यू–१९ प्रिमियर क्रिकेटमा नेपालद्वारा कुवेत २६२ रनले पराजित

आयोजक कुबेतलाई पराजित गर्दै एसीसी यू–१९ प्िरमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
आÏनो दास्रो खेलमा नेपालले कुवेतलाई २६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको ३२६ रनको लक्ष्य पछयाएको कुवेत २७.४ ओभरमा ६३ रन जोड्दा अलआउट भयो । नेपालको कसिलो बलिङका सामू कुवेतका व्याट्सम्यानहरु चल्न नसकेनन् ।
उसका लागि मिराजले सर्वाधिक १५ रन बनाए भने विलाल ताहिरले
११ र सिद्धिकले १० रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न
सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा दिपेश श्रेष्ठ, इर्शाद अहमद र सुनिल धमालाले समान २–२ विकेट लिए भने आरिफ शेख र सुशील कँडेलले १–१ विकेट लिए ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।
खराव सुरुवात गरेको नेपालका मध्यक्रमका व्याट्सम्यान चम्किए ।
आफरि शेख र शौरभ खनालले अर्धशक्त बनाए भने सन्दिप सुनार र दिपेन्द्र ऐरी केही रनले चुके ।
नेपालले सुरुवाती ३ विकेट गुमाउँदा मात्र ९ रन बनाएको थियो । तर, नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हाले । चौथो विकेटका लागि कप्तान राजु
रिजाल र उपकप्तान आरिफ शेखले ९४ रनको साझेदारी गरे । चौथो विकेटका रुपमा कप्तान रिजाल ३१ रनमा आउट भए ।
त्यसपछि क्रिजमा आरिफ र सन्दिप सुनार जमे । आरिफ र सन्दिपले पाँचौं विकेटका लागि ९३ रनको
साझेदारी गरे । सन्दिप ४९ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका आरिफ शेखले ८७ रन बनाए । १११ बलको सामना गरेका उनले ६ चौंका हानेका थिए ।
सातौं विकेटका लागि शौरभ खनाल र दिपेन्द्र ऐरीले ९६ रनको साझेदारी
गरे । आक्रामक व्याटिङ गरेका दिपेन्द्रले २० बलमा २ चौका र ४ छक्काको मदतमा ४८ रन बनाए । शौरभ ३५ बलमा ६४ रन बनाएर अविजित रहे । उनले चार चौका र २ छक्का हाने ।

तपाईको प्रतिक्रिया