इटहरीको ओसियन पार्कमा अत्याधुनिक मोडलका टाटा मोटर्स कार मेला

इटहरी÷भारतको विख्यात टाटा माटर्सको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रद्धी ्ट्रेडिङ्ग प्रालिको आधिकरिक विक्रेता धरानस्थितरहेको ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा इटहरीमा टाटा मोटर्स कार मेला सम्पन्न भएको छ ।
इटहरीको ओसियन पार्कमा आयोजित मेलामा दर्जनौ मोडलका नयाँ कारहरु राखिएको थियो । मेला शुरु हुनुभन्दा अगाडि टाटा मोटर्सका सुविधायुक्त गाडीहरुको मुख्य सहरहरुमा ¥याली समेत गरिएको थियो । कार मेलामा २१ लाख देखि ८० लाख मूल्यका कारहरु राखिएका थिए । कार मेलाको प्रमुख उद्देश्यका समन्धमा ग्लोबल अटो ट्रेडर्सका प्रबन्ध निर्देशक स्नेह गोयल भन्नुहुन्छ, हरेक बर्ष टाटा मोटर्सको मेला हुने गरेको छ । यसभन्दा अगाडि अर्थात इटहरीमा आयोजना हुनुभन्दा पहिला पोखरामा कार मेला भएको थियो भने इटहरी पश्चात बुटवलमा हुँदैछ । प्रबन्ध निर्देशक गोयलले भन्नुभयो कार मेलामा ग्राहक तथा दर्शकहरुको सकारात्मक प्रतिक्रिया मात्र आएको छैन स्पटमै कार खरिद गर्नेहरुको संख्या समेत उल्लेखनीय देखियो । मेलामा ग्राहकहरु पुराना मोडलका कारहरु एक्सचेन्ज गर्ने, उहाँहरुलाई स्पटमै फाइनान्सको सुविधा प्रदान गर्ने, टेष्ट ड्राइभ, फ्रेस डिल अर्थात स्पटमै पेमेन्ट गर्नेलाई स्पेसल डिस्काउन्ट प्याकजसँगै गाडीका विषयमा विशेष जानकारी गराउने गरिएको छ । मेलाको पहिलो दिन शुक्रबार दर्जन भन्दा बढी ग्राहकहरु कार खरिद गर्न पुगेको पनि गोयलले जानकराी दिनुभयो ।
यसपटक इटहरीमा भएको मेलाको मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको वृहत प्रदर्शनसँगै वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभपुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटो सुट, फुडस्टल लगायत विभिन्न सांगीतिक एवम्
मनोरञ्नात्मक प्रस्तुति समेत रहेका थिए । गत बर्ष समेत सिप्रसिद्धि ट्रेडिङ्ग र ग्लोबल अटो ट्रेडर्सको आयोजनामा इटहरीको ओसियन पार्कमै कार मेलाको आयोजना गरिएको थियो । मेलामा ट्रियायो, जेष्ठ, वोल्ट, नेक्सन, हेक्सा, स्ट्रोम, सुमो लगायतका कारहरु राखिएका थिए ।

तपाईको प्रतिक्रिया