दुई तीन किमीमा चेक जा“च, व्यवसायिक प्रतिष्ठान अगाडि सवारी साधन जाम गराइदि“दा व्यवसाय चौपट्ट
धरान÷जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले सवारी साधन चेक जाँचका नामा जबरजस्ती रकम असुल्ने प्रवृत्तिले साना तथा ठूला सवारी साधनका चालकहरु हैरान भएको पाइएको छ ।
चेकचाँजको नाममा सवारी चालकहरुबाट विभिन्न वहानमा रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् । कोशी राजमार्गको तरहरा भेडेटार सडक खण्डको तीन चार किमीको दूरीमा ट्राफिकहरु चेकजाँचका लागि बस्ने, चेक जाँचका क्रममा लाइसेन्स माग्ने, ब्लुबुक माग्ने, सबै कागजात दुरुस्त भएपनि एउटा एउटा बहाना बनाएर रकम झर्ने, मागे बमोजिमको रकम नदिए चाबी खोस्ने, वाइक जफत गरेर आफै लिएर हिड्ने, जरिवाना वापत लिएको रकमको आधा मात्र उल्लेख गरी रसिद थमाउने, सकभर रसिदै नकाट्ने उनीहरुको दैनिकी नै भएको पीडितहरुले बताएका छन् ।

शनिवार धरान १३ को वेशक्याम्पमा श्यामभक्त फ्युल सेन्टरको मुलद्वार नै ढाकेर जिल्ला ट्राफिक पहरी कार्यालय
धरानले गरेको चेकजाँच रोचक देखिन्थ्यो । इन्धन भर्न गएका सवारी साधनलाई मुलद्वारमै रोकेर चेकजाँच गरिँदा अधिकांश सवारी साधनहरु इन्धन भर्न नपाएर भोटेपुलतर्फ फर्किएका थिए । चेक जाँचका लागि अन्यत्र पनि प्रसस्त ठाउँ हुँदा हुँदै व्यवसायिक प्रतिष्ठानको दुवै पवेश द्वारमा चेकजाँच नियतवस गरिएको श्याम भक्त फ्युल सेन्टरका कर्मचारीहरु बताउँछन् । सोही दिन भेडेटार पुगेर आएका तरहराका को ३३ प २१८७ नम्बर मोटरसाइकलका चालकसँग लाइसेन्स र ब्लुबुक मागियो । उनले दुवै निकालेर देखाए अन्तमा ट्राफिकले मदिरा सेवन गरेको आरोप लगाई रकम असुलेको उनले बताए । तरहरा निवासी उनले भने म मदिर पिउदिन गुट्खाचाहिँ खान्छु । गोजीबाट गुड्खा निकाल्दै उनले भने यो मदिरा त हैन होला ? को ११ प १२५६ नम्बको मोटर साइकल चालकलाई समेत ट्राफिक प्रहरी बार्गेनिङ्गमै व्यस्थ देखिन्थे भने लाइसेन्स र ब्लुबुक दुवै हुँदाहुदै पनि वाइक जफत गरेर अर्का ट्राफिक प्रहरी रकममै बार्गेनिङ्ग गर्दैथिए ।
यसै सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सनुसरीका प्रमुख प्रहरी निरीक्षक होमनाथ दाहालसँग जिज्ञासा राख्दा उनले भने प्रहरीको वडा नं. १३ चौकी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच हो । मलाई मात्र बदनाम गराउन खोजिदैछ । त्यसरी रकम लिने, एक हजार लिएर पाँचसयको रसिद दिने वा रिसिदै नदिनेलाई काबाही गर्ने पनि उनले बताए ।
नेपाली नम्बर प्लेटका गाडीहरुमात्र नभएर भारतीय नम्बर प्लेटका गाडीहरुबाट, धरानबाट सब्जी बोकेर इटहरीतर्फ जाँदै गरेका सवारी साधनहरुबाट समेत धरानको तीनकुनेमा रकम असुलिने गरेको सम्बन्धमा दहालको कथन थियो यो सबै मलाई बद्नाम गराउने प्रपञ्च हो । यसै सम्बन्धमा इलाका प्रहरी कार्यालय स्रोतले दिएको जानकारी अनुसार ट्राफिक प्रहरी इन्चार्ज दाहालका विरुद्धमा धेरै गुनासा र उजुरीहरु आएका छन् । आइतबार दहाललाई इलाका प्रहरी कार्यालय धरानमा बोलाएर सचेत समेत गराइएको स्रोतले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय स्रोतले दिएको जानकारी अनुसार ट्राफिकसँग प्रहरीको कहिल्यै पनि चेकजाँचमा ज्वाइन्ट सहकार्य हुँदैन । प्रहरीले लाइसेन्स, ब्लुबुक हेर्ने काम गर्दैन । कुनै सवारी साधनमा अवैध सामान ल्याएको छ, अपराधिक व्यक्ति आवातजावत भएको आशंका भएमा प्रहरीले सवारी साधनमा खानतलासी गर्न सक्छ ।
उता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी रविकुमार पौड्यालसँग चेकजाँचका नाममा ट्राफिकले अनावश्यक दुःख दिएर रकम अुसुलीको सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, एक पटक म ट्राफिक इन्चार्ज होमनाथ दहाललाइ सम्झाउँछु । त्यसपछि पनि सवारी चालकहरुको गुनासो आएमा मैले के गर्नुपर्छ म गर्छु । बीस दिन अगाडि आउनु भएका एसपी पौड्याल अस्वस्थ भए पनि गल्ति गर्नेलाई हदै सम्मको कारबाही गर्न प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, म आएको २० दिन मात्र भएको छ । अस्वस्थ पनि भएको छु । सबै कुरा बुझ्न भ्याइ सकेको छुइन । उहाँले थप्नुभयो कुनैपनि व्यवसायिक प्रतिष्ठानको अगाडि, बाधा अवरोध पु¥याउने ढंगले चेकजाँच गर्नु गलत हो । उपयुक्त खाली ठाउँ हेरेर नियमसँगत ढंगले नियमित कार्यहलाई अगाडि बढाउनुपर्छ ।

