देशका नेता
हाम्रा देशका नेता उाभो बगाएर उाधो खोज्न जानुपर्ने जस्ता छन् । देशको सच्चा नेता बत्ती बालेर खोज्दा पनि जनताले नपाउने भए । जुनसुकै नेताको अनुहार हेर्यो कपटमात्र देखिन्छ । सातु खाएर जनयुद्ध लडेको भन्नेहरु यतिबेला ब्लाक लेवर, ब्लु लेवर, वटर क्Ïलाई ब्राण्डका रक्सी धोकेर हिड्छन् । मोवाइलको हरियो स्विचले उठ्छ रातो थिचे काटिन्छ भन्ने बाहेकको ज्ञान नभएकाहरु आइफोन च्यापेर हिाड्छन् । आफूलाई सभासद भन्छन तर संविधान लेख्न त परै जाओस हस्ताक्षर गर्न नजाने र औाठा छाप लगाउाछन् । कम्युनिस्ट भन्ने नेताहरुले पाखण्डको जामा लगाउन थालेका छन्, प्रजातन्त्रवादी हौ भन्नेहरु इतिहास भाजाएर दोकान चलाउादैछन्, झिना मसिना दलका नेताहरु आफ्नो दोकान सुक्दै गएकोमा चिन्त्ति बन्न थालेका छन् । मुलुकको ढुकुटीबा हात पुर्याएर खानेहरु आफ्ना छोराछोरीलाई अमेरिकन,
युरोपियन नागरिक बनाउन यताबाट पैसा ठेलिरहेका छन् भने अर्को वर्ग आफ्ना छोरा छोरी, आमा बाबुको सुखका लागि मरुभूमिमा उाटको लादी सोहोरिरहेका छन् । संविधान बनाउन गएका हौ भन्छन् तर संविधान बनाउनु भन्दा उट्पट्याङ काम गर्दै हिाड्छन् । क्या गजबका छन हाम्रा देशका नेता ।
स्वाँठ अर्जुन
बाठो लड्छ सात बल्ड्याङ लाटो लड्छ एक बल्ड्याङ भन्ने उखान यतिबेला एडिवीका नामुद दलाल तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीको हकमा ठ्याक्कै मिल्न पुगेको छ । नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुखले एडिवीको आन्द्राभुडी केलाई दिएपछि तुरुन्तै सरुवा गर्न तिन्ले निर्देशन दिए । सरुवा पनि गराए तर धरान्े जनताले खानेपानी संस्थानमै ताला लगाइ प्रमुख फिर्ताको माग गरी आन्दोलन चर्काइदिए । देशीको भन्दा विदेशीको दलाली गर्न खप्पिस कार्कीको निर्देशन एक महिना पनि टिक्क सकेन । धरानका प्रमुखलाई घुाडा टेकेर यही पठाउन बाध्य भए । गहु र गोबर छुट्याउन नसक्ने यस्ता स्वााठ सचिवले आफूलाई सहरी विकास मन्त्रालयको सचिव हुा भनेर के फुई लगाउनु ?
टकराव गर्ने रे
सुकेनाशले ग्रस्त छोराले आमालाइ भनेछ मैले फुटबल खेले भने सबैलाई जितिहाल्छु । आमाले पनि हो मैले त तेरा खुट्टी हेर्दै पत्याएा भनेकी थिइन् रे । अहिले एमाउवादी अध्येक्षे प्रचण्डाउको ल्याकत त्यही फुटबल खेल्दा जित्छु भन्ने सुकेनास लागेको मान्छेको जस्तो छ, तै पनि यिन्को घुम्र्याई सानो छैन । सविधानको मुख्य विवादित विषयमा सहमति हुन नसके मुलुक दुर्घटनामा जान्छ भन्दै घुक्याई सानो छैन । संविधानका मुख्य विवादित विषयमा सहमति हुन नसके मुलुक दुर्घटनामा जान्छ भन्दै घुक्याएको देख्दा घण्टाघरलाई उदेक लाग्न थाल्या छ । कााग्रेस–एमाले लगायतका दलले साझा धारणा बनाई दुई तिहाइबाट संविधान जारी गर्ने तर संविधान जारी गर्न पनि दिन्नम भन्नु त सरासर गलत हो । संविधान जारी नहुादा पो मुलुक दुर्घटनामा जान्छ त जारी भएसी फुइय्याा जान्छ ? प्रचण्डाउले कस्ताृ कुरा नबुझेको ? फेरि प्रचण्डाउले के टकराव गर्नु
खै ? हिजोको १ सय २८ बाट सुकेर २६ झरेको प्रचण्डाउले विर्सेछन् क्यारे ।
सरकार चलाउने रे ?
हैन हौ ती प्रचण्डाउ के बोल्दै छु भन्ने कुराको पनि भेउ पाउादैनन् कि क्या हो ? घण्टाघरलाई त आजकल उनी थुतुनोमा जे आयो त्यही बोल्दै हिाड्छन् जस्तो पो लाग्न थाल्या छ । आफ्नो साइज घटेर मुसाको जस्तो भएपछि जोरीपारीलाई देखाउनकै लागि पनि एक सिटेदेखि सिटै नभएका दलहरुलाई मिलाएर २२ दलीय मोर्चा बनाएका प्रचण्डाउले अस्तिका दिन फिदिम पुगेर अब देशको सत्ता २२ दलले चलाउाछ भनेर खोकेछन् । प्रचण्डाउले यसो भनेपछि घण्टाघर कापी कलम लिएर जोड घटाउमा लाग्यो । जति औाला भााचेपनि प्रचण्डाउले भनेझै २२ दलले सत्ता चलाउने योगफल नै पुगेन । अलिकति मानिस जम्मा भएको देख्नु हुादैन प्रचण्डाउ अन्टेसन्टे बोल्न थालिहाल्दा रै’छन् । उही पुरानो हिन्दी फिल्मा फूलबारी देख्यो कि जितेन्द्र ताधैया ताधैया भनेर नाच्न थालिहाल्थे । प्रचण्डाउ पनि त्यस्तै फोविया रै’छन् । मान्छे अलिकति भेला भएको देख्यो कि अन्टे सन्टे खोकिहाल्ने ।
तेस्रो लिँगीको टेन्सन
नेप्लिज जनताले नेताको चरित्र हात्तीको दाातमा कुनै फरक पाउन छाड्या छन् । हात्तीको एउटा देखाउने दाात, एउटा चपाउने दाात हुन्छ रे । हाम्रा तेस्रो लिागी माने रामचन्द्रे पौड्याल खुवै देशको हित हुने काम गर्नुपर्छ भनेर भाषन ठोक्छन् तर कामचाहिा परिवारको मात्र गर्दा
रै’छन् । अब हेरौ न रामचन्द्रे बाजेले आफ्ना सन्तानलाई कसरी ठ्या–ठ्याक ठाउा ठाउामा राजनैतिक नियक्ति
गरेका रै’छन् । आफ्ना छोरा चिन्तन पौड्याललाई गरिबी निवारण मन्त्रालयमा नियुक्ति गराएकै छाडेछन् । आफ्ना सम्धी युवराज भुसाललाई स्टाफ कलेज, ज्वाई परमेश्वरलाई आकर्षक ठाउामा नियुक्ति दिलाएछन् । खुबै आदर्शका गफ गर्थे तेस्रो लिागी आखिरी गुह्य कुरा त अर्कै पो रै’छ । ताक परे तिवारी नत्र गोतामे भन्या यही हो ।
क्या हाइसञ्चो
सरकार बहुलाएको होकि काठमाण्डौका स्थानीय बासिन्दाको भाग्य चम्केको हो हा ? हुन त सरकार बहुलाएपछि नै काठमाण्डौको बासिन्दाको भाग्य चम्केको हो । सार्क सम्मेलनमा सरकारले काठमाण्डौका सर्वसाधारको घर आफ्नै खर्चले
रंग्याइ दिादै छ । विदेशीलाई झिलीमिली देखाउन त्यसरी रंग्याइ दिएको रे । हैन हौ ती विदेशीहरुलाई किन त्यसरी झिलीमिली पारेर देखाउनु हा ? दुई दिन झिलिमिली पारेर के गर्नु ? सार्क शिखर सम्मेलन पश्चात फेरि उही त हो नि । काठमाण्डौका जनताले फेरि फोहोरका दुर्गन्धमा नाक थुनेरै हिाड्नुपर्छ, सडकमा लगाइएका बत्ती बिग्रेपछि फेरिने होइन । बरु जस्तो छ त्यस्तै छोडिदिएको भए हुन्थ्यो । त्यसो हुादा विदेशीले ग्वाम–ग्वाम सहयोग दिन्थे । झिलीमिली सफा देखिएपछि विदेशीले सहयोग गरेनन् भने अर्को टेन्सिन । जेहोस अहिललाई चाहिा काठमाण्डौका बासिन्दालाई हाइसञ्चो भएको छ ।
सरकारलाई चेतावनी
शिव सेनाका छाउराहरुले अस्तिका दिन सरकारलाई दह्रै चेतावनी दिएछन् । झापातिर भएको एउटा कार्जेक्रममा उनेरले नेपाललाई हिन्दु धर्म कायम गरिनुपर्ने, राजसंस्था पुनस्थापित नगरे घनघोर आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएछन् । सरकार चलाउन पनि सुशिल दा’लाई घााडै भयो । विचरा बूढालाई कहिले माओवादीले चेतावनी दिन्छन, कहिले मधेशवादीले चेतावनी दिन्छन्, कहिले कस्ले कहिले कसले । आफन्तैले पनि हिन्दु राज्यका लागि चुतावनी दिइराबेला थप शिव सेनाले चेतावनी दिएपछि विचरा दा’ इन्तु न चिन्तु भा’छन् ।
अन्तेमा
अब नेप्लीज लााग्रेस र झालेमालेमा केही फरक रहेन । दुवै सत्ताका अंशियार । लााग्रेसले ७ प्रदेश संसदबाट निर्वाचित प्रधानमन्त्री, प्रक्रियामा गएर संवधिान निर्माण गर्ने भन्यो । झालेमालेले तुरुन्त समर्थन गरिहाल्यो । अब लााग्रेसले हिन्दु
राष्ट्र, वेवी किङ्ग भन्ला । त्यसमा पनि झालेमालेले समर्थन नगर्ने कुरै भएन । अब लााग्रेस र झालेमालेमा कुनै फरक नभएकोले खड्गप्रसाद कोइराला, सुशिल ओली, शेरबहादुर ओली, रामचन्द्र नेपाल, माकुने पौड्याल, विद्या कोइराला, सुजाता भण्डारी भन्दा के फरक पर्ला र ? कि कसो हौ ?
े
