प्रक्राउ परेका आफ्ना कार्यकर्ताको विना शर्त रिहाइको माग

धरान÷आफ्ना कार्यकर्ता प्रक्राउ
गरी सार्वजनिक मुद्दा लगाएकोमा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुडले आपत्ति जनाउदै उनीहरुको रिहाइको माग गरेका छन् ।
अर्गनाइजेसशनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अनाश्यक रुपमा आफ्ना कार्यकर्तालाई प्रक्राउ गरी दमन गरेको आरोप लगाएको हो ।
सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य दिनेश राईले राणकालीन झल्को दिदै इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले पार्टीको सदस्यता वितरण गरिरहेको अवस्थामा पार्टी कार्यालयबाट प्रक्राउ गरेको आरोप लगाउनुभयो ।
उनीहरुले प्रहरीले लोकतान्त्रिक पद्धतिमा पनि पार्टीले खुलेर राजनीति गर्न नपाएको गुनासो समेत गरे प्रहरीले राणाकालीन झल्को दिदै सर्वसाधारणलाई आतंकित बनाउने काम गरेको बताए ।
प्रहरीले संगठनका जिल्ला सचिव शेरबहादुर राई (काजीमान) सहित जिल्ला सदस्य नरेन्द्र थुलुङ, प्रेमबहादुर लिम्बु, रमा राई र दिलु राईलाई वैसाख ३१ गते कोशी टप्पुमा जग्गा दिने प्रभोलन देखाई पार्टीको सदस्यता बनाएको
आरोपमा प्रक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही अगाडि बढाएको थियो ।
त्र

तपाईको प्रतिक्रिया