धरान÷नेकपा (नेत्रविक्रम चन्द)का केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण साहलाई असार २८ गते मोरङ्ग संगठनका कार्यकर्ताहरुसँग भेटघाट गरिरहेको अवस्थामा इटहरीबाट प्रक्राउ गरी बेपत्ता बनाएको भन्दै उक्त पार्टीको पूर्वी कमाण्डले तत्काल रिहाइ नभए कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले २९ गते आषाढमा एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो चेतावनी दिएका हुन् । विज्ञप्तीमा भनिएको छ, सामाजिक दलाल पूँजीपति वर्गको वर्तमान
सरकारले नागरिकका सामान्य मौलिक अधिकारमाथि प्रतिबन्ध लगाउदै आएको छ । उसले धर्ना, जुलुस, वाक तथा प्रकाशन अधिकार पनि कुण्ठित गरेको छ । देशभरि शान्तिपूर्ण प्रदर्शनको विरुद्ध निषेधाज्ञा जारी गरेको छ । नागरिकलाइ देशव्यापी हिडडुल गर्न, भेटघाट, छलफलमा समेत प्रतिबन्ध लगाएको छ । त्यसै क्रममा नेकपाका केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षलाई इटहरी सुनसरीबाट गिराÏतार गरी परिवार र आफन्तजनसँग सम्पर्क समेत गर्न नदिई बेपत्ता पारेको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ हाम्रो पार्टी अधिनायकवादी दलाल
सरकारको त्यस प्रकारको कदमको घोर निन्दा गर्दछ र क.देवनारायण साहको विना शर्त तत्काल रिहाइको माग गर्दछ । अन्यथा सरकारी ज्यादतिको कडा प्रतिवाद गरिने छ । त्यस प्रकारको ज्यादतिको प्रतिकार गर्न हामी अन्य राजनैतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चार जगत र जनतासँग अपिल गर्दै साहको तत्काल रिहाई नभएमा पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जवाफदेही वर्तमान दलाल सरकार नै हुनेछ, विज्ञप्तीमा भनिएको छ ।
