघाबाट बेच्ने रे
यो मुलुकाँ गफाडीको चाहिँ कमी नहुने रै’छ एकपछि अर्को गफाडीले दिनैपिच्छे हँसाएका छन् हँसाएका छन् । जे होस जस्तोसुकै दुःख भएपनि, अभाव भएपनि, पटुका कसेर हास्नै परे पनि नेपालीहरु दिल खोलेर काँस्ने गरेका छन् । अब हेरम न नेपालले बंगलादेशलाई ९ हजार मेघावाट विद्युत बेच्ने रे † हैन हौ गफ जोत्दा पनि लोकाचारलााई ध्यान दिएर जोत्नु नि । आफै त महादेव उत्तानो टाङ कस्ले देला बर भन्या यही हो । आफै भारतबाट विजुली किनेर बत्ती बाल्ने सरकारले बंगलादेशलाई ९ हजार मेघावाट विजुली कताबाट थुपारेर बेच्छ होला ? हैन विद्युत भन्या नाँग्ले पसल हो कि क्या हो ? ताइन तुइको गुड्डी हाँस्या छ बस्या छ । सडकको एउटा खाल्डो पुर्न नसक्नेहरुले गफ जोतेरै भएपनि सत्ता टिकाउनु प¥या छ । काम नगरे नि गफ त जोत्नु प¥यो नि †
चोख्याए छन्
यो मन्त्री परिषदको बैठकले पनि बडो गजब गजबका निर्नयहरु गर्दो रै’छ कहिले अयोग्य बनाएदिन्छ । कहिले योग्यलाई अयोग्य बनाइदिन्छ । सत्ययुगमा ऋषिमुनीहरुले छु मन्तर गरेर मर्दलाई जनाना, जनानालाई मर्द बनाएझै गर्न थाल्या छ मन्त्री परिषद्ले । जे होस् मन्त्री परिषद सर्बे शक्तिशली रै’छ । अब हेरम न करोडौ अपचलन ग¥या ठहर गरेर मन्त्री परिषदले अयोग्य भनेर बिटुल्याएका दिगम्बर झालाई फेरि मन्त्री परिषद्ले खोख्याइ द्या छ । चोख्याउनु मात्र कहाँ हो र ? उन्लाई त मन्त्री परिषद्ले
रेडकार्पेट ओछ्याएर नेपाल दुर सञ्चार प्राधिकरणको अध्क्येक्षे नै बनाएछ । क्या वात । नेपालको जस्तो मन्त्री परिषद् संसारका कुनैपनि मुलुकमा छैन । अरु देशका मन्त्री परिषदल् बिटुलो भएकाहरुलाई चोख्याउनै सक्दैन । तर हाम्रो मन्त्री परिषद विटुलो पनि बनाउँछ । चोख्याइ पनि दिन्छ । आखिरी सकारसँग दुई ति हाई वहुमत जो छ ।
किलोको भाउमा विभुषण
हाम्री देशकी राष्ट्रपति साह«ै मनकारी रै’छिन । मनकारी छिन् भनेर पहिला पहिला पनि सुन्या थ्यो यो घण्टाघरले । तर पत्याएको थे’न । यसपटक चाहिँ पत्याउन करै लाग्यो । जस्तोसुकैलाई विभुषण दिइयो भनेर कुरा काट्नेहरुसँग यसपटक घण्टाघर सहमत हुन सक्या छैन । गहुँमा एक आद्य घुन त पससिहाल्छन् नि † अब हेरम नि विभुषण पाउनेहरु कम्ता मख्ख छन् । फेस बुकमा फोटा हाल्या छन्, हाल्न लगाएका छन्, आफै देउवा दिएर भंगेरे अक्षरमा शुभकामना हाल्न लगाएका छन् । फलानो बलात्कारीको मतियार हो त्यसैले पनि पाएछ छ्या, फलानो त घुस्या हो त्यसले पनि पाएछ छ्या, फलानो चाकडी गरेर पाएछ, छ्या, समाजमा कुनै कामै नगर्नेले समाजसेवी भएर पाएछ छ्या भनेर गफ चुट्नेहरु यतिबेला कति उम्रेका हँ ? अर्काको खिसी टेउरी किन गर्नुप¥यो ?
वाह † धिरज प्रताप
संघीय साँसद नविना लामा अस्तिका दिन खिस्रिक्क परिन् । सधै हाइफाइ गर्ने, अरुलाई गन्दै नगन्ने नविना किन खिस्रिक्क परिछन् भनेर यसो घण्टाघरले वाइनाकुलुर सोझ्याएर हे¥या छ वात अर्कौ रै’छ । काभ्रेका गुण्डा नाइके सत्यमान लामा प्रक्राउ प¥यो कि नविनाको टाउको जोड जोडले चड्कँदो रै’छ । यस भन्दा अगाडि प्रक्राउ पर्दा धमास दिएर छुटाउन सफल भएकी लामाले यसपटक पनि तस्तै, जुक्ति निकालिछन् । हुन त नेपालका सांसदहरुको कामै के छ र विचरा । संसदमा गयो हाइ काड्यो, फुस्स निधायो, भत्ता पचायो । तर नविनाको हकमा यो लागु भएन । उनी गुण्डा नाइके छोडाउनन अपराध अनुसन्धान महाशखा पुगिन काभ्रेतिरका अरुलाई पनि संसद बोकेर । तर एसएसपी धिराजप्रताप सिंहले नविनाको सातै खाइदिएछन् । तिन्ले त पर्धानमन्तरीले आफूलाई छुटाउन पठाएको सम्म भन्न भ्याइछिन् । तूकर छुटाउने, गुण्डा छुटाउने, चोर छुटाउने, भ्रष्ट छुटाउने विभागै बनाएर त्यसको चिफ नविनालाई बनाइदिए लन्ठै साफ ।
कति चियोचर्चो ग¥या
हिजो आज पर्धानमन्तरी खप्रओको चियोचर्चो अलि ज्यादै हुन थाल्या जस्तो छ । बेरोजगार समस्ये बढेर यस्तो भा’ हो कि क्या हो ? अब हेरम न अस्तिका दिन वाल्वाटाराँ ओली वंशको भेला भयो । खप्रओले वाल्वाटाराँ त्यस्तो भेला राख्नु हुन्थेन, पाइदै पाइदैन भनेर शुरुवाल सुर्केर चिच्याउने कम्ता भएनन् । हैन वालटाराँ ओली वंशको भेला गर्नु नहुने कहाँ लेख्या छ हँ ? तीललाई पहाड किन बनाउनु ? पर्धानमन्तरी नै ओली भएसी ओली भेला नडाकेर दहाल, देउवा, खनाल, नेपाल, भट्टराई भेला डाक्ने त ? आफू जहाँ बस्यो त्यही भेला डाक्ने हो । ओली वंशको भेला बोलाउँदा पर्धानमन्तरी कम्ता गदगद भा’थेनन् । कोमल ओली गाउने, पर्धानमन्तरी ओली कम्मर मर्काउने अरु ओली थप्पडी ब्जाउने ।
अन्तेमा
नेपालमा एकथरी बुभ्रmुक स्वाँठहरुले गनतन्त्रको हुर्मतै लिइसके । राम्रो कामको नि विरोध ग¥या छन् नराम्रो कामको त झन कुरै भएन । सरकारले केही गरेन भनेर कहिले माइतीघर मण्डलामा बत्ती बाल्न गा’छन्, कहिले पेटीकोटमात्र लगाएर दौडिएका छन्, कहिले हस्पिटल बन्द गरेर दुःख दिएका छन् । तर सरकारले कम्ता ग¥या छ । पूर्व पश्चिम रेल कुदाउन खोज्दैछ, घर घरमा ग्याँसको पाइप पु¥याउन थालिसक्या छ । हावाबाटै विजुली निकालेर बंगलादेशलाई एक मुष्ट बेच्न खोज्दै छ । सरकारले देखिने र सुनिने गरेर बर्खामा धुलो नियन्त्रण ग¥या छ, हिउँदमा हिलो र बाढी नियन्त्रण गर्छु भनेकै छ । फेरि पनि चिच्याएका छन् चिच्याएका छन् । अब त्यसरी चित्याउन पाइदैन भनेर विधान बनाउने हो कि ?

तपाईको प्रतिक्रिया