बिद्यार्थीलाई कुटेको भन्दै स्थानियद्धारा विद्यालय घेराउ

धरान÷शिक्षकले विद्यार्थीलाई कुटेको बिरोध गर्दै सोमवार पिडितपरिवार सहित स्थानियवासीहरु बिद्यालय घेराउ गरेका
छन् । रामधुनी वडा नं. ४ सिंगीया स्थित रहेको श्री जनता माध्यमिक बिद्यालयका शिक्षकले एक बिद्यार्र्थीलाई खुट्टा भाचिने गरी कुटेपछि उनिहरु बिरोधमा उत्रिएका हुन् ।
कक्षा ७ मा अध्यनरत छात्र निखिल चौधरीलाई बिद्यालयका सह प्रध्यापक देवनारायण चौधरीले कुट्दा खुट्टाको गोलिगाँठो खुस्किएर घाईते भएका छन् ।
आक्रोसित भएका घाइते चौधरीका परिवार सहित र स्थानियले घेराउ गरी नरावाजी गर्दै क्षतिपुर्तिको माग गरेका छन् । उनको खुट्टामा अहिले प्लास्टर गरिएको छ । छोराको खुट्टा सुन्निएको देखेपछि सोद्दा मात्र घटना बारे जानकारी भएको आमा बुधनी चौधरीले बताईन् ।
शुक्रवार पिडित चौधरी सिंगीया चौकमा युवा युवा बिच भएको ग्याङ्ग फाईटमा सामेल भएको भन्दै सह प्रध्यापक चौधरीले खुट्टा भाच्चिने गरी कुटेको स्थानियहरुको भनाइ छ । बिद्यालय बाहिर भएको झगडामा आफु सामेल नभएको पिडित विद्यार्थीले दाबी गरेका छन् । कसैले मेरो नाम जोडेर सरलाई सुनाई दिए पछि मलाई सरले कुट्नु भयो उनले भने ।
आक्रोसित एक स्थानियका अनुसार सह प्रध्यापक चौधरीले पहिले देखिनै बिद्यार्थीको हात भाच्ने,कानको जालि फुट्नेगरी कुट्दै आएको बताए । पिडित विद्यार्थीकी आमा बुधनीले छोराको उपचार र उपचारको समयमा छुट्ने क्लासको लागी आवश्यक ब्यवस्थापन र आईन्दा यस्तो कार्य बिद्यार्र्थीमा नगर्न माग गरेकी छिन् । यता सह प्रध्यापक चौधरीले आफनो गल्ती स्विकार गरेका छन् । हाम्रो बिद्यार्र्थी कुनै झै झगडामा सामेल नहोस भनेर सम्झाउने क्रममा घटना हुन गएको भन्दै पिडित विद्यार्थीलाई उपचार र छुटेको क्लासको जिम्मेवारी लिने बताएका
छन् । यो कुनै नियतबसले नगरेको र पढाई र बिद्यार्र्र्थीलाई अनुसासिशत बनाउने उधेश्यले सम्झाउन खोज्दा यस्तो घटना हुन पुगेको शिक्षकले बताए । चौधरी ३० बर्षदेखि शिक्षण पेशामा आबद्ध रहेका
छन् ।

तपाईको प्रतिक्रिया