धरान÷संघीय लोकतान्त्रिक मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिंगदेनले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश नामाकरण नगरे रगतको खोला बगाइदिने चेतावनी दिनु भएको छ ।
संघीय विद्यार्थी युनियन संघीय कार्यसमिति र संघीय विद्यार्थी युनिको तेस्रा संयुक्त महाधिवेशनलाई सोमबार धरानमा सम्बोधन गदै अध्यक्ष लिँगदेनले उक्त
कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेै आफूहरुको विगतदेखिको मागलाई वेवास्ता गरिए एक डेड बर्षभित्रै प्रदेश नं.े १ मा आँधिबेहरी ल्याउने समेत बताउनुभयो ।
केन्द्रीय अध्यक्ष लिंगदेनले भन्नुभयो संघीय र प्रदेशसभाको निर्वाचनमा आफूहरुले जनमत नपाएको भन्दै कथित ठूला राजनैतिक दलहरुको भनाईप्रति कटाक्षे गर्दै हाल प्रदेशसभामा एक सिट भएपनि आगामी पाँच बर्षमा ४० सिटमा विजयी हात पार्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फे, बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ग, महासचिव संगम खनाल लगायतका नेताहरुले विद्यार्थीहरुको तेस्रो राष्ट्रिय सम्मेलनको शुभकामना समेत दिनुभएको थियो । महाधिवेशनमा देशका ७७ वटै जिल्लाबाट ५ सय प्रतिनिधि र त्यतिकै संख्यामा पर्यवेक्षकहरु समेत आएको महाधिवेशन आयोजक समितिका सदस्य सचिव सेसेहाङ्ग चोङ्गबाङ्गले जानकारी दिनुभएको छ । सदस्य सचिव सेसेहाङ्गका अनुसार विद्यार्थी नेतृत्व सर्वसम्मत चयनको प्रयास भइरहेको छ । धेरै विद्यार्थीहरु नेतृत्वका लागि आकांंक्षी हुने हुन्छ तर सबैको उचित व्यवस्थान गरेर सर्वसम्मत कार्यसमिति नयन हुने उहाँले
बताउनुभयो ।
